बिचरा यी धर्तीका झुपडीहरुबाट
चरो चेपेर उढेका
ती चराका बचेराहरू थिए नि
ती अहिले कहाँ गए ?
मलाई लाग्छ सायद
तिनीहरू त अहिले हावाहरुमै हराए ।
दिनभरि फलामका सङ्गलामा लढेर
रातभरि तपतप रगतका थोपाहरू चुहाएर
र झमझम दूधका सिताहरू चुसाएर
अनि अहिले आफै बेचिएकी ती बुढी गाईले
अँझै उसलाई
मायाले बा!आआ… गर्दै कराए
ती मलिला माटाका घाँसमा उफ्रिएर चरेका
कि कलिला बाच्छाहरू थिए नि
तर ती अहिले कहाँ हराए …??
