
सास मात्रै चलोस बरु मेरो… ए भगवान् !
तिम्रा लागि सारा खुसी मागिदिन्छु
एक चोटी मेरो खबर सोधेर त हेर
कसम घरका सारा दबाइ फ्याँकी दिन्छु
आकर्षण नै प्रेम मान्छ्यौ भने तिमी
प्वाँख काटिएका मयुर सबुत हैन
मनले साबित गर कि जिउँदो छौ तिमी
सास लिनु कुनै प्रमाण हैन
मनको सबै रहर कहाँ पुग्छ र हजुर
गोधूलिको पनि त इच्छा होला सन्ध्यालाई भेट्ने
न मनले चाहुञ्जेल हेर्न सके न कुनै कुरै गर्न सके
हो त्यस्तै ठुलो इच्छा थियो तिमीलाई भेट्ने ।
