Skip to content

हिमाल खबरपत्रिका

कठै! मेरो मन

  • by

तुलसा तिमीले एकदिन भन्यौ
मन त हावा हो, सर
मनको भर पर्नुहुँदैन
यो त के के माग्छ- के के
यसले मागेजति दिने हो भने
… सबै सिमाना नाँघिन्छ

राष्ट्रिय-झण्डा

  • by

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्।

सम्झना : गोविन्दबहादुर गोठाले

  • by

तीन वर्षअघि बानेश्वरस्थित गुरुकुल परिसरमा प्रसिद्ध साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको प्रतिमा अनावरणमा साहित्यानुरागीहरूले उनको दीर्घायुको कामना गरेका थिए। तर, नेपाली साहित्यको मूल बाटो खन्नकै लागि जन्मे झैं लाग्ने गोठालेले पनि अरूले जस्तै मृत्युलाई सँगै लिएर आएका थिए। २७ मङ्सिर २०६७ मा काठमाडौंमा गोठालेको देहावसान भएपनि नेपाली वाङ्मयले उनले बाँचेको सार्थक जीवनलाई सम्झिरहने छ, जसको उनी मूल खम्बा बनेका छन्।

सर्दू झै जीवन

  • by

सर्दूखोलासितको मेरो सङ्गत त्यसवेलादेखि ह्वात्तै बढ्यो जुनवेलादेखि म पढ्ने गरेको भगवती मिडिल स्कूल जेठा बाँस्तोलाको घरको छिँडीबाट आफ्नै नवनिर्मित भवनमा सर्‍यो।

समारोह

  • by

हाम्रो कम्पनी अब कर्पोरेट बनेको थियो। हामी देशका मल्टिनेशनल भनिने गन्तीका थोरै कम्पनीमा सामेल भइसकेका थियौं। प्रचारहरूमा हामी भन्दथ्यौं, “हाम्रो सफलता हाम्रो सङ्घर्ष हो।” कोही कोही यसलाई उच्च आकाङ्क्षाको मनोविज्ञान मान्दथे जुन हाम्रा लागि हानिकारक थिएन।

गाउँको सम्झना

  • by

मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ
र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ
नदी, पवन र रूखले गाएको मधुर युगल गीत
त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा।

बेकार छ

  • by

आँखा राम्रो भएर मात्र के गर्र्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
ठ राम्रा भएर के गर्नू?
जब ती ठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?

छोरीहरू

  • by

छोरीहरू छन्
र त घर रमाइलो छ।
भुनभुन-गुनगुन माहुरीझै भुन्भुनाउँछन्
चिरबिर-चिरबिर चराहरूझै गाउँछन्
बतासले सुस्तरी छोएको रूखका पातझै छुनुमुनु-छुनुमुनु नाच्छन्
उडिरहेका पुतलीहरूझै कोठा-कोठा घुमिरहन्छन्
छोरीहरू छन्, र त यसो गर्छन्।

छेउको मान्छे

  • by

मेरो छेउमा एउटा मान्छे छ
ऊ मेरो आँगनमा घाम नउदास् भन्छ
मेरा परेवाहरू नघुर्घुराउन् भन्छ
मेरो बगैँचामा वसन्त नआस् भन्छ
मेरा फूलहरू नमग्मगाउन् भन्छ।

सन्त्रासहरू

  • by

बतासहरू बहन्थे- मन्दमन्द
तिम्रा आवाजहरूको आकाश लिएर।
खोलाहरू हिँड्थे- कलकल
तिम्रा सम्मोहिनी शब्दहरू बोकेर
नदीहरू दगुर्थे- सललल
तिम्रा गीतका अन्तराहरू छोएर।

रातो डायरी

  • by

प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा जुधेका थिए।

ऊसितको यो मेरो चौथो भेट थियो।

फूलमतिया

  • by

“बाटो अप्ठ्यारो छ है, सानोबाबु!” फूलमतिया मलाई होसियार बनाउँदै थिई।

म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्रा झैं उसलाई पछ्याउँदै थिएँ। हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं।

भ्यालेन्टाइन गुलाब

  • by

मैतीदेवी चोकमा रङ्गीचङ्गी उपहार सामग्रीहरू बिक्री भइरहेका थिए। युवक-युवतीहरू एक-अर्कालाई पाखा लगाउँदै सामग्री चयनमा व्यस्त थिए। म टक्क उभिन्छु। के मलाई केही लिनुपर्दैन? फेरि आफैँसँग प्रश्न गर्दछु कसका लागि?

बेपत्ता

  • by

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झन्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

लण्ड्री प्रेम

  • by

घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा आउँला।”