Skip to content

वैदिक भाषा संस्कृत

भाषा त्यो साधन हो, जोद्वारा मनुष्य सुनेर, बोलेर,लेखेर वा पढेर आफ्नो मनको भावना या विचारहरुको आदानप्रदान गर्न सक्दछ ।

अर्को शब्दमा भन्नुपर्दा जोद्वारा हामी आफ्नो भावना लिखित अथवा कथित रुपले अरुलाई सम्झाउन सक्छौ अनि अरुको भावनालाई पनि सहजै बुझ्न सक्छौ त्यसैलाई भाषा भनिन्छ । यसर्थ सार्थक शब्दको समूह या संकेतलाई नै भाषा भनिन्छ ।

अभिव्यक्तिको सर्वाधिक विश्वसनीय माध्यम नै भाषा हो । यो मात्र नभई हाम्रो समाजको निर्माण, विकास, अस्मिता, सामाजिक वा सांस्कृतिक पहिचानको महत्त्वपूर्ण साधन पनि हो । भाषामा नै हाम्रो भाव, राज्य, वर्ग, जातीयता अनि प्रान्तीयता झल्किने गर्दछ । भाषाद्वारा नै मानव आफ्नो पूर्वजहरुको भाव विचार एवं अनुभव मौखिक, लिखित वा साङ्केतिक रुपमा सुरक्षित राख्न सफल रहन्छ । अर्थात् भाषाद्वारा नै कुनै पनि समाजको ज्ञान सुरक्षित रहन्छ ।

आखिर संस्कृत भाषा नै किन ?

यसमा ज्ञानको असीम भण्डार छ । संस्कृतमा हाम्रो सास्कृतिक विरासत समाहित छ । नैतिक तथा राष्ट्रिय मूल्य संस्कृतमा विद्यमान छ्न । अतएव विद्यार्थीहरुमा मूल्य एवं सास्कृतिक शिक्षाका लागि संस्कृत भाषाको ज्ञान आवश्यक छ । यदि संस्कृत भाषालाई एउटा अनिवार्य भाषाको रुपमा बनाइएको भए अनि यो अंग्रेजीमा जति मेहेनत संस्कृत भाषा सिक्नमा गरिएको भए आज कोही मानिस जाति र धर्मकाविरुद्ध लड्ने पक्कै थिएनन । नैतिक शिक्षा दिलाई भाइचारा बनाएर कायम गराइराख्ने यस्तो भाषाको ज्ञान बिना कुनै पनि वेद ग्रन्थ तथा सामाजिक नैतिक मूल्य र मान्यताको आस्वाद उठाउन सकिँदैन ।

संस्कृत ऐतिहासिक दृष्टिले संसारभरका सबै भाषाहरुको जननी हो । यस प्रकार वेदमा उल्लेखित संस्कृत संसारका सबै मनुष्य हरुको, सबै प्राचीन ऋषि तथा पूर्वज हरुको मातृभाषा थियो । त्यसले यसलाई देव भाषा पनि भन्ने गरिन्छ । जसरी देवताहरू अमर छ्न त्यसरी नै संस्कृत भाषा पनि आफ्नो विशाल – साहित्य, लोक हितको भावना, विभिन्न उपसर्ग हरुद्वारा नवीन -नवीन शब्दहरुको निर्माण गर्ने क्षमता आदिको कारण अमर छ । यो दुनियाँको सबैभन्दा पुरानो लिपिबद्ध भाषाहरूमध्एको एक हो ।

हिन्दू धर्मका मात्रै ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छैनन् बौद्ध धर्म (विशेष गरी महायान) तथा जैन धर्मको महत्वपूर्ण ग्रन्थ पनि संस्कृत भाषामै लेखिएको छ । आज पनि हिन्दू धर्मावलम्बीको यज्ञ, पूजा, वन्दनाहरू संस्कृत भाषामा नै गर्ने गरिन्छ ।

संस्कृत अत्यन्तै समृद्ध र बैज्ञानिक भाषा हो । आधुनिक ज्ञान -विज्ञानको कुनै यस्तो शाखा -प्रशाखा छैनन् जुन संस्कृतबाट अलग भएर रहेका हुन । संस्कृतमा विशाल साहित्य, खगोल शास्त्र, गाणित, नक्षत्र, कृषि विज्ञान, योग शास्त्र, भाष्य ग्रन्थ, आयुर्वेद जस्ता कयौ मानव जगतका लागि उपयोगी विषयहरुको समृद्ध जानकारी पाउनु को साथै संस्कृत भाषाको अध्ययनबाट कयौ लाभ लिन सकिन्छ जस्तै –

१. संस्कृत भाषाको पढाइ लेखाइ वा ज्ञानले बुद्धि तिब्र हुने गर्दछ
२.सुत्रले कम शब्दहरुमा सम्पूर्ण कुरा व्यक्त गर्ने क्षमतामा वृद्धि हुन्छ।
३. धर्म ग्रन्थ तथा पुराना साहित्यिक कृति खोज अनुसन्धानहरू कसैको निर्भर नभई पढ्न सकिन्छ ।
४. आफ्नै धर्म ग्रन्थहरू बारे अरुले तोडमोड गरेर भनिएका कुरा हरुमा हो होमा हो हो नमिलाई सही सत्यलाई उजागर गर्न सकिन्छ ।
५. कतिपय संस्कृतका शब्द तथा मन्त्रोचारणले मात्रै पनि शरीरमा सकारात्मक उर्जा पैदा गर्ने अथाह शक्ति बोकेको हुन्छ।
६. संस्कृतको उच्च ज्ञानले हरेक भाषा उच्चारणमा स्पष्टता आउँछ ।
७. संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुलाई गणित एवं अन्य भाषा ग्रहण गर्नमा सहायता मिल्दछ

हामीले संस्कृत भाषाको अध्ययन गर्न यसकारण जरुरी छ, किनकि यो हाम्रो सास्कृतिक अनि प्राचीन भाषा हो, हजारौ वर्षदेखिको हाम्रो संस्कृति को अभिन्न अंग हो । हाम्रो धर्म,संस्कृति, धार्मिक ग्रन्थको अध्ययन गर्न र मानिसलाई नैतिकवान, गुणवान बनाई समस्त मानव जगतका हितमा उसका ज्ञान विवेक प्रयोगका लागि पनि संस्कृत भाषा अपरिहार्य छ । संस्कृत केवल एक भाषा मात्रै हैन अपितु संस्कृत एउटा विचार हो, संस्कृति हो अनि संस्कार पनि हो । यसमा कुनै धर्म व्यक्ति विशेष जाती विशेषको प्राथमिकता नभै विश्व जगतको कल्याण, शान्ति, सहयोग अनि वसुदैव कुटुम्बक म भन्ने भावना रहेको छ ।

घृणाले दुनियाँमा धेरै समस्याहरू पैदा गरेको छ तर यसले एउटा पनि समस्याको समाधान गर्न सकेको छैन तर संस्कृत मात्र यस्तो भाषा हो जसले मात्र प्रेम र मानव जगतको हित सिकाउँछ । जलचर, थलचर सम्पूर्ण जगतलाई प्रेम बाड्ने भाषा भएर पनि मतिभ्रष्ट भएका केही मानिसहरू को अगुवाइले आफ्नै भाषा संस्कृति बुझ्नबाट विमुख गराई हाम्रो गौरव हाम्रो ईतिहास मेटाउन मरिहत्ते लागिरहेका छ्न ।

थाहा छ यी मेरा शब्दहरू यो समाजका लागि अथार्थ प्रविष्ठ हो । तैपनि अहर्निश बर्बाइरहेका छ्न । सुनिदिने कान छैनन् तैपनि म चिच्याइरहन्छु । अन्तिम साससम्म ताकी भोलिको दिनमा म रहे नरहे पनि मेरा प्रयत्न र विचारले मेरा सन्ततिलाई आफ्नो आफ्नो धर्म संस्कृतिबाट बिचलित हुन नदियोस । आफ्नो पुर्खाले साँचेर ल्याएको चिजलाई खरानी भएको देख्दा त्यो समयमा मेरा सन्तानले मलाई नथुकुन । अहिले मैले कोरेको समाजको चित्रले भोलिको दिनमा यसको जिम्मेवार कस-कसलाई देखाउला त्यो इतिहासले पक्कै बताउला ? यो एक्लो लडाइमा भोलि मेरा सन्ततिहरुले ममाथि गर्व गरून् ।

जसरी हिजो चाइनामा पहिलोपल्ट कोरोना आउँदा ‘चाइनामा त हो नि, हाम्रोमा हैन,’ भनेर बस्ने हामीलाई आज आफ्नै घरमा घुसेर आमाबाट छोरा खोसायो श्रीमानबाट श्रीमती, छोरा-नाति हजुरआमा, बुहारी कोही बाँकी राखेन । यति मात्रै नभै कोही ओठ लेप्र्याउने संसारका कस्ता कस्ता धनी देशलाई समेत तहस नहस बनाइदियो । त्यसैले आज तपाईं सग्लो छु भनेर मात्रै मख्ख नहुनुस् । त्यो कोरोना जस्तै सलह भोलि तपाईंको घरको कलह हुन समय नलाग्दो रहेछ ।

सायद कतिपयको घरमा भएको रडाको त स्वयं तपाईंहरुले नै देख्नु पनि भएको होला, सुन्नु पनि भएको होला । धार्मिक र सांस्कृतिक अतिक्रमणबाट बच्नुस र आफ्ना वरपरकालाई समेत बचाउने र सचेत गराउने प्रयास गर्नुस् । ताकि भोलि भएकोलाई गुमाएरपश्चाताप गर्नुभन्दा अहिले भएकालाई जगेर्ना गर्नु राम्रो कुरा हो ।

आओ जस-जसलाई आउन मन लाग्छ
म त हिरा हुँ जस-जसलाई पाउन मन लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *