Skip to content

आकाशको बाज भए


हामीसँगै आकाश उडेका
बचेराहरू पनि बाज भए
कास शौचालयका किराहरू
अनि भमराज भए

अमृत पिलाए सप्नअफ्सरा झै
जस्ले अमर जिलाए,
अफसोच उनीहरू नै आज
नरकका यमराज भए
कास शौचालयका किराहरू
अनि भमराज भए

तिमी जिन्दगीभर जस्लाई कटेज
भनेर जिस्कायौ
आएनौ कैले पनि फर्किएर हेर!
त्यहाँ अहिले ताज भए
हामीसँगै उडेका बचेराहरू
आकाशको बाज भए

यो देशको प्लेटफर्म
या जिन्दगी नै टर्निङ्ग प्वाइण्ट रहेछ
जस्तो कि हिजोका ती हातहरुमा
हतियार आज भए
कास शौचालयका किराहरू
अनि भमराज भए

आखिर जस्लाई मनमन्दिरमा
भगवान भण्ठानेर पुज्योहु
गलत जङ्गली हैन कि
हाम्रै ढोगी अन्ध अन्दाज भए
हामीसँगै आकाश उडेका बचेराहरू
आज बाज भए

सोच्नुस, कि आज हाम्रो देश
कस्तो हुन्थ्यो होला?
यदि आज यो सरकार
र समाज हाम्रो माझ भए?
कास शौचालयका किराहरू
आज भमराज भए

मलाई विश्वास छ कि,
मेरो पनि घरभरि घाम छिर्नेछ
के फरकपर्छ र यार
अहिले यति अन्धकार साझ भए?
हामीसँगै उडेका बचेराहरू आज
आकाशको बाज भए

कारागारमा एक बाघलाई बन्द
गरेको देखेर, घरघरमा
कुत्ताबिल्लीहरू भन्छन
अब सब राजाहरू सखाब भए
हामीसँगै उढेका बचेराहरू आज
आकाशको बाज भए

खायो बाढी,पहिरो
र भूकम्पले सारा घरखेत बगायो
तर किसानले भन्यो कि
“म अब जन्मकैद आजाद भए

हामीसँगै उढेका बचेराहरू आज
आकाशको बाज भए
कास शौचालयका किराहरू
अनि आज भमराज भए!!

@आकाशको बाज भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *