हरेक पटक फूलहरू चुँडाएर
तिमीले मन्दिरमा चढायौ
र प्रत्येक पल मनमनै मलाई माग्यौ ।
भगवानले पनि तिम्रो पुकारलाई सुनेर
मलाई तिम्रै घरको बगैँचा
या
स्वयम हातकै थालीहरुमा
पठाइदियो ।
र
सदा झै तिमीले मालीहरुसँग
मलाई माग्यौ
र
फेरि पनि
फूलहरू चुँडाएर
लालीगुराँस
वा
गुलाफ
झै लाग्ने
राता थालिहरुबाट
अन्धभक्त बनेर
मन्दिरमा चढायौ ।
र
उसै गरी फेरि पनि तिमीले,
मलाई मगन्त झै मागिदियौ ।
(सुजन बुढाथोकी)
