Skip to content

हिमाल खबरपत्रिका

डढेलो

  • by

टल्पलाइरहेका आँसुलाई उसले धेरैबेरदेखि आँखाको पलकका बीचमा रोकेको थियो। तर आँसु भित्र पस्न सकेन र दुवै गालामा र्झ्न थाल्यो। एकपटक बाँध फुटेपछि निकै बेरसम्म भल बगिरह्यो। बन्द कोठाको छ्यानमा एक्लै बसेर उस

रिटर्न टिकट

  • by

यताको मौसम सुध्रिएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो।

फुलबा-हरण

  • by

सिङ्गो गाउँ अत्तर छर्किएझैं मग्मगाइरहेको थियो। साँझ्पख रातरानी फूलको सुगन्ध नै त्यस्तै। सबै आफ्नै पाराले सुवास लिने प्रयत्न गरिरहेका थिए।

गजलको चुलिँदो लगाव

दक्षिण एसियाली मुलुकहरूको तेस्रो सार्क सम्मेलन नेपालमा आयोजना हुँदा कार्यक्रमको थालनीमा दीप प्रज्ज्वलनलगत्तै गजल वाचन भएको थियो। त्यतिवेला गजल सुन्नेहरूमा सार्क मुलुकका तत्कालीन राष्ट्रप्रमुखहरू बेनजी

कथा दादाको

  • by

‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो ।

एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही दादाको कथा हाल्दा । नेपालीमा दादा शब्द छ कि छैन ? भए कताबाट आयो ? कि कतैबाट नआएको रैथाने शब्द हो यो ? खोजिपस्ने काम विद्वान्हरूको हो । यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो । भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिँदैनन् । त्यसैले म अलिकति छामछाम छुमछुम गर्दैछु यस विषयमा ।

बुद्ध मात्र पर्याप्त रहेनछन्

  • by

फेरि पनि यसै ठाउँमा देखापर्नुअघि निकै अधीर भएर म त्रि्रो विचारको प्रतीक्षामा रहेँ । अघिल्लो अङ्कको मेरो चिठीबारे त्रि्रो प्रतिक्रिया नपाउँदा म अलिकति विरक्तिएँ पनि । तर केही दिनपछि जब तिम्रै पुस्ताका युवायुवतीका चिठी पाउन थालेँ, मेरो मन फुरुङ्ग भयो । तीमध्ये एउटा चिठी एकजना डाक्टरको थियो । त्यो चिठी त्रि्रो पुस्ताको स्पष्टवादी, पारदर्शी र इमान्दार दृष्टिकोणले भरिएको थियो ।

शुभकामना सुनगाभाको

  • by

सुनगाभा फुल्ने नेपालमा कोही कुरुप नहोउन्, सबै सुनगाभा जस्तै शोभायमान बनुन् भन्ने शुभकामना दिएर राष्ट्रकवि माधव घिमिरेले २०१५ सालतिरै रचेका हरफहरू हुन् यी। तर, त्यसको ५० वर्षपछि आज सुनगाभा फुल्ने हाम्रा धेरै वनपाखा उजाड भइसकेका, धेरैथरी सुनगाभा हराइसकेका र अहिले पनि हराइरहेका छन्। यसैबीच नेपाली किसानहरू विदेशबाट आयातीत सुनगाभा खेती गरेर लाभान्वित हुन थालेका छन्। तिनका खेतीमा आफ्नै देशका सुनगाभा किन नसिब भएनन्?

बादलुको माथिमाथि

  • by

दुई दशकदेखि टे्रकिङ शुरु भएपनि पर्याप्त होटल-लज नभएकाले प्रायः क्याम्पिङ गर्ने समूहको मात्र छनोटमा पर्दो रहेछ, अन्नपूर्ण क्षेत्रको बेनी-खोप्रा-खयरताल पदयात्रा। अहिले महावीर पुनको अगुवाईमा स्थानीय बासिन्दा र विद्यालयले दुइटा निजी तथा एउटा सामुदायिक लज निर्माण गरेका छन् भने थप दुई सामुदायिक लज बनाउँदै छन्। सामुदायिक लजको आम्दानी स्थानीय विद्यालयमै लगानी गर्ने योजना छ।

रेडियोका गीत र समयको फेर

  • by

धनकुटामा सानै छँदा मैले देखेको अति नौलो र सङ्गीत निकाल्ने आधुनिक यन्त्र भनेको ग्रामोफोन थियो जो मैले सिरवानीको कुनै साहुको घरमा सत्यनारायण वा यस्तै कुनै पूजाको अवसरमा फुपू र आमालाई पछ्याउँदै जाँदा देखेको मिरमिर सम्ड्ढना आउँछ । एउटा चारपाटे बाकसमा हातले खुइँखुइँ दम दिएर त्यसमाथि राखिएको कालो ‘रेकाट’ माथि हाँसको लामो घिच्रोजस्तो लर्कने वस्तुमा रहेको सियोले कोर्दा गीत बज्थ्यो । त्यो बज्ने कालो र गोला रेकाट देख्दा हामीलाई हामीले हिउँदमा खाने कोदाको रोटीजस्तो लागेथ्यो । ग्रामोफोनको त्यो रेकर्ड देखेपछि खानुअघि कोदाको रोटीलाई टाउकामाथि राखेर त्यसमा चोर औँला घुमाएर गीत गाउँदै मैले खेल्न सिकेको थिएँ ।

आर के

  • by

लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई ।

उसले ईमेलमा लेखेकी थिईः

मेरी प्यारी साथी बहिनी सुजाता
तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन ।
आज यतिका वर्षपछि अचानक मेरो ईमेल पाउँदा तँलाई आश्चर्य लाग्नु स्वाभाविक हो ।

उनी, युद्ध र म

  • by

उनी मलाई बनावटी ठेगानाबाट चिठी पठाउने गर्छिन् । आज उनको चिठी आएको छ । तर अफसोच उनलाई पत्र पठाउन सक्दिनँ । कारण उनको कुनै स्थायी ठेगाना छैन । म खोटाङको आर्मी ब्यारेकमा छु- ‘इन्फ्यान्ट्री डिभिजन’ मा ।

अदभुत सन्तुष्टि

  • by

प्रकृतिको त्यो विचित्र र विशाल सम्मोहनबाट उम्केर कसैलाई सम्झिने मेरो अवस्था थिएन। मेरो टेन्ट पार्टनर पेमा दिकीका लागि संसारै उसको परिवार हो। परिवारको जिम्मेवारी उसका निम्ति बोझ् नभएर जीवनको प्रमुख लक्ष्य हो। शिखरमा उनी आफ्ना बाबा आमाको फोटो नियाल्दै थिइन्। आशा जानकी मन्दिरको फोटो समातेर पोज दिँदै थिइन् भने उषा मौन देखिन्थिन्।

मनको तिर्सना फोक्सोको भुटुवा

  • by

मेरै मन हो, मै अनभिज्ञ
कुन बेला यो के गर्छ,
अझ् योभन्दा दुःख त मैले
डोरिनु योसित नै पर्छ

कवि दुर्गालाल श्रेष्ठले सपना कवितामा भनेजस्तै यो दशैंमा मेरो मन पनि एकातिर डोरिन पुग्यो। मनले भनेपछि मान्छे विवश हुन्छ, मनका कुरामा तर्कले खासै काम गर्दैन।

अझै पनि मुनामदन नै बिक्छ

  • by

चार दशकअघि औसतमा एक हजार प्रति छापिने नेपाली साहित्यिक पुस्तकहरू अपवादबाहेक अहिले पनि त्योभन्दा बढी छापिन्नन् । यसले जनसङ्ख्या र साक्षरहरूको वृद्धिका तुलनामा साहित्यको बजार नफस्टाएको, बरु साँघुरिएको जनाउँछ । तर नयाँ शीर्षकका साहित्यिक पुस्तक छापिने क्रम भने बर्सेनी बढ्दो छ । राजधानीमा दिनहुँजसो हुने विमोचन कार्यक्रमहरूले नयाँ तथा पुराना लेखकहरूमा लेख्ने जोश कायमै रहेको देखाउँछन् । साहित्यिक कृति प्रकाशनमा समर्पित साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान -नेराप्रप्र), रत्नपुस्तक भण्डार, वाणी प्रकाशन, विवेक सिर्जनशीललगायतका प्रकाशनगृहले पनि आफ्नो व्यवसाय धानेकै छन् ।

पूर्वीय मान्यता, पाश्चात्य दृष्टिकोण, नेपाली यथार्थ

  • by

नेपाली परिवेशभित्र सीमित भएर नेपाली महिलामाथि टिप्पणी गरेर सन्तोष लिने समय समाप्त भइसक्यो । भूमण्डलीकृत कालमा नेपाली नारी कहाँ उभिएका छन् भन्ने प्रश्न हाम्रा अन्तरमनमा स्वतः खेलिरहन्छ । आधुनिक चेतनामाथि सञ्चारक्रान्तिको प्रभाव अनुकूल नेपाली महिलाहरूको एक समूह आफ्ना दायित्व र अधिकारहरूप्रति दिनप्रतिदिन जागरुक हुँदै गइरहेको छ । बितेका दश-पन्ध्र वर्षभत्र त्यो जागरुकतामा बढी ऊर्जा र तीब्रता आएको देखिन्छ ।

नायगरा झरना अतृप्त यात्रा

  • by

नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ मा गोरा उपनिवेशकारी शक्तिलाई देखाइदिएको नयाँ संसारमा य्संयुक्त राज्य अमेरिकामात्र नभएर उत्तर र दक्षिण अमेरिका दुई महार्‍ीप पर्दछन्। विश्वको मानचित्रमा न नायगरा फल्स, न सगरमाथा नै अँकित भएको त्यो बेला नेपालमा मल्लकालीन नेवारी सभ्यता चुलिएको थियो।

बालकृष्ण सम बिर्सने? बिस्रने एउटा प्रशंसकको सम्झना

  • by

महाकवि देवकोटा महान् थिए- ठूला कवि र साँच्चै श्रद्धेय व्यक्तित्व । म विद्यार्थी बेलादेखि नै ‘देवकोटाभक्त’ भनी दरिएको मान्छे पनि हुँ । तर अचेल मलाई के लाग्न थालेको छ भने देवकोटामाथि भक्ति देखाउँदा-देखाउँदै हामी नेपालीले लेखनाथ र समलाई बिर्सिन थाल्यौँ कि क्या ! कविशिरोमणिको कुरा छाडूँ ऐले उनका बारे छुट्टै लेखौँला । ऐले सन्दर्भ ९९ औँ जन्म दिन २४ माघ परेकोले समको कुरा गरुँ भन्दैछु म । सम जस्तो प्रतिभाशाली नेपाली यो देशले जन्माएको छैन शायद सय वर्षयता ।

धन्न लेख्दैछन् नेपालका साहित्यकारहरु

नेपाली साहित्यको कुरा गर्दा लेखनाथ देवकोटा सम भवानी भिक्षु या रिमाल र भूपिकै कृतिको नाम जपेर अब पुग्दैन । जीविका चलाउन होइन जीवन चिन्न सिकाउने साहित्यलाई आम पाठकसम्म पुर्याउन निरस शब्दका निर्जीव ठेली थुपारेर पुग्दैन जीवन्त वाणी चाहिन्छ । तर समकालीन नेपाली साहित्यकारहरुले आफ्नो स्तरलाई जति उच्च भनेर दाबी गरे पनि तिनले पाठकहरुलाई आकर्षित गर्न सकेका छैनन् ‘अत्यन्तै लोकपि्रय’ भनिएको कृति पनि १००० प्रतिभन्दा बढी बिक्री भएको उदाहरण औँलामै गन्न सकिन्छ । के कारण छन् यसका पछाडि र कस्तो साहित्य लेखिँदैछ आज अनि के हुन सक्छन् नेपाली साहित्यलाई स्तरीय र पाठकस्वीकार्य बनाउन सकिने उपायहरु?