Skip to content

डुबेर त्यो नजरमा

डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ

बहेर म सललल मदहोसी भै हराएँ
नभेटिदै छुटिएला बेहोसीमै डराएँ
बोकेर ती मृगतृष्णा मधुशाला कराएँ
डुबेर त्यो नजरमा म आफैमा हराएँ

सङ्गालेर राख्न खोज्छु भागी जान्छ छाया
कोइली को पाउजु बजाइ नाच्छिन मेरी माया
बालद सङ्गै डुल्दै होलिन हाँस्दै उनी लजाएर
डुबी जान्छु त्यो नजरमा म आफैमा हराएँर

कोरिबाटी वसन्तले इन्द्रेणीलाई सजाएँ
निम्तो दिदै इशाराले छ्मछ्म पाउजु बजाएँ
मायालु को चित्र कोरि कल्पनामै रमाएँ
डुबेर त्यो नजरमा म आफैमा हराएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *