Skip to content

हरि मोहन थापा

एक कल

मिटिङ हल पुरै शान्त थियो। पावरपोइन्टको स्लाइडमा कम्पनीको अर्को वर्षको योजना चलिरहेको थियो। सबै जना गम्भीर मुद्रामा थिए। एक्कासि, टेबलमाथि राखिएको फोन भाइब्रेटले पुरै माहोल शान्त बनाइदियो।

त्यो कम्पनले वातावरणमा अजीब किसिमको तरंग फैलायो। कोही केही बोलेनन् । सबैले चुपचाप एक अर्काको मुख हेराहेर गरे अनि अगाडि बसेका उच्च पदस्थ अधिकृतले भनीहाले “Please keep your phone on silent.”Read More »एक कल

सताएर फेरि फेरि नजाऊ पर पर

टाढिएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमीबाहेक अरु को नै छ र
टाढिएर फेरि फेरि नजाऊ पर परRead More »सताएर फेरि फेरि नजाऊ पर पर

डुबेर त्यो नजरमा

डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ

Read More »डुबेर त्यो नजरमा

हरि मोहनको डायरीबाट

स्पर्शले बताउँछ कि नियत कस्तो हो ?
ठक्करले बताउँछ कि ध्यान कस्तो हो ?
आँसुले बताउँछ कि पीडा कस्तो हो ?

Read More »हरि मोहनको डायरीबाट

धर्मो रक्षति रक्षितः

धर्मो रक्षति रक्षितः अर्थात तिमी धर्मको रक्षा गर, धर्मले तिम्रो रक्षा गर्नेछ। यसलाई यसरी पनि परिभाषित गर्न सकिन्छ कि “धर्मको रक्षा गर, तिमी स्वतः उद्धार हुनेछौ।

Read More »धर्मो रक्षति रक्षितः

वार्धक्य

जब एउटा वयस्क उमेर हुन्छ उसलाई संसार एक्लैले जित्छु भन्ने भित्रैबाट एउटा छुट्टै नयाँ जोश जागर र आँट हुन्छ चाहे त्यो मानिस, जनावर र पशुपंक्षी नै किन न होस कसैमा पनि ।

Read More »वार्धक्य

बज्न थाल्यो गाना (बाल गीत)

टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ
बज्न थाल्यो गाना
स्कुल जान्छु साथी सङ्गै
ल्याइदिनुस खाना

Read More »बज्न थाल्यो गाना (बाल गीत)

यतीम

म त हारेको मान्छे
आफैसँग आफन्तसँग
यो अजनबी दुनियाँसँग
लर्बराइरहन्छ्न मेरा पाइलाहरू
चिप्लिरहन्छ्न भाग्योदयका नक्षत्रहरू ।

Read More »यतीम

वैदिक भाषा संस्कृत

भाषा त्यो साधन हो, जोद्वारा मनुष्य सुनेर, बोलेर,लेखेर वा पढेर आफ्नो मनको भावना या विचारहरुको आदानप्रदान गर्न सक्दछ ।

Read More »वैदिक भाषा संस्कृत

उडाइदिनु यादहरू सिमलको भुवासँगै

HariThapaUAE

लेखेका ती गीतहरू च्यातिदिनु धुवासँगै
साचेका ती प्रीतहरू पुरिदिनु कुवासँगै
पाइलाका डोबहरू आलै होलान अँझै पनि
कतै सुने हल्लाहरू बगाइदिनु गङ्गासँगै

Read More »उडाइदिनु यादहरू सिमलको भुवासँगै

मेरो बाबाको साइकल

HariThapaUAE

हिरो रेञ्जर
दुई ठुला चक्का बीचमा क्रस बार
पछाडिको चक्कामा डाइनामो
खिन्द्रिङ्-खिन्द्रिङ् बज्ने घण्टी
हाम्रो फरारी लेम्बोर्गिनी
हाम्रो मज्राती हाम्रो बेन्टिली ।

Read More »मेरो बाबाको साइकल

तीन हरफ (सास मात्रै चलोस बरु)

HariThapaUAE

सास मात्रै चलोस बरु मेरो… ए भगवान् !
तिम्रा लागि सारा खुसी मागिदिन्छु
एक चोटी मेरो खबर सोधेर त हेर
कसम घरका सारा दबाइ फ्याँकी दिन्छु

Read More »तीन हरफ (सास मात्रै चलोस बरु)

आउनुस् एकछिन हिही गरौ

HariThapaUAE

तुलसीका मठमा र वर-पीपलका फेदमा
अक्सिजनको आवश्यकता पूरा गर्दै
मेरा देशका जनता आत्तिंदै छ्न तड्पिंदै छ्न
हस्पिटल छ बेड छैन
डाक्टर छ अक्सिजन छैन ।

Read More »आउनुस् एकछिन हिही गरौ

म बग्दै गए

HariThapaUAE

बार्दलीबाट ठेलमठेल गरेर
कालो मुलायम केशलाई सुनौलो देखाइदिने
ती एक अम्खोरा प्रकाशका किरणहरुलाई हेर्छु
अनि
निला गगनमा चन्द्रमा टिप्न उडेका एक हुल चराका बथान देख्छु

Read More »म बग्दै गए

मेरो मायाको हिसाब स्वर्गमा दिनु छ

म केवल चिच्याउदिन
मेरा अन्तरङ्गहरू थर्थराइरहेछ्न
विश्वास अनि मौनता
लगाव अनि झुकाव
वायु पङ्खी घोडाको रेश जस्तोRead More »मेरो मायाको हिसाब स्वर्गमा दिनु छ

20200921_161920

म जीवन चढाउछु

नजरमा झुकेको दिललाइ गुलाब चढाउछु
आए सररर सपनाहरु म सगरमाथा चढाउछु

झरेका केशराशी कानमा लजाउदै सिउरिदा
यो आखाको चौतारी म विश्राम चढाउछु

20200921_161920

आधा भए म रित्तो भए

आधा भए म रित्तो भए
आकाश जस्तै शुन्य भए
म थुतिएको फुल भए

वर्षा भए म भेल भए
मन नपरेको एउटा खेल भए
आज म भत्किएको मुर्ती भए

आधा भए म रित्तो भए

राग भए म गजल भए
मन नपरेको लय भए
हेर म चर्किएको ऐना भए

गाली भए नबज्ने ताली भए
सबको नजरमा जाली भए

बैशालु जवानिले शहर किनिदिन्छु

पाउजु र चुरा छ्न छ्न बजाउदै
सबैको मनमा, बस्छु लजाउदै
मिलेको फिगर , दुनिया दिवाना
हेरेको मात्रै पनि , लिन्छु हर्जाना

आगोको झिल्को हु म ज्वाला बनी दिन्छु
ओठको मुस्कानले शहर किनि दिन्छु

कानैमा मुन्द्रा गाजल आखामा
सन्सारै गुलाम मेरो मेरै आखामा
रमाइलो गरौ आउ सराबि साझ
दुनियाँ को नियम कानुन तोडिदिउ आज

आगोको झिल्को हु म, ज्वाला बनिदिन्छु
आखाको इशाराले शहर किनिदिन्छु

गोल्डेन मेहेन्दी कालो केशैमा
भ्रमरा आउछ्न खेल्न मेरो बैशैमा
नाम मेरो काली मन पनि खाली
दुनियाँ फिदा पार्ने सबकी दिलवालि

आगोको झिल्को हु म , ज्वाला बनिदिन्छु
बैसालु जवानिले शहर किनि दिन्छु