Skip to content

नेपाल साप्ताहिक

काला पर्वतहरूबीच तिमीलाई

  • by

आकाशको पल्लोछेउ हेर्दै, उनी बोल्थिन्,
हेर त ! फेरि जलेछ आकाश
फूलका वयहरूबाट तपतप झरेका
शीतहरू हत्केलाभरि राखेर
राती जलेको आकाशमा
एकाबिहानै मैले तिमीलाई देखेँ ।

दिवंगतका नाममा वारेन्ट

  • by

राजासँग मुठभेड गर्ने र विद्रोह गर्ने सोच नेपाली कांग्रेसको सुरुदेखि नै थिएन । बरु सधैँ नै राजाको पहुँच र प्रभावलाई सदुपयोग गर्ने थियो । कांग्रेसले पहिलो संसदीय निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउँदा आममानिसमा अब स्थिर सरकार बन्छ भन्ने आशा थियो । साथसाथै, बीपी कोइरालाबाट धेरै नै अपेक्षा पनि थियो । २०१६ जेठ १३ गते शपथ लिएपछि १४ गते दिउँसो सिंहदरबारमा बसेको मन्त्रिमण्डलको बैठकले आठ मन्त्री र ११ उपमन्त्रीको कार्यविभाजन गरी काम सुरु गरेको थियो । बीपीले त्यतिबेलै भन्नुभएको थियो, “मेरो नेतृत्वमा गठित मन्त्रिमण्डल राजा र प्रजा दुवैको विश्वासको पात्र तथा नयाँ व्यवस्थाको प्रतीक हुन गएको छ ।”

गणतन्त्रमा रमाएका राजा

  • by

टेलिफोनको एकोहोरो घन्टीले निन्द्रा खुल्यो । होटलको रिसेप्सनबाट उठ्ने संकेत दिइएको रहेछ । घडी हेरेँ, बिहानको साढे ६ बजिसकेको रहेछ । अघिल्लो दिनको लामो यात्राको थकाइले ओछ्यान छाड्नै मन लागेन । तर, साढे ७ बजे होटलबाट निस्किसक्नुपर्ने भएकाले विस्तारै उठेँ । पल्लो खाटमा दाजु प्रेम मल्ल मस्त निद्रामा हुनुहुन्थ्यो । उहाँको निन्द्रामोहलाई बुझेर उठाइहाल्न पनि मन लागेन । एकैछिन झ्यालमा बसेर टोलाइरहेँ ।

गोपाल हुँदा हुन् त !

  • by

गोपाल योञ्जन बितेको १३ वर्ष लागेछ । आजीवन नेपाली संगीतका नयाँनयाँ मोड र घुम्तीहरूको चिन्तनमा उनले सिर्जना गरेका आधुनिक संगीत र राष्ट्रिय गीतले उनलाई आज पनि सम्झाइरहन्छ ।
उनका सदाबहार संगीत सुनेर सम्मोहित नहुने पुस्ता छैन । आजको पुस्ता पनि उनको सिर्जनासँग पराजित छ । तर, गोपाल योञ्जन भन्ने व्यक्तिलाई चाहिँ आजको व्यस्तताले भुल्दैछ कि भन्ने अनुभव हुन थालेको छ ।

फज्लु भैया

  • by

फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै सम्झना आउँछ र सोच्न थाल्छु कि साधारणभन्दा साधारण मान्छेले कसैको जीवनमा कत्रो प्रभाव पारेको हुँदो रहेछ ।

प्रसंग अनेक, सोच एक

  • by

केही दिनअघि एक जना मान्छे माघको जाडोमा पनि बिहान सखारै उठेर भर्खर ढलान गरेको घरमा चिसो पानीको फोहोरा हाल्दै थिए । सँगै घरको छिमेकीलाई उनी गर्वका साथ आफूले बिहान ४ बजे उठेर पानी भरेको बताउँदै पनि थिए । वर्षौं मिहिनेत-पसिना बगाएर उनले बल्लबल्ल त्यो सानो घर ठड्याएका रहेछन् । आफ्नो बचेखुचेको जिन्दगी बित्ने, छोरा-नाति जन्मने र हुर्कने त्यो घर बलियो होस्, छाना नचुहियोस् भन्ने उनको सोच हुनु स्वाभाविक हो ।

सिंगो आकाशको अर्थ

  • by

“मैले सिंगो आकाश कहिल्यै पनि देख्न पाइनँ,” केही दिनअघि गीतकार तथा संगीतकार भीम विरागले कुरैकुरामा भन्नुभएको यो वाक्यले भित्रैसम्म नराम्ररी हल्लाइदियो । कुरा भाग लगाएर बेचेको खसीको मासुबाट सुरु भएको थियो । केही दिनअघि भीम विराग दाइलाई भेट्न गएका बेला निस्केको प्रसंग हो यो । उहाँलाई खसीको मासु मन पर्छ भन्ने थाहा भएकाले कुरैकुरामा मैले आफ्नो घरछेउमा भाग लगाएर बेच्ने खसीको मासुको प्रसंग कोट्याएको थिएँ ।

संस्कार, सुन्ने र पढ्ने

  • by

एक जना परिचितको पुर्ख्यौली घरमा गएको बेला अचानक धेरै पुरानो एउटा साहित्यिक पत्रिका फेला पर्न गयो। २०२१ सालमा निस्किएको तुवाँलो नामक त्यो मासिक पत्रिका प्रेम कोइराला र चैतन्य देवकोटको सहसम्पादनमा प्रकाशित भएको रहेछ। त्यो तुवाँलोको चौथो अंक रहेछ। त्यति पुरानो साहित्यिक पत्रिका देख्दा उत्पन्न भएको स्वाभाविक कौतुहलताले गर्दा सर्र पानाहरु पल्टाउँदा त्यसमा डा. परशु प्रधानको धारावाहिक उपन्यास, माधव घिमिरे र पारिजातको कविता जस्ता केही कृतिहरु रहेछन्।

लास रुङ्ने प्याज

  • by

पाइलैपिच्छे बास !
अचेल यो कुरा जताततै सुन्न पाइन्छ । हिँड्यो कि त्यो फस्यो । उठेका पैताला पुग्ने ठाउँमा सहजै पुगिहाल्दैनन् । जहाँ र जता पनि आग्लो र भड्खारोसँग मिल्नुपर्ने ।
सडक यात्रा अविश्वसनीय र त्रासद छ अचेल ।
कुनै भर र टुंगो नहुने यो देशको । कुनै ढुक्क र पत्यार नहुने यहाँको समाज । मानिस, समूह र समाजको कुनै अडान नहुने यहाँको ।
त्यसको किचाघानमा अरू पर्नुपर्ने ।

क्रान्ति राणाविरुद्धको

  • by

राणाहरू प्रजातन्त्रको नामै सुन्न चाहन्नथे । त्यस्तो अवस्थामा पनि विभिन्न राजनीतिक दलहरू आ-आफ्ना राजनीतिक एजेन्डासहित राणा शासनको विरोधमा सडक तताइरहेका थिए । विरोध र आन्दोलनका कार्यक्रम सार्वजनिक गररिहेका थिए । सायद त्यसैको प्रतिफल एक दिन राणा शासन गयो र प्रजातन्त्र आयो ।

सत्ते ! मन उदास छ

  • by

“ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ ।
गर्मीका यी उखरमाउला रातहरू जबजब छटपटीमा अनिँदै बित्छन्, तब मनमा अनेकौँ उडन्ते कल्पनाले डेरा जमाउँछन् । अचेल म यस्तै मनोदशाबाट गुजि्ररहेकी छु । ऊसँगको एसएमएस संवादले रातलाई अलिक छोट्याइदिएको छ ।

राणाकालमा सेना विवाद

  • by

नेपाली सेनामा राणाकालमा प्रशस्त विवाद र विभाजन थियो । गुटउपगुट त त्यसको विशेषता नै बनेको थियो । जब मुख्तियारीबाट जर्नेल-कर्णेल बनाइन्छ, त्यसो हुनु स्वाभाविक पनि हो । ज-जसले जुनजुन पदमा नियुक्त गरे, उनीहरू ऊप्रति अनुगृहित हुने नै भए । साथसाथै, जबजब सत्ता परविर्तन हुन्छ वा सरकार अप्ठ्यारोमा पर्ने अवस्था आउँछ, सेनामा पनि आफ्नो नेतृत्व स्थापित गर्ने होडबाजी चल्छ ।

अभियान कटुवाल संगीतको

  • by

हरिभक्त कटुवाल भन्थे, “हामीले हाम्रै माटो-ढुंगाको गीत गाएर अरूलाई आफूतिर तान्नुपर्छ ।”
भिपेन हजारकिा भन्छन्, “पहिला तिमी आफ् नै कल्चरलाई हेर, आफ्नै सभ्यताको गीत गाऊ । ”

बुझ्नेले कुरा नबुझेपछि

  • by

विसं २००७ को आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको भारत प्रवासको विषयलाई लिएर अनेकथरी अडकलबाजी र हल्लाहरू चले । साथसाथै, १९९७ सालको घटनाको विषयलाई लिएर पनि त्रिभुवनलाई बदनाम गर्ने कोसिस भयो । कतिसम्म भने, शुक्रराज शास्त्री, गंगालाल, दशरथचन्द, धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य र रामहर िशर्मालाई सजायको फैसला सुनाउँदा त्रिभुवनको सल्लाह लिएको र उनको समर्थन रहेको हल्ला चलाइयो ।

आँखाभरिको नाम्चेबजार

खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्‍यो र ७ः४५ मा हामीले यस आँगनलाई छोड्यौँ ।

गीतका आकाश

  • by

“केहुनुपर्ने मान्छे, के भएँ ?” उनी कस्थहिलेकाहीँ यो ७४ वर्षे उमेरको शिखरमा उभिएर आफ्नो जीवनको समीक्षा गर्छन् । अनि, आश्चर्य लाग्छ आफैँलाई । तर, नियतिको निर्णयका अघि मान्छे जाबोको इच्छाले मात्र कहाँ हुँदोरहेछ र ?
गीतकार, गायक, संगीतकार भीम विराग आफ्नो अतीतको लामो यात्रालाई बराबर फर्केर स्मरण गर्छन् । त्यस दिन, त्यो घटना नभएको भए सायद उनी राष्ट्रकै चर्चित खेलाडी हुनेथिए ।

मध्यरातमा म्यानहटन

मध्यरातमा म्यानहटन असंख्य जूनकीरीहरूको उज्यालोमा जगमगाइरहेको थियो । टाढाबाट हेर्दा बिजुलीका चिमहरू जूनकीरीझैँ प्रतीत हुन्थे ।
हिजो मात्र पूरै न्युयोर्कभरि हिउँ बर्सेको थियो । हिउँले सम्पूर्ण जमिनलाई ढाकेको थियो । म्यानहटनका गगनचुम्बी भवनहरू र चिल्ला सडकहरू पनि जाडोले कठ्यांग्रिएका प्रतीत भइरहेका थिए ।

तुलना खेल र राजनीतिको

  • by

खेलकुदले मानिसलाई स्वस्थ र तन्दुरुस्त राख्छ तर त्यसकै परिणाम स्वरूप जीवनको उत्तरार्द्धसम्म पनि स्वस्थ र तन्दुरुस्त भएको देख्दा छक्क लाग्छ । सानैदेखि राजनीतिमा लाग्दा कहिले ब्याड्मिन्टन त कहिले कुन खेलको सहारा लिएर पनि राजनीतिमा संलग्न भएँ । तर, फुटबलमा भने म राजनीतिक उद्देश्यभन्दा पनि खेल भावनाले उत्प्रेरति भएर लागेको हो । त्यसमा लागेर म खुबै रमाएँ पनि । सौहार्द्रता र मित्रताको अभूतपूर्व संगम हुँदोरहेछ खेल क्षेत्र । त्यसैले पनि मलाई खेलबाट टाढा जान दिएन ।

एकदिन एक्लै हुँदा

  • by

चराले झैँ चुच्चोमा चारा ल्याएर
हुर्काएका नानीहरू
जब एकदिन
चराझैँ भुर्रर उडेर जान्छन्
यो मनमा एकैचोटि
एउटा खुसी र एउटा दुःख बस्छ
खुसी आँखाबाट खस्छ
दुःख मुटुभित्र पस्छ
रित्तो गुँड हेरेर
भारी मन दुख्न थाल्छ चस्स चस्स
भन्छन्, माया त पानीझैँ ओरालो बग्छ