कुकुर झै सडककिनार दौडिरहेको फकिर हु म
दूर सफर हराइरहेको यो सहरको मुसाफिर हु म
नेताको भाषण या याम झै बद्लिरनह्यौ तिमी
कैले पनि नबद्लिने त्यो निधारको तक्दिर हु म
कुकुर झै सडककिनार दौडिरहेने फकिर हु म
थर्काएर बारुद, र बन्दुकले बुद्धलाई तर्साएर
देशद्रोही बुद्धुहरू भन्छन बहादुर अनि वीर हु म
दूर सफर हराइरहेको यो सहरको मुसाफिर हु म
काटेर फ्याकिदेऊ तिम्रा, जुत्ताभन्दा होचा खुट्टाहरू
हिमालले कैले पनि भनेन कि नेपालको शिर हु म
दूर सफर हराइरएको यो सहरको मुसाफिर हु म
उनले सोधिन कि आज खै कहाँ छ भगवान भनेर
यो सिङ्गो छाती चिरेर मैले भने कि मन्दिर हु म
कुकुर झै सडककिनार दौडिरहने फकिर हु म
घरखेत, जिन्दगी बन्धकी राखेर बा! भन्छन
मृत्यु र उन्मुक्ति पर्खिरहेको त्यो झञ्झिर हु म
दूर सफर हराएको यो सहरको मुसाफिर हु म
हेरिराख यो सारा संसार अन्धकार हुनेछ एकदिन
मेरी आमा भन्नुहुन्छ कि बिहानको मिर्मिर हु म
कुकुर झै सडककिनार दौडिरहने फकिर हु म
हे!सरकार आज अपराधीहरू कहाँ लुकाएर राखिस भन!
नत्र भने अदालतमा नभन कि युधिष्ठिर हु म
कुकुर झै सडककिनार दौडिरहने फकिर हु म
दूर सफर हराइरहेको यो सहरको मुसाफिर हु म।।
