Skip to content

स्वागत छ फूलको चाड


मौसम यो फूलको
वासना यो फूलैको
बगैंचा अनि फूलबारी
रातो पहेंलो सेतो र रङ्गीचङ्गी
जताततै फूलैफूलको घारी ।

काग कुकुर गाई
जनावर पनि पुजिने
दाजुभाइलाई त
दिदीbहिनीले यमसरी मान्ने
सप्तरंगी टीकाटालाले
सजाएर मालामा
कस्तो सम्वन्धको चाड ।

सेल फलफूल र परिकार
तर मासुको गन्ध छैन ।
देऊसी र भैलो
पप र र्‍याप गाइन्न ।
झिलीमिली बत्ती र उज्यालो
लक्ष्मIको स्वागतका लागि ।
यै त हो मेरो मनपर्ने पर्व
सद्भाव र भाइचाराको ।

खेतभरी अन्न तयार छ
मान्छेको खुशी अनुहार छ
तीन महिनापछि वेसाउनु परेपनि
अहिले नै किन कन्था गाउनु ।
त्यसैले आऊ रमाउदै रमाउदै
तिमी भन वर्षै र दिनको चाड
म भन्छु भैलो रे ।
स्वागत छ फूलको चाड
म थप्छु देउसिरे । देउसिरे ।

चूडा निर्भिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *