Skip to content

तिम्रो दोधारे मन

HariThapaUAE

माया उता छ गुनासो यता
नसोध घाउ दुख्छ कता
फर्क नफर्क मर्जी तिम्रो
भन त्यो माया राख्छौ कता

खुशीले बगेका इच्छाहरू
बगुन उता कि आउन यता
रोक्नु नरोक्नु मर्जी तिम्रो
भन त्यो इच्छा जोड्छौ कता

मायाले पोतेका रङ्गहरू
आए यता कि उडे उता
हाँसेको त्यो बेरङ्गी तस्वीर
फ्याक्छौ यता कि राख्छौ उता ?

आऊ यता कि जाऊ उता
नसोध घाउ दुख्छ कता
फर्क नफर्क मर्जी तिम्रो
भन त्यो याद राख्छौ कता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *