अरे यार !
तिमी त यस्तो नगर न !
अरूले गर्नु गरे
ढुंगा खाए
माटो चपाए
‘भूगोल’ सारे
पुरुष ‘सुत्केरी’ बने
बिहेबिनै कैयाँै आमा भए
जन्मँदै थुप्रै ‘जर्नेल’ कहलिए
कागतालीमा कसैले मुकुट पनि लगाए ।
अरे यार !
अरूको के कुरा गर्नु ?
तिमी त कम्तीमा
भोकसँग जुध्न ‘रगतको टीका’ लगाएको मान्छे
अभावमाथि विजय पाउन
सहिदको फेहरस्ि त हजारौँहजार तुल्याएको मान्छे
लाग्थ्यो यस्तोः
तिमी ‘इमान’ बेच्दैनौ
तिमी ‘शैतान’ बन्दैनौ
अनि, अन्धकार हटाउन प्रकाश बनेर
प्रचण्ड उज्यालो फैल्याउँछौ कि !
यस्तो सोच्ने असंख्यक थिए
तर, खै ? यार !
तिमी पनि यस्तै/उस्तै भएछौ
आफू दौड्नु त कता हो कता ?
उल्टै ‘घोडेजात्रा’ हेर्न गएछौ ।
नेपाल साप्ताहिक ३४०

Thanks ! Thank you very much
Thanks ! Thank you very much for your sweet writing. Keep it up.