Skip to content

नेपाल साप्ताहिक

कर्णालीहरूको शृंखलामा

  • by

कर्णाली दक्खिन बग्दो छ भन्ने नाटकको ह्याङ्ओभर दिमागैमा थियो । एउटै देशभित्र पनि कुनै समूह आफ्नै र कुनै समूह पराई भएको तीतो यथार्थले मन-मस्ितष्कलाई नराम्ररी झक्झक्याइरहेको आफूले अनुभव गररिहेको थिएँ । सँगै हिँडिरहेको कुनै अर्कोले राम्रा लुगा लगाएको छ भने पनि डाहा थियो । कणर्ालीका बासिन्दाले सोच्न सक्छन् कतै अरूले लगाएका लुगामा तिनले सरकारलाई तिरेको कर पनि परेको होला र उनीहरू आफू भने नांगै रहनुपरेको छ । लौ लुगासम्ममा नभए पनि राजधानीमा गुड्ने सरकारी इन्धन खपत गर्ने गाडीका धूवाँका प्रत्येक कणकणमा मुगुको दुर्गम गाउँमा जन्मेर अरू केही सुविधाको नाकमुख नदेखेको र त्यहीँ मर्न तयार भएको प्रतिनिधि पात्र पुन्नबहादुर विश्वकर्माको रगत-पसिना परेको हुनसक्छ ।

ती साहसी महान सहिद

  • by

विसं १९६२ सालतिर हुनुपर्छ, चन्द्रशमशेरको पालामा सिंहदरबारको एउटा महासभामा शुक्रराज शास्त्रीका पिता माधवराज जोशीलाई शास्त्रास्त्रका निम्ति निम्त्याइको थियो रे ! उनले त्यहाँ मूर्तीपूजाको विपक्षमा आफ्नो विद्वतापूर्ण मत राखेछन् । त्यसपछि त के थियो, उनीमाथि त्यहीँ मारपिट भयो । रगताम्य पारयिो । त्यतिले नपुगेर उनलाई सहर घुमाई दुई वर्षको कैद तोकी जेल हालियो । उनका अनुयायीलाई पनि सजाय भयो । केहीलाई त वर्षदिनसम्म पशुपतिनाथ मन्दिरको दर्शन गरी चन्दन लगाउने सजाय पनि सुनाइएको थियो रे !

सिउँडीको जंगल

  • by

आकाशको नीलो चँदुवामा टाँगिएका
एक मुट्ठी निस्तेज ताराहरूसँग
म के बात मारुँ ?
चीसो शीतमा निथ्रुक्क भिजेको
अधमरो बताससँग
म कसरी अभिसार गरुँ ?

फेरि एउटा युद्ध र प्रेम

  • by

केही वर्षअघिको कुरा हो । दिनको मध्याह्न हुँदै थियो । छापामार शिविरमा बेग्लै प्रकारको वातावरण थियो । शिविरमा आयोजित एक समारोहमा छापामारहरू जम्मा भएका थिए, समारोह पार्टी प्रशिक्षणको भने थिएन । सशस्त्र युद्धमा बीजारोपण भएको, हुर्किएको र फुलेको प्रेमले पूर्णता पाउँदै थियो त्यसदिन । त्यहाँ विवाहका लागि तयार भएकाहरूमा नयाँ उमंग र जोस मौलाएको देखिन्थ्यो ।

हाँसीहाँसी मृत्युवरण

मेरो जिजुबुबाको ल्याइतेपट्टिकी फुपू जुलियानासँग दशरथ चन्दको मायापिरती बसेको कुरा सुनेको थिएँ । तर, त्यतिबेला सबै थाहा पाउने कुरै भएन । किनभने, म नौ-दस वर्षको केटाकेटी नै थिएँ । दशरथ चन्दले रामनगरबाट वन विभागमा जागिर खाएको कुरा उल्लेख गर्दै मेरो बुबालाई चिट्ठी लेखेपछि भने उहाँले सबै कुरा खुलस्त पारिदिनुभयो । त्यसपछि मात्र हामी सबैले उनको मायापिरतीका बारेमा औपचारिक थाहा पायौँ ।

संविधान लेखिदिनू है !

