नेपाल साप्ताहिक
टीपु सुल्तानको रूख
आपनो जीवनमा धेरै यात्रा त गरेको भन्न सक्दिनँ म, त थोरै भए पनि अविस्मरणीय यात्रा भने गरेको छु । सबभन्दा बढी भारत गएको छु, निजी र समाहोरात्मक दुवै प्रकारले । विभिन्न भ्रमणहरूमा सधैँ विविधता पाउँछु भारतमा ।
धेरै समयअघि भारतको एक अविस्मरणीय साहित्यिक यात्रा गर्ने अवसर पाएको थिएँ । त्यसमा मैले ठूल्ठूला साहित्यिक व्यक्तित्वहरूसित हिँड्न पाएको थिएँ । त्यही मेरो ठूलो उपलब्धि भयो, जुन आज पनि मेरो मानसपटलमा सम्झनाका रूपमा सुरक्षित छ ।
प्राज्ञिक जीवनको मोड
एकदिन म अमेरिकाबाट फर्किएकी एक आफन्तलाई लिन एयरपोर्ट गएको थिएँ । यो सन् १९८५ को कुरा हो । उहाँलाई घरमा ल्याइपुर्याएर आफ्नो मोटरसाइकलमा विभागतिर लागेँ । विभागमा मेरा एक जना गुरु मलाई कुरिरहेका रहेछन् । उनी कीर्तिपुरमा विभागीय प्रमुख भएर प्रवेश गरेका रहेछन् । डीनले आफ्नो पदावधि समाप्त हुनुअगाडि उहाँलाई कीर्तिपुरमा विभागीय प्रमुख बनाएर पठाइदिएका थिए । यो मेरा लागि एउटा ठूलो विस्मात् थियो । सन् १९७८ देखि केन्द्रीय विभागमा विभागीय प्रमुखका रूपमा पूर्ण समर्पण र इमानदारीसाथ काम गरेको थिएँ । मबाट कुनै गल्ती भएको थिएन । मसँग एक शब्द पनि नसोधी बिनाकारण मलाई विभागीय प्रमुखबाट हटाइएको थियो ।
प्नान्कटन र पठारहरू
एक जना मित्र नौ वर्षको अन्तरालमा भेटिँदा उनले उत्साहित भएर आफ्नी विदेशी प्रेमिकाका बारे बताएका थिए । कसरी एउटै विदेशी परयिजनामा उनीहरूको भेटघाट भएको थियो, कसरी उनीहरू एकआपससँग नजिकिए । उनीहरूका दृष्टिकोणमा समानताहरू भेटिन थाले र साथै जीवन बिताउने निर्णय गरे भन्नेबारेमा उनले उज्यालो अनुहार लगाएर बयान गरेका थिए । एक वर्षदेखि उनीहरू सँगसँगै बसिरहेका रहेछन् । यति लामो अवधिमा आफ्नो बीचमा कुनै समस्या नभएको हुनाले औपचारकि रूपमा विवाहबन्धनमा बाँधिने कुरा पक्कापक्की पनि गरसिकेका रहेछन् । मोबाइलको मेमोरी कार्डमा अट्नेजति फोटोहरू पनि उनले राखेका थिए । कुन फोटो कुनबेला कहाँ कसरी खिचेको भन्ने पनि उनलाई मुखाग्र थियो ।
क्लिष्ट कविता, सरल व्यक्तित्व
टक्क इस्त्री लगाएको कालो सुट, पोलिस गरेको टलक्क टल्कने कालो जुत्ता, सुन्दर ढंगले बनाएको कालो कपाल, पातलो कालो फ्रेम भएको चस्मा, सेतो सर्ट, घाँटीमा धर्के टाई र दाइने हातमा सल्किरहेको चुरोट, अंग्रेजी मात्र बोल्न मन पराउने, यस्तो थियो कवि मोहन कोइरालाका कविताहरू पढेर उहाँलाई नभेट्दै मैले आफ्नो मनमा बनाएको उहाँको तस्बिर ।
सायद म काठमाडौँमा टी एस इलियटको अर्को रूप हेर्न चाहन्थेँ ।
इतिहासको साक्षी तस्बिर
देश र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने महान् व्यक्तिहरूका जीवनगाथा र राणाविरोधी संघर्षका क्षणहरू सुन्दै जाँदा ममा क्रान्तिकारी भावना बढ्दै गएको थियो । विसं १९९७ को घटनाले त मेरो जीवनमा ठूलै हलचल र परविर्तन ल्याइदियो । त्यसपछि मैले मनमनै आफूलाई राणाविरोधी क्रान्तिकारी मोर्चामा संलग्न गराउने निधो गरेको थिएँ । मेरा दाइ चित्रबहादुर केसीलाई नेपाल प्रजापरष्िाद्को काण्डमा काठमाडौँ उपत्यकामा आउन नदिने गरी डाँडा कटाइएको थियो । यस घटनाले पनि मलाई क्रान्तिकारी मोर्चामा संलग्न हुन उत्प्रेरति गर्यो ।
अब रोयल्टी संकलन युद्धस्तरमा
“धेरै माया दिँदा रै’छन् …।” ललिता कुँवरको गीत र अर्जुन नेपालीको संगीतमा स्वरूपराज आचार्यले गाएको यो एउटै गीत ८० हजारभन्दा माथिल्लो संख्यामा ‘डाउनलोड’ भइरहेछ । आनन्द अधिकारीका बास्ना एल्बमका सबै गीतहरू गन्ती गर्ने हो भने एक लाख नाघ्ने उनले हिसाब निकालेका छन् । ‘नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई’ अञ्जु पन्तले गाएको यस गीतलाई पनि ५० हजारभन्दा बढी नै ग्राहकले आफ्नो मोबाइलमा भरे ।
त्यो रोमाञ्चित विगत
नेपालमा बीपी कोइरालाजस्तो दूरदर्शी अर्को नेता नै जन्मिएन । त्यसबेला पनि नेतृत्वप्रति चर्को वितृष्णा हुँदा बीपीप्रति कसैको कुनै गुनासो थिएन । नेतृत्वका अन्य सदस्यको विरोध गरे पनि बीपीको सबै तारिफ नै गर्थे । बीपीकै कारण दुई कांग्रेस एक भए, साथसाथै अन्य सानातिना पार्टीहरूलाई पनि उहाँले मिलाएर लैजानुभयो ।
जय शम्भो, ख्याक्क थुऽऽ !
उहाँको छिमेकमा विगत केही वर्षदेखि बसेको छु म । बडो धार्मिक तथा समाजसेवी प्रवृत्तिको मानिस होइसिन्छ उहाँ । उहाँलाई ‘हुन्छ’ भन्यो भने आफू पाखे हुने खतरा भएकाले ‘सिन्छ’ लगाउन म बाध्य छु । ‘सिन्छ’ समूहका शब्दहरू प्रयोग गर्दा मलाई आफू मरेजस्तै लाग्छ । उहाँसँग भेट भएपिच्छे म मर्ने गर्छु र उहाँसँग छुट्टएिपछि फेर िबाँच्छु । समाजमा बाँच्न यसरी बेलाबेलै मर्न पनि तयार हुनुपर्ने रहेछ । कसैले उहाँलाई ‘तपाईं’ समूहका शब्द प्रयोग गरेर सम्बोधन गर्यो भने उहाँ त्यसलाई तुरुन्तै पाखेको पगरी गुथाइदिनुहुन्छ । त्यसपछि ऊसँग दुइटा विकल्प बाँकी रहन्छन्, उहाँसँग संगत गररिहने हो भने आफू मर्ने, होइन भने दोस्रोपटकदेखि उहाँलाई कतै देखे वा भेटे नचिनेको अभिनय गर्ने ।
नेपालकी छोरी नेपाली
रातभर िढोकाबाहिर सडकमा छरपस्ट दूधका प्लास्टिकहरू कनीकनी पपगीत गाइरहे । तेलको खाली प्लास्टिकले लोग्ने ढिला घर आउने प्रवृत्तिको गुनासो गररिह्यो । औषधिको खाली सिसीले बिरामीलाई सम्झाइरह्यो, रक्सीका सिसीहरूले मदिरा बिक्रीमा लगाइएका नियमावलीविरुद्ध नारा लगाइरहे । कालो पोलिथिनको झोलामा बाँधिएर फ्यालिएका तरकारीका अवशेषहरूले घरका बाँडफाँटका छलफल गररिहे । चुरोटको बट्टाले विद्यार्थीहरू अनुशासनहीन भएको गुनासो सुनाइरहे । च्यातिएको किताबका पानाले शिक्षकको योग्यताको प्रश्न उठाइरहे । मसला र बेसार पुछेर कच्याककुचुक पारएिको पत्रिकाको पानाले फोटोग्राफरसँग ब्लो अपका लागि युवतीको उत्तेजक फोटोको माग गररिह्यो । गाँठो पारेर बाटोमा फ्याँकिएका पौरुषताको पोकाहरूले एड्सको सेमिनारमा निम्तो नपाएकामा आयोजकहरूको भत्र्सना गररिहे ।
पुरेतको भेषमा बीपी र कृष्णप्रसाद
बीपी कोइरालाको पहिलो काठमाडौँ आगमन र उहाँसँग जोडिएका केही रमाइला प्रसंग मेरो स्मृतिपटमा ताजै छन् । कृष्णप्रसाद भट्टराईलाई साथ लिएर बीपी काठमाडौँ आउँदा उहाँहरूलाई भूमिगत राखेर सुरक्षाको बन्दोबस्त मिलाउने काम तत्कालीन नेपाली कांग्रेसका ‘कोरग्रुप’का सदस्यका अतिरिक्त संगठन विस्तारमा लागेका हामीहरू जस्ताकै थियो ।
सबैभन्दा ठूलो आश्चर्य
युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ
हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक भिन्न पारामा । त्यहाँ यमराज एउटा दूतलाई सजाय स्वरूप तीन सत्य जानेर आउन मत्र्यलोक पठाइदिन्छन् । तीमध्ये एउटा थियो, मानिसलाई आफ्नो मृत्युकाल थाहा नहुने वास्तविकता । कथामा यमदूत पछाडि लागिसकेको एउटा सेठलाई उत्साहपूर्वक विवाहको तयारीमा मस्त देखाइएको छ ।
जे महेन्द्रलाई थाहा दिइएन
“दुई कांग्रेस मिल । नेतृत्वका लागि विभाजित नहोओ । म तिमीहरूलाई जस् तो पनि सहयोग गर्न तयार छु ।” तत्कालीन राजा त्रिभुवनले मलाई भेट्नासाथ भनेको पहिलो वाक्य यही थियो । “म देश र प्रजातन्त्रका निम्ति ज्यानको आहुति दिन पनि तयार छु ।” बडो भावुक हुँदै त्रिभुवनले भनेका यी वाक्य सम्झँदा मलाई अहिले पनि कताकता मन चसक्क घोच्छ । अहिलेको राजनीतिक परिवेश र स्वयं नेपाली कांग्रेसकै अवस्था देख्दा पनि नरमाइलो मात्र होइन, मनै दुखेर आउँछ ।
