
टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ
बज्न थाल्यो गाना
स्कुल जान्छु साथी सङ्गै
ल्याइदिनुस खाना
टाइ जुत्ता लगाएर
किताब बोकि जाने
भोक लाग्दा टिफिनमा
मामु के खाने ?
टा टा टु टु पा पा पि पि
बस आयो लिन
मान्न हुन्न अल्छी साथी
अलि छिटो हिन
टिङ टिङ टिङ टिङ टिङ टिङ टिङ टिङ
बज्न थाल्यो घण्टी
गर्नु हुन्न हल्ला खल्ला
मेरी साथी भन्थी
क ख ग घ ए बि सि डि
सबै कुरा पढ्छु
मेडमले पढाएको
ज्ञानी बनी सुन्छु
छुट्टी हुन्छ टिङ टिङ टिङ टिङ
अब घर जाने
होमवर्क गरी खेल्दाखेरी
स्याबासी पाइने
मोबाइल हेर्न हुन्न
पढ्नु पर्छ साथी
मोबाइलले बनाइदिन्छ
दिउँसोलाई राति
टा टा टि टि पा पा पु पु
बन्द भयो गाना
म त अब सुत्छु साथी
तिमी के गर्छौ भन ?
