म केवल चिच्याउदिन
मेरा अन्तरङ्गहरू थर्थराइरहेछ्न
विश्वास अनि मौनता
लगाव अनि झुकाव
वायु पङ्खी घोडाको रेश जस्तोदौडिरहेछ्न निल गगनमा
खै उनलाई पत्तो हुदो छ या छैन ?
उनी प्रतिको अथाह प्रेम सागरमा
चुर्लुम्म डुबेको निकास नभेट्दो छु म यहाँ
मेरी आमा को फुलेको सेताम्मै कपाललाई
रङ्गाइदेलिन भन्ने मेरो सोच
अनि मेरो जिन्दगी वसन्त झै हरियाली होला
मेरो आफ्नै कल्पना
कति मीठो कति गुलियो कति सुन्दर कल्पना
हरपल उनलाई सम्झिरहने यो मन
किन यत्ति बेइमानी बनेछ यो समय
उनी त मौसम हैनन जुन ऋतु अनुसार बदलिने
लाग्छ मौसमले उनीलाई बदलिदिएछ
उनी सङ्गै मेरा सपना बदलिएछ्न
आज मन जलेर राग भएको छ
उनी अनि उनका आउने हरपल यादहरू
बाँच्ने एउटा बाहाना भएको छ
मेरा मौनता कतिञ्जेलसम्म सुत्दा हुन कुन्नि
लाखौ चिमोटाइको बाबजुद पनि
एक टक हेर्दो छ उनीलाई
उनका तस्वीरलाई उनका यादलाई
सहदैछु म यो भित्री मनै जलाई
अनि
यो दुरताको आत्मीयता अनि यो प्रेमको गाथा
स्वर्गमा हर एक एक हिसाब दिनु छ मलाइ

लेखाई राम्रो छ हरि सर
आभार प्रकट गरे सर
मन पर्यो हजूर ❣️
धन्यवाद हजुर