  • by

कहिल्यै, कहिल्यै पनि
अभावबिनाको जीवन नदेखेका
मेरा पुर्खाहरू जिजुबाजे र बराजुहरू
जो सधँै
तिम्रै हलो जोत्दाजोत्दै
रगत छादेर मरे वा गानो दुखेर मरे
त्यसैले पनि गुनको बदला गुन
मुखिया हाम्रा छोरानातिले
सुख पाउने संविधान लेखिदिनू है !

नरभूपाल जन्माउने कसरत

  • by

संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ पैसावालहरूले तय गर्ने हुनाले तिनको छनोटमा प्रतियोगिताका लागि प्रायः सुन्दरहरू कमै पर्ने गरेका छन् । यद्यपि, सुन्दरहरूका लागि पनि केही बजारमुखी प्रतियोगिता हुँदै नभएका चाहिँ होइनन् ।

बेहोस पारेर झुन्ड्याइएछ

मुमा पहिले नै बित्नुभएको थियो । म तीन वर्षको हुँदा बुबा -धर्मभक्त माथेमा) पनि मारनिुभयो । म अबोध बालिकालाई बुबालाई किन र केका लागि मारयिो, थाहा हुने कुरै भएन । माहिलो बुबा ध्रुवभक्तले सुनाउनुभएको जति कुरा मात्र थाहा पाएँ ।
माफी मागे बुबा छुट्नुहुन्छ भन्थे । फुपूकी छोरीले किन माफी नमागेको भनेर उहाँलाई सोध्नुभएछ । तर, बुबा त्यस मामिलामा कडा हुनुहुन्थ्यो । उहाँले भन्नुभएछ, “हामीले राजाका निम्ति काम गरेका हौँ, प्रजातन्त्रका निम्ति काम गरेका हौँ । के बिराएका छौँ र माफी माग्ने ?”

(शहिद धर्मभक्त माथेमाकी छोरीको संस्मरण)

तीतो सत्य

  • by

जीवनका लामा बाटाहरूमा यात्रा गर्दा जिम्मेवारी र कर्तव्यपूर्ण मोडमा कतिले खुट्टा कमाएर बाटो बिराए, कतिले बाटो हिँड् नेहरूलाई झुक्याएर छिर्के हाने र कतिले यस्ता विषम-यात्रालाई निर्भयपूर्वक गन्तव्यको किनारसम्म टेकाउन सक्षम भए ? पुरानो कालखण्ड हुँदै झन्डै एक दशकअघिसम्मको नेपाली साहित्य, कला र राजनीतिक फाँटको वृत्तान्त वर्णन गरेका छन्, इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म मा ।

हामी आविष्कारक हौँ अन्धकार युगको

  • by

‘फटाहाका गलामा माला सुहाउँदैन’
‘दुर्जनलाई सम्मान कहिल्यै गर्नुहुँदैन’
‘श्रोता बन्नु सधैँ असल गुरुको’
‘खराबहरूको संगत गर्नुहुँदैन’
पुर्खाले सिकाएका यी सत्वाणीहरू

अनायक नागरिक

  • by

कथा कसैका लागि ?
साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, कथाको कुनै विषय नै भेटिनँ । दिक्दार भएर फर्किएँ कोठामा । कोठामा कहाँको कथाको प्लट भेट्टिइयोस् !

भोलेनाथ-पार्वती संवाद

  • by

“केभएको प्राणनाथ ?” माता पार्वतीले सोध्नुभो, “कैलाशमा किन हल्लीखल्ली !
“हल्लाइदा कपीदेखि डालीका जामुनाहरू । ” आराध्यदेव पशुपतिनाथले भन्नुभो, “शब्द भो पानीमा खस्दा बुलुबुलु बुलुबुलु !”
“त्यसो मात्र हो र प्राणनाथ ?” माता पार्वती थप जिज्ञासु हुनुुभो, “कपी क्रीडाकै कारण श्लेषमान्तकको शान्ति खलबलिने गरी यो होहल्ला भएको हो त !”

कविशिरोमणिको दारी रहस्य !

  • by

कवि शिरोमणि र मेरा पिता सोमनाथ घिमिरे व्यासको सम्पर्क एउटा अनौठो संयोगबाट हुन पुगेको थियो । त्यही संयोगले नै रामेछापको एउटा दुर्गम गाउँका पहाडिया पण्डितको परिवारलाई काठमाडौँमा बसोबास गर्ने अवसर जुरेको थियो ।
रामेछापको ठोसे भाषा पाठशालाका शिक्षक मेरा पितालाई आफ्नै गाउँ गहिराथोकका नरबहादुर खत्रीले जग्गासम्बन्धी मुद्दा हालेछन् । त्यही मुद्दाको तारेखमा १९९८ सालमा काठमाडौँ आएर रामेछापकै सुंदारपानी गाउँका कप्तान तेजबहादुर कार्कीको गहिरीधारास्थित घरमा बस्नुभएछ मेरा पिता । त्यसैबेला श्री ३ भीमशमशेरकी बुहारी जर्नेल रामशमशेरकी पत्नी समुद्रकुमारी राणाले टंगाल दरबारमा पुराण लगाउने भइछन् । पण्डित ब्राह्मणहरूको खोजीका क्रममा तेजबहादुरको सिफारसिमा पिता सोमनाथलाई त्यस पुराणमा बस्ने मौका जुरेछ ।

म त लालुप्रसाद भएँछु

  • by

निकै समयअघिको कुरो हो । म वीरगन्जबाट फर्केको थिएँ । एकदिन टुँडिखेलमा बसेर बदाम खाइरहेको थिएँ । जाडोयाममा घमाइलो दिनमा चउरमा घाम ताप्दै बदाम खानुको मजा नै अर्कै हुन्छ । केही साथीहरू पनि थिए । यस्तो चलन नै थियो । अझै पनि होला । त्यत्तिकैमा एउटा मानिस आएर उभियो । उसले सोध्यो, “कहिले आउनुभयो -”
मैले भनेँ, “पाँच-सात दिन भयो ।”

अवरुद्ध आशाबारीको धुन

  • by

उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तीर्ण गरिदिएको भए सायद उनी गायक पो हुन्थे कि – ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौं पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हिंडेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो ।

अब कहिले आउँछ्यौ नानू!

“तिमी पनि जान लाग्यौ नानू  !” बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधैं बस्ने उहाँको त्यही त एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो । यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ । त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो । शरीरभरि अनौठो तरङ्ग कुद्यो ।

बाहिर निस्कनासाथ च्याप्प

  • by

२०१७ पुस १ गते नेपाली काङ्ग्रेसको बैठकमा भाग लिन थापाथली जानु थियो । त्यसै अवसरमा गद्दी बैठक, जहाँ नेपाल ब्याङ्कको कार्यालय थियो, बाट केही रुपियाँ झिकौँ भनेर त्यसतर्फ लागेँ । ब्याङ्कबाट बाहिर के निस्किएको थिएँ, पक्राउ परिहालेँ । मैले अपराध केही नगरेको भए पनि काङ्ग्रेसको समर्थन गर्नु पञ्चायतमा काफी थियो । पछि थाहा पाएँ, मभन्दा अघि नै धेरै काङ्गे्रसी समर्थक-शुभेच्छुकहरू पनि समातिएका रहेछन् । राजा महेन्द्रले त्यसै दिन मन्त्रिमण्डल विघटन गरेर शासनसत्ता लिएका रहेछन् ।

जग्गा कसको जोत्नेको घर कसको पोत्नेको

  • by

‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको ।’ यो नारा मैले म सानो हुँदा नै मेरो बाको मुखबाट सुनेको हुँ । त्यसपछिका समयमा अलि सेलायो । पछि आफू पनि बा भएदेखि उही नारा घन्कन लागेको पाएको छु । भन्छन्, यो नारा त २००७ साले क्रान्तिदेखिको हो । शब्दालङ्कारको प्रयोगले नारा ज्यादै कर्णप्रिय बनाएको छ । छन्दोबद्ध कविता लेख्ने कुनै कविको राम्रो रचना हो यो ।