Skip to content

मधुपर्क

नारी सिर्जना र अबको बाटो

  • by

‘नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन्’ भनेर परम्परागतरूपमै भनिादै आएको हो र पनि यतिबेला आएर पुरुषप्रधान समाजले नारीलाई माथि उठ्न नदिएकाले पछि परिएको निष्कर्ष निकाल्दै आरक्षणका लागि हरेकक्षेत्रमा पहलहरू भइरहेका छन् । मुलुकको सिङ्गो जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने नारीहरू परम्परा र संस्कारले हरेकक्षेत्रका लागि जगको रूपमा रहेको शिक्षाक्षेत्रमा पछि परेकाले नै एक्काइसौा शताब्दीमा आएर आरक्षणका लागि आवाज उठाउनु परेको यथार्थ बोलिदै आएको छ ।

एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने

  • by

शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा प्राप्त गरेको देखिन्छ । उनका निबन्धहरू शाश्वत साहित्यिक मूल्ययुक्त छन् । वर्तमान युगका बौद्धिक समस्याहरूलाई निजात्मक र नवीन ढााचामा प्रस्तुत गरिएका उनका निबन्धहरू न्ोपाली साहित्यका अमर रचना हुन् । नेपाली निबन्धजगत्का यस किसिमका अमर स्रष्टा लामिछानेको निबन्धकारिता एवं उनको चर्चित निबन्धरचना एब्स्ट्रयाक्ट चिन्तन प्याजको विश्लेषण गर्ने सन्दर्भमा यस समालोचनाको विषयप्रवेश भएको हो ।

एक न एकदिन

  • by

बिशतोष्ण यामका दुर्लभ घामहरू छोडाएर
ठोसिरहेछु अगेनु, सौदमिनि सल्काउन ।
हामीलाई चिसमिरो अकारोमा बाधेर
हाम्रा रुघिरहरू मधुमह बनाएर चाट्ने चमेरो

शान्ति नायक

  • by

विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ
आफ्नो मातृभूमिको पहिचान गरायौ
विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ
शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ

नया वर्षका मतहरू

  • by

खोज्दै गन्तव्य शिखर
बाढी मानिसको उर्लियो
पहाड मैदानको सङ्गममा
लागेको दाग मेटाउन
निर्णायक आवाज बज्रियो ।
शान्त नदी विश्वासको प्रवाहमा ।

मृत्युत्सव

किन भोगिरहेछौ हामीले
जताततै मृत्यु-मृत्यु जिन्दगीहरू.
किन बाचिरहेछौ हामीले
जताततै मृत्यु-मृत्युका जिन्दगीहरू
एकोहोरो स्यालहरू हासेका बेसुरा धुनहरू

साँढेको सिङबाट चुहेको दूध

  • by

मेरा आँखा अगाडि
बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट
अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन्
र मानव भीड पङ्क्तिबद्ध
दूधेरो बोकेर उभिएको छ
कसैका बाल्टीभरि दूध छ

स्मृति बिम्बका धर्साहरूसित

  • by

एउटा रोगी घामको
धमिलो बिहान र किरिङमिरिङ अनुभूति
यो कोठामा सबेरै छिरेर अचेल
मलाई गााजिरहन्छन् निरन्तर,
खोतलखातल पारेर मलाई
पोखिरहन्छन् जतासुकै

कोट

  • by

मेरो नाम सुराज हो । तपाईं सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आफ्नो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्यो । मेरा नजिककाहरू मलाई ‘सु’ भन्छन् । कहिलेकाहीं त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो उठ्छ । मान्छे म भावुक छु र हाल सत्ताइसको भए ।

कार्यालय सरेको सूचना

कोठा ठूलो र फर्निचरले खचाखच भरिएको थियो । पिएको टेबुलबाहेक सबै कुर्सी पर्याप्त सङ्ख्यामा थिएन, ‘कतै कुर्सी खाली भए बस्नु हुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो । कहिले भीडसाग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसाग मन्त्री कक्षको भित्र बाहिर, कहिले फोन र टिपोट । पिए थियो अत्यन्त व्यस्त । भीड थियो पालोका लागि आतुर । एघार बजेदेखि पालो पर्खेर बसेको रामानन्द शुक्लको पालो आउन दुई बज्नुपर्‍यो ।

भाग्य

  • by

पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड किशोर यसरी सुकुम्बासीबाट महलवासी हुन पुग्लान् तर यथार्थ यही थियो । सत्य यही थियो ।

मसली भाउजू

असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ । आफ्नो घरमा दुहुना गाई/भैँसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ ।

म सपनाको रङ च्यातिदिन्छु

  • by

म सपनाको रङ च्यातिदिन्छु
रक्तरञ्जित हुदै सपना
भुइमा पछारिन्छ
अथाह बेदनाले कराउदै
म विजयीभावले मुस्कुराउछु
परपीडकजस्तै ।

राष्ट्र बैङ्कको चेक

  • by

मर्ने मरे घाइते भई कोही ज्यूदै मरे यहा
तिनैको रक्त-धाराले धर्ती रक्ताम्य भो यहा
तिनै बन्दुक भई पड्की राजतन्त्र ढल्यो यहा
तिनैको रक्त सिञ्चेर गणतन्त्र फल्यो यहा ।

लक्षुमनीया !

  • by

साझको जून टिपेर आखामा
अभावको घोप्टेभिर नाघ्दै
तिमी फूल्ने फाटतिर म झरेको रात
चमेलीका फूल सिउरेर टाउकाभरि
कस्तरी फक्रिएकी थियौ तिमी
जूनेली भएर सेताम्य फाटभरि
लक्षुमनीया ! म सम्झिरहेछु ।