Skip to content


आकाशको शरदचन्द्रमा
अनि क्षितिजमा उज्यालो तारामण्डल
र खेतवारी र हरियाली पाखापखेराहरुमा
भरिएका धानका थल-थले भद्दा बदन सम्झँदा
वा देख्दा मात्र पो
बल्ल आज मलाई
थहा भो कि यहाँ बडादशैंं आइरहेछ ।

बडादशैंं त यहाँ
ती खैरिखेत अनि भरिभराउ मैदान
र गौचरनलाई पनि लागिरहेछ
पोहोर सालै मात्र हैन?
बाढीले अन्नबालीहरू बगाएको
पोहोर सालै मात्र हैन?
पहिरोले आधा खेत खाएको
यसपाली धानले फेरि पनि खुशीहरू रोपेछ
जमिनले इभरग्रिन जन्माएकै रहेछ
हरसाल ऊ रमाएकै रहेछ
तर त्यो गरिबले भने कैले पनि नयाँ घर बनाउन सकेन
अनि त्यो किसान कैले पनिरहरहरू जन्माउन सकेन
कुनै बालकले वायुलहरमा रङ्गिन चङ्गाहरू उडाए झै गरी
अनि मेरो यो धर्तीले पनि भत्किएर
अनि च्यातिएर धुलो र धानमा खसेका चङ्गाहरुलाई
सपनाका धागाहरुले सिलाएर
र पातका ओठहरुमा सुसेलेर
हावाहरुमा घचेट्दै घचेट्दै अनि आकाशमा उडाउँछ ।

ऊ दसैमा हरसाल खसिको छाला बाहिरको
भुत्लाहरू खान्छ!
हल्का रगतमा लत्पत्तिएको भुत्ला….!.
र भुँडीभित्रको लेदो पनि खान्छ
ऊ कुहिएका मासु र हड्डीहरू खान्छ
ताजा मासुहरू त उस्ले कैले पनि खान जानेन
किनकि ऊ धुलो हो
ताजाताजा खायो भने सायद उस्लाई पखला लाग्छ
ऊ सकाहारी त हो
तर उस्लाई बाघहरुले खान्छ्न
ऊ समाजिक त हो
त्यसैले त उस्लाई ती जङ्गलीहरू किराहरुले ज्युँदै नङ्ग्याएर खान्छन
ऊ कपासको रुवा वा भुवा झै कमसल छ
यसैले त घरका मुसाहरुले नै उस्लाई खोक्रो बनाई-बनाई मारेर खान्छन
कुनै अबिरल हर्षोत्सब महोत्सब झै
यहाँ हरेक बर्स विशाल बडादशैंं महापर्व आइरन्छन
उधुम..चक्र
यहाँ बडो मज्जाले धुमधाम बडादशैंं लागिरहन्छ!

आकाशसँग अलिकति ऊ पानी माग्छ
पातालसँग अलिकति जल माग्छ
वायुमण्डलसँग अलिकति हावा माग्छ
अनि मेरा गाईबस्तु र गोठसँग अलिकति मल माग्छ
रविसँग अलिकति घाम माग्छ
तर उस्लाई कैले पनि असिना र बरफका
गोला टुक्राहरू भने मन परेन
किसानको पसिनाभन्दा त धेरै ऊ आकाशको
असिना खान्छ
उस्को लागि त,
त्यो त्यसै दशैं…..इ यसै दसै
धानका बाला बजाएर निस्किएको सुमधुर स्वरसर्गम
आह कति मीठो स्वय म
हावाको तालमा नाचेर हरदम खेतहरुले
पवनका स्पर्श एक झोका तरङ्गहरुमा पठाएको आबाज
मानौ कि त्यो दसैको मीठो माला श्रीधुन हो
जो उसैको हो ।
जो घरागन, पधेरा, पाखापखेरा र सारा गाउ गल्लीहरुमा
गुञ्जिन्छ
अनि यी सहरका सडकसम्म फैलिन्छ
तर त्यसलाई सबैभन्दा पहिला म सुन्छु
मात्र..म
सुन्छु
किनकि यो सिङ्गो घनघोर सहर घुमेर
अनि अन्तिममा यी साँघुरो राजमार्गहरुका बाटाहुँदै फर्किएर…..
खेतवारीकाफाटहरुसम्म पुगेको
उसको पहिलो प्रतिध्वनित आवाज…
त्यो म नै हुन्छु
हो यो सहरमा फैलिएको मेरो खेतगराको गीतसङ्गित
त्यो सबैभन्दा पहिला म नै सुन्छु
जो कुनै अखवार वा समचार झै गरेर
तराइको समथलबाट ब्युझिएर
पहाड पर्वत र हिमाल अनि सगरमाथाको उचाइसम्म फैलिन्छ
अनि मेरो मनको गहिराइसम्म गुञ्जिन्छ
र म सुन्छु
हो
त्यो मनै हो जो मनैसँग टाडिएर एक्लै बस्छु
त्यो मनै हो जो
रातृकालीन यात्रासवारमा मेरो मातृभूमि फर्कदा
भोलि बिहान घरभरी झुल्किने पहिलो घाम
त्यो निश्चय मनै हुन्छु,
हो त्यो मनै हो जो
मनै देखि टाढा रहेर
हरसमय
कुनै बिरानो परदेश वा बिदेशमा बस्छु
हो त्यो मनै हो जो
दिवासवारमा मेरो घर फर्कदा,
भरे बेलुका कुनै गोधूलि सन्ध्याको अन्धकारमा
चम्कने पुरानो र पहिलो तारा
वा जुन
त्यो मनै हुनेछु
हो त्यो मनै हो जो
म दसैमा आउदै गरेको खबर ओउसिको रातमा पनि
उज्याला
झयाउकिरी जुनकिरि
अनि काला कौवाहरुले मेरो गाउघर आँगनसम्म प्रचुर फैलाउछन्
र म आएको थहा पाएर
म आउनसाथ मधुर प्रकाशका साथ मलाई झ्याउँझ्याउँ गरेर घेर्छन
अनि कुनै भोकको गीत गाएर मेरो भव्य स्वागत गर्छन ।

नपत्याएर विजयदशमीको पहिलो दिन
मेरा ती फराकिलो निधारमा हेर्नु
चन्द्रबिन्दु जस्तो चम्किलो देखिने त्यो कुनै टीका
वा चामलको डाम हैन
केवल मेरो आगमनमा रमाएर
मलाई कलिलो बच्चा झै सुम्सुम्याएर
मेरो बाबुआमाले मैदानमा जितेर
कमाएको तक्मा हो जो मेरै नाम को हो ।

नपत्याए विजयदशमीको पहिलो दिन
एकादशीमा मेरो त्यो निधारमा हेर्नु
रातो रङ्गजस्तो देखिने त्यो केबल कुनै चामल वा अन्नको गेडा हैन
आफू पलपल भोकाएर पनि
मेरो उपस्थितिमा रमाएर
खुशीहरुले अघाएर
प्रतिकुल मोउसमसँग हारेर पनि
मेरो अनुहारको उज्यालोहरुको लागि
असोज महिनाभरिलाई
उस्ले छाडिदिएका फूलका उपहारहरू हुन्

ती निधारमा चम्किरहेका टीकाहरू
केवल ती चामलका ढिकाहरू हैनन
ती किसानले उत्पादन गरेका शुक्रकिटका बिउहरू हुन
वा हुन सक्छ कि
कुनै मजदुरले रोपेको पसिनाका थोपाहरू हुन
जस्लाई लगाएको दिनै
वा जो भोलिपल्टै धर्तीमा गिर्छ
र अचानक कुनै गरिबको भोकाएको नबालक बच्चा वा
सडकछाप टुहुरो खाते कुत्ता आएर त्यसलाई ग्य्राम ग्यराम चपाएर खान्छ
अनि आकाशमा उडिगएका चराहरू फर्किएर धर्तीमा दसैको चारो भण्ठान्छ
र आफ्ना बचेराका लागि चेपेर लान्छ
या यस्तै यस्तै कि मानौ कि जस्लाई
कुनै करोडपतिको कुनै चिल्लो कारले कुल्चिएर बारम्बार धुलोहरुमा दबाएर जान्छ
सायद यो सिङ्गो पृथ्वी पनि गरिबकै पसिना खान्छ
र हरेकसाल बडादशैंं मान्छ ।

तिम्रा देशहरुमा बडो धुमधाम बडादशैंं आइरहेछ आज
र मेरा पनि ती जमिनहरुले पनि अँझै चहान्छ कि
“मेरो पहिला-पहिलाहरुमा हर्कदम त्योभन्दा पनि बडो कडा दशैंआओस!
मेरो जमिन अँझै चहान्छ कि
मलाई लिङ्गे पिङ्गहरुमा चडाएर
असामानको कुनै उचाइ
वा चन्द्रधरातलमा पुराओस
ती बाडिले बगाएका खेतहरू
र भूकम्पले भत्काएको त्यो बुडो घरले
मलाई अँझै आशीर्वाद खुवाएर पाल्छ
मेरो जन्मभूमिको मिट्टी चहान्छ कि
ऊ अँझै मेरा यी गालाहरुभरिने गरी
अनि मेरा ती भाग्यहरुनै भरिने गरी
जिन्दगीभर कैले पनि नमेटिने गरी
निधार भित्रको सिङ्गो तक्दिर नै छापिने गरी कोरु
कि
जसरी जहाँ
पवित्र सान्तिका जीवन्त टीकाहरू लागोस!!
मेरो मन र मुहारमा तिहारका चम्किला उज्यालाहरुभन्दा पनि उज्याला
कान्तिहरू छाओस
र बारम्बार यही चाहन्छ
र चहिरहन्छ कि
मेरो यो जीवनमा
अरुको भन्दापनि विशेष र बडादशैंं आओस
र आइरहोस
तिम्रो देशमा आज बडो बडादशैंं छाइरहेछ
आज जुन मेरा यी झुपडीमाहरुमा मगन्ते भिखारीहरुको भेस्मा आइरहेछ
जुन मेरो आफ्नै आभासहरुमा आइरहेछ
जस्लाई म अब बिनादान
वा
फुस्रा र शून्य रगडाहरुले पनि बिदाइ गर्न सक्छु
किनकि
हरेक साल
यो बडादशैंं मेरा बाबुआमाले रोपेको चामलका रङ्गिन टीकाहरू
नेपालको निशुल्क कुनै लालीगुराँस र गुलाफका फूलहरू झै लगाएर
अनि कान र सिरमा मकै र गहुका हराबरा जमराहरू वसन्त झै सजाएर
अनि दाल र धानको भात खाएर
महङ्गामहङ्गा आशीर्वादहरुले सिङ्गो शरीर र पेट ड्म्म फूलाएर
साथमा एकसाथ मुस्कानहरू लिएर
अनि अन्तिममा फुक्को चियुरा, चिनी, र पानी
चपाउदै-चपाउदै
अनि रमाउदै अनि अन्तिममा
आखिर कुनै मगन्तभिखारी झै आफूलाई बलियो र तगडा सम्झिएर
जान्छ
कुनै महलका महाराज
वा स्वय म तिम्रा ती बडादशैंं भनिनेहरू
हाम्रा यी झुपडी र घरहरुवाट सन्तृप्त झोला र पोकाहरुले लिएर फर्किन्छ !!!

तिम्रो देशमा त आज बडो बडादशैंं आइरहेको होला सायद
याद रहोस कि हाम्रो देशमा त्योभन्दा पनि झन धेरै
कडा दशैंआइरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *