कर्णालीहरूको शृंखलामा
कर्णाली दक्खिन बग्दो छ भन्ने नाटकको ह्याङ्ओभर दिमागैमा थियो । एउटै देशभित्र पनि कुनै समूह आफ्नै र कुनै समूह पराई भएको तीतो यथार्थले मन-मस्ितष्कलाई नराम्ररी झक्झक्याइरहेको आफूले अनुभव गररिहेको थिएँ । सँगै हिँडिरहेको कुनै अर्कोले राम्रा लुगा लगाएको छ भने पनि डाहा थियो । कणर्ालीका बासिन्दाले सोच्न सक्छन् कतै अरूले लगाएका लुगामा तिनले सरकारलाई तिरेको कर पनि परेको होला र उनीहरू आफू भने नांगै रहनुपरेको छ । लौ लुगासम्ममा नभए पनि राजधानीमा गुड्ने सरकारी इन्धन खपत गर्ने गाडीका धूवाँका प्रत्येक कणकणमा मुगुको दुर्गम गाउँमा जन्मेर अरू केही सुविधाको नाकमुख नदेखेको र त्यहीँ मर्न तयार भएको प्रतिनिधि पात्र पुन्नबहादुर विश्वकर्माको रगत-पसिना परेको हुनसक्छ ।
