Skip to content


विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ
आफ्नो मातृभूमिको पहिचान गरायौ
विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ
शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ
प्राणीमात्रको चिन्तन गर्ने
शीतल छहारी भएकाछौ
शरीर आफ्नो बाजी लगाई
बुद्धत्व प्राप्त गरेर मोक्षको बाटो पहिल्यायौ ।
सौम्य तिम्रो मुहारमा कान्ति चम्किरहेछौ जताततै
एसियाकै नाम उच्च राखी मातृभूमि चम्कायौ
धन्यको कोख मायादेवी जीवन रक्षक जन्मायौ
लुम्बिनी भयो पवित्र धाम जीवन रक्षक जन्माई ।

-बानेश्वर, काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *