हेर यो दशैंमा म


हेर यो दशैंमा म मान्छेको मासु खान्छु
डलर आउँछ टीका लाउन परदेश जान्छु

बारुद पड्काएर तिम्ले कति सजिलै भनिदियौ
कि म यो देशमा बुद्ध जन्माउन चाहन्छु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

त्यो महानमानव मन्दिरको चट्टानलाई पुज्दै भन्छ
“म त बाआमालाई नै भगवान भण्ठान्छु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

यो सडकको तडकभडकमा चाडबाड जगाउन
म पनि अरुझै झण्डिमुण्डा कोउडा हान्छु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

यो दशैंमा दशैं मान्न हुदैन मेरो घरमा दशैं मान्न
म सहरबाट मेरो बालाई बलवान् खैनी लान्छु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

मेरो संसार हरायो आज डुम भन्छ ट्वाइलेटमा
म नोट छाप्छु मेरो परिवारको खुशी छान्नु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

मेरो घरको गोरु र बुडो ट्याक्टरले कैले भनेन कि
ईश्वर हु म ईश्वर यो सारा ब्रह्माण्ड धान्छु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

यो सिङ्गो पृथ्वी गरिब किसानकै धान खाएर
पसिनाको टीका लाएर भन्छ म बडादशैं मान्छु
हेर यो दशैंमा म मान्छेको मासु खान्छु

त्यो ताजमहलको राजा आज यसरी बडादशैं मनाइरहेछ
जसरी जङ्गलमा बाघ भन्दो हो कि म विश्वमै बलवान् छु

हेर यो दशैंमा म मान्छेको मासु खान्छु
डलर आउँछ टीका लाउन परदेश जान्छु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *