Skip to content

उडाइदिनु यादहरू सिमलको भुवासँगै

HariThapaUAE

लेखेका ती गीतहरू च्यातिदिनु धुवासँगै
साचेका ती प्रीतहरू पुरिदिनु कुवासँगै
पाइलाका डोबहरू आलै होलान अँझै पनि
कतै सुने हल्लाहरू बगाइदिनु गङ्गासँगै

उकाली र ओरालीले जिस्क्याउलान कहिलेकाहीं
आँखा तरी हेरिदिनु काडा हाँसे फूलसँगै
लेखेका ती गीतहरू च्यातिदिनु धुवासँगै
उडाइदिनु यादहरू सिमलको भुवासँगै

तौलिएका माया प्रीति खहरेको खोलासँगै
बगी गए सपना ती एक नम्बरी तोलासँगै
वारिपारि न्याउलीले मेरो बारे सोधे भने
बाटो मोड्नु कान थुनी अगाडिको घुम्तीसँगै

लेखेका ती गीतहरू च्यातिदिनु धुवासँगै
उडाइदिनु यादहरू सिमलको भुवा सँगै

Leave a Reply

Your email address will not be published. Required fields are marked *