गरिबको छोरो कसरी पढ्छ आइए र बीए पास
धनीलाई मात्र रहेछ चैन अरुको छैन आस
नेपाली हामी सढेछौं ज्यादा नराम्रा सोचले
गाऊँ र घर विग्रियो आज खेलेर जुवातास
भोकै र नाँगै कोही जोतिंदैछन् धूलो र मैलोमा
कसैलाई भने ठगीको धन महलमै पर्यो वास
केही छैन मेरो त्यो चित्त बुझ्ने देखेर हालत
वाँच्नै भो धौधौ कसरी बस्ने बनेर जिऊँदो लाश
जहाँ म जाऊँ त्यतै पो देख्छु फोहोरका डंगुर
पवित्र देश रसाताल भयो कहाँ गै फेरौं सास
चूडा निर्भीक
