नेपाल साप्ताहिक
त्यो बर्बर हत्या !
खासमा बीपी कोइरालाप्रति यज्ञबहादुर थापाको ठूलो विश्वास थियो । २०२७ सालमा भारत पुग्नुभएका यज्ञबहादुर उहाँकै प्रेरणा र गिरजिाप्रसाद कोइरालाको निर्देशनमा नेपाल फर्किनुभएको थियो । ०३१ सालमा नेपाली कांग्रेसले पञ्चायतविरुद्ध हतियार उठाउने निर्णय गरेलगत्तै उहाँ पूर्वी क्षेत्रको सैनिक कमान्डरका रूपमा बनारसबाट मधुवनी हुँदै कमला नदीको बाटो नेपाल भित्रिनुभयो ।
काले र भाले
एकादेशको काले गाउँमा एकदिन एउटा खाइलाग्दो अज्ञात प्राणीले विवाद प्रक्षेपण गरििदएछ । कुन लोक वा कुनचाहिँ ग्रहपिण्डबाट के उद्देश्यले किन आएछ त्यो अज्ञात वस्तु, कसैले भेउ पाउन सकेन । तर, उसले विवाद खडा गरििदयो । विवाद पनि यसरी व्यापक र तीक्ष्ण बनिदिएछ कि अज्ञात प्राणीको स्वर सुन्दै दाइ काले र भाइ काले दुवैका नेत्र बलेछन्
निरुत्तर प्रश्न
“यसपालि पनि मेरो प्रमोसन भएन । किन तिमी पुरुषहरू महिलाको कामको मूल्यांकन गर्दैनौ ? किन देख्दैनौ महिलाको कामलाई अनि उनीहरूको क्ष्ामतालाई ? के मैले काम गरेकी थिइनँ ? तिमी आफैँ भन न ! तिमीले कैयौँपल्ट चियाका लागि गरेको अनुरोधलाई मैले अस्वीकार गरेकी थिएँ । सायद त्यसैको प्रतिफल मैले के पाएँ त ?” आक्रोशित मुद्रामा मेरो कोठामा छिरी ऊ । उसको भावले बताउँथ्यो, उसले भनेको पात्र म नै हुँ ।
सिंहदरबारमा विषमुद्दा
अहिले आएर पुराना कुराहरू सम्झँदा रमाइलो मात्र होइन, उत्सुकता र कौतूहल पनि जाग्छ । यी कुरा हाम्रो पुस्तालाई आफैँ भोगेकाले सामान्य लाग्न सक्छन् । तर, त्यसपछि र अहिलेको पुस्तालाई पुराना कुराहरू रमाइलै लाग्नुपर्छ । त्यति मात्र होइन, कतिपय सन्दर्भ र प्रसंग त उनीहरूका लागि शिक्षाप्रद र मार्गनिर्देशक पनि बन्न सक्छन् ।
जब विकल दाइले रोक्नुभयो
“ए बाबु भन् त तँ दार्जीलिङ जान्छस् कि जाँदैनस् ?” २०२३ सालमा झापामा देशव्यापी रूपमा मनाइएको नेपाली साहित्य सम्मेलनमा भाग लिन गएका बेला, मौका पारेर काठमाडौँमा बस्ने केही साहित्यकारहरू दार्जीलिङ हान्निए । त्यसरी दार्जीलिङ जानेमा रोचक घिमिरे दाइ र भैरव अर्याल दाइ पनि पर्नुभएछ । विडम्बना भनौँ कि के भनौँ, घनिष्ट साथीभित्रका उहाँहरूले रमेश विकल दाइलाई तिमी पनि जान्छौ कि भनेर एक वचनसम्म सोध्नु भएनछ । भारी रिस उठेछ रमेश विकल दाइलाई । त्यसैले उहाँले पनि रोचक घिमिरे दाइ र भैरव अर्याल दाइसँगसँगै नगएर आफू अलग्गै जाने विचार गर्नुभएछ । म उहाँले माया गरेको भाइ, मलाई साथमा लाने विचारले उहाँले मलाई माथिको प्रश्न गर्नुभएको रहेछ ।
त्यो किसान आन्दोलन
मत एउटा सिंगो पार्टी हाँकेर यहाँसम्म आएको मानिस हुँ । तर, किन हो कुन्नि मानिसहरू मलाई किसान आन्दोलनबाट अलग गर्नै चाहँदैनन् । हो, म किसान आन्दोलनको एउटा हिस्सा अवश्य हुँ तर किसान आन्दोलन मात्र मेरो राजनीतिक अभीष्ट र ध्येय थिएन । म त राजनीतिलाई केन्द्रमा राखेर विभिन्न आन्दोलनका मोर्चाहरूमा सरिक भएको हुँ । त्
अल्पायु
उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले ऊ अहिले निष्क्रिय बनेको छ । नंग्राहरू विध्वंशको तयारीमा जुटेका छन् । के उसको अस्तित्व संकटमा छ ?
ऊ अहिले सुत्ने कोठामा छ । ऊ अहिले खाटमा उत्तानो परेर सुतेको छ ।
