Skip to content

मधुपर्क

नदीकिनारमा

  • by

‘धत् ! तिमीसँग बिहे गर्दिनँ।’

‘के भन्छे यो ? नुहाउन थालेको तीन महिना भैसक्यो ! बिहे नगर्ने रे ! मजस्तो राम्रो तन्नेरीसँग गर्नैपर्छ बिहे।’

स्यालको हुइय्याँ

  • by

उनले एउटा सुन्दर कविता लेखेर तत्कालीन मूर्धन्य कविलाई देखाए। मूर्धन्यले नाक खुम्च्याएर भने –’यसमा परिस्कारको अभाव छ।’

उनले एउटा अर्को कविता लेखे र यसपटक अर्का क्रान्तिकारी वरिष्ठ कविलाई देखाए। वरिष्ठले भने- ‘यसमा प्रगतिशीलताको शून्यता छ।’

भुत्ते हतियार

  • by

ऊसित चमचम चम्कने धारिलो खुकुरी छ। ऊ त्यसलाई हरदम बोकेर चोक, गल्ली र टोलबजार घुम्ने गर्छ। ऊ बाटोमा हिँड्दा पनि कुनै हिंस्रक जन्तुझैँ फर्कीफर्की यताउति घुर्दै घुर्दै हिँड्ने गर्छ। उसको कुरा नसुन्ने, उसलाई नमान्ने जोसुकैलाई पनि ऊ भेटेकै ठाउँमा अँठ्याउँछ। त्यसैले टोलबजार छरछिमेकका सबै ऊसित सतर्क छन् र उसको सामु पर्नासाथ अदबपूर्वक नमस्कार गर्छन्। ऊ जहाँबाट गुज्रन्छ त्यहाँ करतलध्वनि बज्छ। स्वस्तिको लहर चल्छ।

नचढेर भेटिएको सगरमाथा

  • by

हो, मैले सगरमाथा चढिन तर मेरो हृदयले सगरमाथालाई छोयो । हो, यस्तै लाग्यो मलाई । जब म हिमाली दृश्यहरूको अवलोकन उडानबाट अवतरित भए । त्रिभुवन विमानस्थलमा रोकिएको बुद्ध एयरको विमानबाट ओर्लन लाग्दा सुन्दरी एयर होस्टेजले अभिवादन गर्दै प्रमाणपत्र दिएको थियो । सगरमाथा नजिकै बुद्ध एयरको विमानको फोटोसहितको प्रमाणपत्र ।

लोकतान्त्रिक छलफल

  • by

ईश्वर छ, ईश्वर छैन । यो राम्रो छ, यो राम्रो छैन । यो जाति हो, यो जाति होइन । यो सबभन्दा काम लाग्ने र महìवपूर्ण कुरो होइन । हाम्रो मानव जीवनको इतिहासमा यस्ता पक्ष दिइएका कुराहरू, वादविवादका कुरा, मनपर्ने र नपर्ने कुरा परापूर्वकालदेखि चल्दै आएका छन् । आज पनि वर्तमानमा चलेका छन् र पक्का छ यस्ता मतभिन्नता, वादविवाद र पक्षविपक्षका कुरा भोलिका दिनमा पनि चलिनै रहनेछन् । यस्ता कुराले हाम्रो मानव जातिलाई के फाइदा गरेको छ वा क्षति गरेको छ ? यस प्रश्नको उत्तर पनि दुई किसिमकै छ र वा हुन्छ भन्ने देखिन्छ ।

महाकविको शतवाषिर्की

  • by

“शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्दिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीको निमित्त लेख्दिन, लेख्दछु लेख्नुको निमित्त र आˆना बिचार, मानवहरूलाई सकभर सच्चा प्रकाश गर्नाको निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेतभावले मनुष्यको कला विग्रन्छ । मनै तीन भाषाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ?”

महाकविका अन्तिम क्षणका साक्षी

  • by

“श्रेष्ठजी ! तपाईंको घर नजिक अस्पताल भएको कुरा सुनेको छु, डाक्टरहरूसँग तपाईंको हेलमेल राम्रै होला । मलाई कतैबाट चार ग्रेन मफिर्न अथवा पोटासियम साइनेड ल्याइदिए म तपाईंलाई जीवनको सच्चा साथी सम्झने थिएँ र तपाईंको सहयोग म सदा सम्झिरहने नै छु पनि ।”

ओसेगाको सपना

  • by

“विश्व शान्तिका लागि आˆनो जीवन बलिदान गर्ने हाम्रो बहादुर साथीहरूप्रति स-सम्मान गर्वले शिर झुकाउँदै प्रण गरौँ, शान्ति स्थापना गर्ने महान् यात्रामा निर्भीक भएर निरन्तर अघि बढिरहनेछौँ ।” फोर्स कमाण्डरले करुणा र साहस भरिएको स्वरमा प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सबैमा उत्साह भर्ने प्रयास गर्‍यो ।

शोकमग्न यात्रा

  • by

केही समयभित्रै बनेपा पुग्छौ र सबै एकै ठाउमा भेला हुन्छौ । म घडी हेर्छु साढे बाह्र बजेको हुन्छ । छवटा मोटरसाइकल एकैचोटि हुइकिन्छन् । हामीमध्ये कोही अगाडि-पछाडि पर्छौ । अब कुनै डर थिएन । कोही छुट्टहिल्ला कि भन्ने पीर पनि छैन । बाइक प्रतियोगिताजस्तै हुन्छ । यसमा पनि आफ्नै मज्जा छ ।

रहरै रहर

  • by

रहर नै नभएको, कुनै रहर नै नपाल्ने मानिस संसारमा कोही होला कि ? केही रहर नबोक्ने, कस्तै रहर नसाँच्ने, कत्ति पनि रहर नपाल्ने, कहिल्यै नरहराउने मानिस कोही होला कि ? यस्तो रुमानी कल्पनामा हठात् डुबुल्की मार्दा पनि मन पुलकित भएर आउँछ, हृदय रोमाञ्चित भएर जाग्छ । किनभने जम्माजम्मी तीन अक्षर मिलेर बनेको रहर शब्द उच्चारण गर्दा जति मीठो लाग्छ, सुन्दा उत्ति नै प्यारो अनुभूत हुन्छ । यो आफैँमा सरल छ, सपाट छ, सुस्पष्ट छ ।

सल्सब्री र स्टोनहेन्जले लोभिएकी म

  • by

संसारका सात आश्चर्यमध्येको एक आश्चर्यलाई बेलायतले पनि आˆनो छातीमा सजाएको रहेछ । आˆनो देशमा रहेको त्यस्तो आश्चर्यमयी वस्तुको बेलायतजस्तो देशले विज्ञापन नगर्ने त कुरै भएन । आˆना तिनै विज्ञापनद्वारा नै उसले संसारभरिका पर्यटकहरूलाई त्यो वस्तु हेर्नका लागि कौतुहल जगाएको छ । अनि संसारभरिका लाखौँ पर्यटकहरूलाई आˆनो देशमा आउने तुल्याएको छ ।

बहुभाषाका ज्ञाता देवकोटा

  • by

लक्ष्मीप्रसाद देवकोटा नेपालको इतिहासमा अत्यन्तै गरिमामय ऐतिहासिक राष्ट्रिय व्यक्तिका रूपमा प्रतिष्ठापित छन् । पाँच दशकको जीवनावधिमा उनले आर्थिक विपन्नता, गरिबी, अभाव, विभिन्न शारीरिक र मानसिक पीडाकाबीच रहेर पनि नेपाली जनताको चेतना जगाउने, नेपाली शिक्षण संस्था स्थापना गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने, शिक्षण गर्ने, सम्पादन गर्ने पाठ्यपुस्तक तयार गर्ने जागिरे लेखकको रूपमा, राजनीतिक क्रान्तिमा सामेल हुने, सल्लाहाकार सभामा विपक्षी दलको नेता हुने, शिक्षा तथा स्वायत्त शासन मन्त्रीसम्म हुने जिम्मेवारी बहन गरे ।

वास्तविक रूप

  • by

बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो ।

महाकविको गोप्य तमसुक

  • by

म केटाकेटी छँदा पिताजीको कोठामा बेलाबेलामा उहाँका समकालीन साथी-सङ्गातीहरूको जमघट भएको देख्दथेँ । त्यहाँ आउने व्यक्तिहरू को हुन् ? के गर्छन् ? भन्ने चासो हुँदैनथ्यो । सात-आठ वर्षको भएपछि मात्र मैले ती पाहुनाहरूको महìवबारे अलिअलि जानकारी पाएँ । एकजोर व्यक्ति प्रायः सँगै आउने गर्नुहुन्थ्यो । तिनलाई पिताजी ‘साहिँलाबाजे र काहिँलाबाजे’ भन्नुहुन्थ्यो भने उहाँहरू चाहिँ पिताजीलाई ‘पण्डितजी’ भन्ने गर्नुहुन्थ्यो । यसरी मैले पनि ती दुई व्यक्तिलाई त्यसै रूपमा चिनेँ ।

प्रतिविम्ब

  • by

विदेशी दातृसस्थाले आवश्यक रकम संगै दानमा दिएको ऐना आएदेखि त्यस कार्यालयका कर्मचारीहरु असहज महसुस गर्न थाले । कार्यालय भवनको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै देखिने ठूलो पूर्णकदको ऐनाले हरेकलाई आकर्षित गर्दथ्यो । सुन्दर कलात्मक बुट्टाको फ्रेम भएको ऐना आफैमा पनि उत्तिकै आकर्षक देखिन्थ्यो । ऐना छेउ भएर जति नै पटक ओहोर-दोहोर गर्दा पनि नहेरुँ भन्दा-भन्दै ऐना नहेरी मन मान्दैनथ्यो ।

मैले चोरसित दर्शन सिके

आखिरमा मैले चोरसित दर्शन सिके । ठूला-ठूला महापण्डितहरू, मीठो खाएर रातापिरा र मोटाघाटा भएका अनि राम्रा लाएर चिटिक्क परेका सभ्य मान्छेहरू कसैले बुझाउन नसकेको दर्शन एउटा अपठित व्यक्तिले बुझाइदियो ।

रक्सीको मात

  • by

मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ ।

‘दोभान’ महाकाव्यमा प्रकृति-चित्रण

  • by

भरतराज पन्त शास्त्रीय छन्दका सिद्धहस्त कवि हुन् । उनले वाणिर्क वृत्तमा आधारित दर्जनौ सुन्दर काव्यकृति नेपाली रसिक पाठक समाजलाई दिएका छन् । अनुवाददेखि लिएर मौलिक, फुटकरदेखि लिएर काव्य-महाकाव्यसम्मका रमणीय रचनाले नेपाली काव्य-जगत्लाई साधु-अवदान दिने कवि पन्तको रचना-कौशलले आˆनो दीर्घयात्रा तय गरेको छ ।

साहित्यमय बन्यो वाराणसीको यात्रा

  • by

एउटा सुन्दर, निष्कलङ्क वा वेदाग नाबालकको अनुहारमा अनुवाद भएर वाराणसीको बिहानी थपक्कै टासियो मेरा अबोध आखामा । मैले सुखद अनुभूतिका मुस्कान वरिपरि छरे वाराणसीको आगनभरि । डिसेम्बर २८, २००६ को बिहान साच्चै अलौकिक बिहानीजस्तै लाग्यो मलाई ।