Skip to content

नेपाल साप्ताहिक

नयाँ नेपाल ! नयाँ नेपाल ! !

“नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । कस्तो हुँदो रहेछ नयाँ नेपाल भनेर हेर्न उसले बोलायो ।

हजाममार्फत त्रिभुवनसँग भेट

  • by

२००७ सालको क्रान्तिले ल्याएको प्रजातन्त्रलाई मानिसहरूले सही रूपमा व्याख्या गरेको म पाउँदिनँ । मानिसका आ-आफ्नै किसिमका धारणा आइरहेका छन् । इतिहास मनगढन्ते र व्यक्तिपरक हुनुहुँदैन । सबै मानिस आफूलाई केन्द्रमा राखेर इतिहासको बखान गर्छन् । तर, इतिहास वास्तविक र सत्यमा आधारित हुनुपर्छ । जित्नेको मात्र होइन, हार्नेको पनि सही इतिहास लेखिनुपर्छ ।

नेपाल फर्किने बेलामा

  • by

अन्ततः पेसागत र व्यक्तिगत दुवै रूपमा नेपाल फर्किने मेरो लामो धोको पूरा हुनलागेको छ । पाकिस्तानमा झन्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थायी रूपमा अर्काे महिना नेपाल फर्किंदैछु । बेलायतमा बिताएका १४ वर्ष मेरालागि जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहनेछन् ।

नसुनिएको तेस्रो अन्तरा

  • by

अघिल्लो साता राजधानीमा भएको पलेँटी सांगीतिक शृंखलामा कविवर माधवप्रसाद घिमिरेसँग निकटमा साक्षात्कार गर्न पाइयो । महाकवि देवकोटा र सिद्धिचरण श्रेष्ठ काल र अहिलेको युगका सेतु उनी ९० वर्षको उमेरमा पनि महाकाव्य लेखिरहेका छन्, जुन आफैँमा एउटा चामत्कारकि उपलब्धि हो ।

कवि

  • by

सुर नचढी फुर्दै नफुर्नेः जाँड कवि
अप्ठ्यारो टेढो मात्रै कुरा गर्नेः टाँड कवि
अरू मिलेको हेर्नै नसक्नेः भाँड कवि
बोल्यो कि हान्न खोज्नेः साँड कवि
जाँड कवि, टाँड कवि, साँड कवि ।

कामरेड ! हुन सकिनँ नयाँ नेपालको क्रान्तिकारी

  • by

जुत्ताको तलुवामा प्वाल परेछ, ढुंगाले छाला नै छेडेपछि पो उसले चाल पायो । ऊ अर्थात् हीराबहादुर ! धनकुटा जिल्ला अखिल क्रान्तिकारी किसान संघको सदस्य ! लेगुवादेखि मास्तिर उक्लनु थियो, झन्डै सिधुँवा बजार नै भने पनि हुने । बजारदेखि अलि तलको माविमा मान्य आउने कार्यक्रम थियो । त्यहीँ हिँडेको हो हीराबहादुर पनि ! आकाशमा हेलिकप्टर देखेपछि जाडोमा पनि मध्याह्नमा तन्नेरी देखिएको सूर्यलाई हत्केलाले छेकेर मुन्टो आकाशतिर उचाल्दा तल ढुंगा देखेन । खुट्टामा राम्रैसँग बजि्रएछ, रगत बग्न थाल्यो । अलिकति धूलो छक्र्यो, एकछिन सुस्तायो । रगत रोकिएपछि ऊ फेरि हिँड्यो ।

डलर काण्डमा दरबारसमेत लाग्यो

  • by

गरीब देशहरूलाई पैसाको प्रलोभन दिएर गरिने कारोबारलाई ‘मनि लन्डि्ङ्’ भनिन्छ । विश्वका अधिकांश गरबि देशमा यस्तो प्रक्रिया अपनाएर गैरकानुनी कार्यहरू सञ्चालन गर्ने पुरानै तरिका हो । इन्डोनेसियाजस्ता देशमा त मनि लन्डिङ्को बिगबिगी नै छ । नेपालमा पनि यो डलर काण्डका रूपमा चर्चित रह्यो ।

सुन्छ गीत नेपाली

  • by

यसो विचार गरेँ, विश्व मानचित्रमा नेपाल विशाल होइन, सानो छ । विश्वले पनि साना देशहरूकै सूचीमा राख्छ, नेपाललाई । सुन्दर, यहाँ प्रकृतिबाहेक कमसेकम अहिले केही छैन । शान्त ? यो त अहिलेको नेपालको आर्थिक, राजनीतिक परविेशको खिल्ली उडाउने शब्द नै भएको छ । तैपनि, किन हो कुन्नि मलाई गीत सुनी रहौँ जस्तो लागिरह्यो । गीत बज्दै जाँदा मेरो शरीरमा काँडा उम्रिंदै थिए । मलाई कुनै पुरानो कालजयी गाना सुनिरहँदाको क्षणभन्दा पनि बढी आनन्द आइरहेको थियो ।

प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्

  • by

‘नेपाली चलचित्रकर्मी अपठित छन् । बौद्धिक वर्ग चलचित्रभन्दा टाढा छ । ड्राइभर र खलासीलाई हेरेर चलचित्र बनाइन्छ ।’ धेरैअघिदेखि चलचित्रकर्मीले खेप्दै आएको आरोप हो यो । यति भएर पनि उनीहरू थेत्तरा छन् । कृतिमाथि समेत उनीहरू मुम्बइया सूत्र घुसाउन चाहन्छन् । बिनागृहकार्य चलचित्र बनाइन्छ भन्ने आरोप त आमअसफलताले पुष्टि गरसिकेकै छ ।

सौन्दर्यमा शरीर

सौन्दर्य र पहिरनप्रति निकै सचेत अञ्जली सेनले बढ्दै गइरहेको उमेरले ल्याउने शिथिलता र बुढ्यौलीलाई लक्ष्य गरेर प्रायः आफ्ना अनुभवहरू सुनाइरहन्थिन्, मेन्टेनेन्स कस्ट निकै बढ्दै गइरहेछ अचेल शरीरको । पहिला जे कुरा यसै यत्तिकै प्राकृतिक रूपमै प्राप्त हुन्थ्यो, त्यसैलाई जोगाउन वा जोगिएको देखाउन मात्र पनि अनेक साधन-प्रसाधनहरू जुटाउनुपर्छ अचेल ! त्यसभन्दा पनि बढी तिनको नियमित उपयोग निम्ति जाँगर जुटाउन साह्रै कठिन छ ।

सयरको साटो सीडीओ

  • by

त्यसबेला वाणिज्य विभागको डेपुटी डाइरेक्टर भए पनि डाइरेक्टर नभएकाले मलाई नै कार्यवाहक सुम्पिएको थियो । मैले सचिवलाई भनेँ, “पछि गएर यो खतरनाक हुन्छ, अन्तिममा भारतलाई मात्र होइन, हामीलाई पनि ठूलो नोक्सानी पुर्‍याउँछ । अन्ततः ठूलालाई केही हुँदैन, बढी मार हामीजस्ता कमजोरलाई नै पर्ने हो । हामी यो काम नगरौँ ।”

आफ्नै अस्तित्वमा

  • by

पाइला निरन्तर बढिरहेकै छन्
लक्ष्य तैपनि अदृश्य नै छ ।
हातहरू निरन्तर खटिरहेकै छन्
पेट तैपनि भोकै छ ।
संघर्षहरू निरन्तर चलिरहेकै छन्
विभेद तैपनि बढ्दो छ ।

आस्था भन्नु अलाउद्दीनको बत्ती

  • by

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति ! देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति ! तर, हामी त खालि आफ्नै वरपिरकिा अनुहारहरूले घेरएिका छौँ, आफ्नै वरपिरकिा ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस् काहरूमा ठोक्किएर आफैँतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा, सानो उचाइमा उभिएर अहंकारका ठूला स्वरहरू चिच्याइरहेछौँ ।

त्यो दिन यसरी आयो

  • by

२००७ कात्तिक २० गते बिहान शीतल निवास पस् ने विचारले श्री ५ त्रिभुवन ठूलो पहेँलो मोटरमा एक्लै सवारी भएको थियो । यसबारे कसैले थाहा पाएका थिएनन् । मौसुफको सोच पनि भारतीय दूतावासमै पस् ने थियो । त्यहीँ रहेका हामीले मौसुफ त्यहाँ एक्लै सवारी हुनु राम्रो हुँदैन, परविारसहित सवारी हुनुपर्छ भनेर अनुरोध गर्‍यौँ । सोही आग्रहबमोजिम कात्तिक २१ गते नागार्जुनमा सपरविार वनभोज र सिकार गर्ने निहुँ पारेर प्रधानमन्त्रीको अनुमतिका लागि मौसुफबाट खबर भएछ ।

बालबालिकाको मोलतोल

बेलुकाको बसबाट कार्यक्षेत्रतर्फ प्रस्थान गर्दा धादिङको गजुरीमा बस टक्क रोकियो । सडक दुर्घटनामा बालिकाको मृत्यु भएकाले यातायात बन्द भएको रहेछ । रातभर िबाटो खुल्ने आशामा बित्यो । बिहान भयो तर बाटो खुल्ने कुनै छाँटकाँट नदेखेपछि हामी गजुरी बजारतर्फ लाग्यौँ । करबि ९ बजिसकेको थियो, एउटा सानो चिया पसलमा हातमुख धोई चिया पिएर घटनास्थलमा पुग्यौँ । घटनास्थलमा सेतो कपडाले छोपेको सानो शिशुको लास र छेउमा दुईवटा माटाका घैँटा घोप्ट्याएर राखिएको हृदयविदारक दृश्यले मनलाई भावविह्वल बनायो ।

सिद्धिचरण : एक रक्षाकवच

  • by

कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारिएको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती ।

यसरी सहिद भए गंगालाल

  • by

शोभाभगवतीमा दशरथ चन्दलाई गोली हानिरहँदा छेवैमा बाधिएका गंगालाल राणाशाहीलाई गाली गररिहेका थिए । त्यो देखेर रिसले चुर भएका नरशमशेरले गंगालालको घुँडा र तिघ्रामा तीन गोली हाने । गंगालाल भने आफूलाई लागेको गोली गन्दै थिए । यो सबै अत्याचारको दृश्य हेररिहेको दोस्रो पोडे, जसलाई गंगालाललाई गोली ठोक्न ल्याइएको थियो, त्यसलाई नरशमशेरले आखिरी गोली हान्न अह्राए । तर, त्यसले मरिगए गोली हान्न सकेन, बरु रुन पो थाल्यो ।