Skip to content

नारी उत्थान गर्ने हो नारी सबै मिलेर


वर्षौंदेखि उठाएको समानताको सवाल
पुरुषलाई दोष दिंदै कति गरौं ववाल ।

पुरुषको वोलवाला महिला पछि पर्नुमा
हामीले ठान्यौं उपयुक्त गाली गर्नुमा ।

यही मात्र हैनरैछ हाम्रो सही विचार
महिलाले महिलालाई गर्छन् अत्याचार ।

सासू बुहारी झगडा नन्द भाउजू झगडा
जोडतोड पर्दछ अर्कोभन्दा हुन तगडा ।

आफूभन्दा राम्री अर्की नारी मान्दैनौं
नारीवर्गलाई सम्मान् दिंन जान्दैनौं ।

नारी उत्थान गर्ने हो नारी सबै मिलेर
नारीभेद गर्न छोड नारी हाँस खिलेर ।

त्यसपछि हुन्छ बल्ल लडाईको निशाना
दाइजो लिने दासी ठान्ने पुरुष भावना ।

स्वास्नी कुट्ने दुष्टहरू हाल्नुपर्छ जेलमा
दाइजो माग्ने कंगालीलाई तातो तेलमा ।

नारी शोषण् गर्ने नेता होस कि व्यापारी
फासी देऊ ऊ धनी होस् कि भिखारी ।

नारीलाई सम्मान दिंदा तिम्लाई के हानी
सबै मिली अघि बढ ल्याऊँ नौलो विहानी ।

चूडा निर्भिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *