Skip to content

देश दुख्नुहुन्न


मेरो प्यारो जन्मभूमि, मेरो प्राणभूमि,
जन्माएर खुशी हुन सिकाउने मेरो कर्मभूमि ।
हिऊँबाट वग्ने खोलानाला, तराईका गरा,
हिमालका डाँफेमुनाल, मैदान हराभरा ।

पहाडको चिसोपानी, पिई मन फुल्यो,
गाऊँवेशी गर्दै गरें, जहाँ वैश भुल्यो ।
पश्चिमको राराताल, पुर्व सप्तकोशी,
फेवा, रुपा, वेगनास; अनि वग्छ रोशी ।

सगरमाथा हाम्रो शान, आकाश छुन थाल्छ,
गौतमवुद्ध एशियाका, ज्योती बत्ती वाल्छ ।
जनक र सीता थिए, नाम रोशन गर्ने
गंगालाल, अमर र बलभद्र, देशनिम्ति मर्ने ।

मेरो देश, मेरो धरती, मेरै मात्र माटो,
गिद्धेनजर नलगाओ, छैन केही खाँचो ।
यही हातले मेरो आँगन, फूल गोडीदिन्छु,
मेरो माटो छुन खोजे, आँखा फोडीदिन्छु ।

खान नपाऊँ दुवै छाक, तर देश दुख्नुहुन्न,
राष्ट्रवादी नेपालीको, राष्ट्रियता चुक्नुहुन्न ।
मर्न पाऊँ यै देशमा, मैले खुट्टा पसारेर,
देशलुट्ने फटाहालाई लैजा काल धसारेर ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *