Skip to content

भोटको करामत (लघुकथा)


चुनाव आयो । भोट खसे । नेताजीले चुनाव जितेर सभासद भए । संसदबाट उनी एकदुई पटक मन्त्री बने । उनको आर्थिक हैसियत ऊकासियो । देश दोश्रो गरीव राष्ट्रबाट उनकै पालामा संसारको एक नम्वर गरीव देश बन्यो । नेपाल आमाको रगत र पसिना उनले अरुहरूले जस्तै तन्तनी पिए ।

फेरि चुनाव आयो । सबैले उनलाई अब गाउँ र आफ्नो क्षेत्रमा टेक्न नदिने भनी प्रण गरे । नेताहरूप्रति सबैको नकारात्मक भावना थियो । तर उनले यसपटक पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने निर्णय लिए ।

उनले बलिया वाँगा लठैतहरू भर्ना गरे यसपाली चुनावका लागि । यसका लागि आधा करोड लगानी गर्नु पर्‍यो । लठैतहरूले पुरै वुथ कव्जा गरे । गाउँले र सबै मतदाताका नाऊँमा मत खस्यो । भोट गन्ति भो । कसैले भोट नहाले पनि उनको मत नव्वे प्रतिशत थियो । बाकी पाँच प्रतिशत उनका विरोधीका नाममा भोट खसेको देखियो । कसैले नहाले पनि पन्चान्नब्वे प्रतिशत मत खसेकै थियो ।

यसपटक उनी नेपालको सबैभन्दा बढी मत ल्याउने लोकप्रिय नेता भएकोले नेपालको भावी राष्ट्रपतिमा उनको नाम जोडतोडले उचालिएको थियो ।

चूडा निर्भीक
आँपपिपल ७ गोरखा
हाल काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *