Skip to content

हिमाल खबरपत्रिका

कवि शिरोमणिको “ए नेपाल!”

  • by

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

जननीजन्मभूमिश्च

  • by

कालो भूतजस्तो मध्यरात थियो । पहरा दिइरहेको एउटा सिपाही अचानक चलमलायो ।

त्यसभन्दा अघि ऊ सिमन्टीको खम्बाझैँ अविचल र कठोर थियो । सायद परम कर्तव्यवोधले ओतप्रोत थियो ।

तर अचानक ऊ चलमलायो ।

रुपबजारकी नोरा

  • by

‘भो बुझ्नु पर् या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।’ पूर्णिमाले भनी ।
कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाकॊ भेटघाट भएन ।

सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । ‘क्या हो बाबु ! हाम्रो पनि त पसल छ जाने होइन ‘ सधैँ कोही न कोही उसको नजिक आएर सोध्थे । यसबीच थुप्रै अनुहार दोहोरिए । थुप्रै नयाँ अनुहार थपिए । अहँ पूर्णिमा कतै देखा परिन ।

जगदिश दाइको अन्तमर्न

  • by

जगदिश घिमिरेको बहुचर्चित अन्तर्मनको यात्राबारे एउटा पुस्तक समीक्षा गर्न मन लागेको थियो। तर कहिले व्यस्तता त कहिले आलस्यले गर्दा त्यो धोकोमै सीमित रह्यो। अब त धेरैले त्यो उत्कृष्ट पुस्तकका बारे लेखिसकेको हुँदा मेरो त्यो योजना असान्दर्भिक भइसकेको छ। उहाँसँग पो सीमित जिन्दगी भएकोले हातै नचल्दा पनि केही लेखिहाल्नुपर्ने र शरीरै नउठ्दा पनि केही गरिहाल्नुपर्ने हतार थियो। मलाई भने डाक्टरले जीवनको सीमा नतोकेकाले समयप्रति बडो निरपेक्षता छ, कुनै झ्टपट छैन। त्यसैले अन्तर्मनको यात्रा ले मेरो मनमस्तिष्कमा, जीवनजगतप्रतिको बुझ्ाइमा नै हलचल ल्याइदिँदा पनि मैले त्यो पुस्तकको बारेमा आफ्ना अनुभूतिहरूलाई लिपिबद्ध गर्ने जाँगर जुटाउन सकिनँ। एउटा मौका गुमेकोमा पछुतो लागिरहेको छ।

घुमाउने चौतारा

घुमाउने चौतारा। जहाँ हामी उभिएका छौं। म छु, मेरो साथमा कुलप्रसाद राई छन्, सिद्धराज राई छन् र छन् रविन गिरि। तीनै जना पत्रकार। राई बन्धु धनकुटाका र गिरि धरानका, जो मेरो सहयात्री बनेर धनकुटा आएका थिए घुमघामका लागि। घाम मार्गपोखरीको डाँडापछाडि लुक्नै लागेको छ र मानौं हाम्रै लागि भनेर केही अल्मलिए जस्तो छ। घामको मन्दिम हुँदै गएको उज्यालोमा हामी हेरिरहेछौं तल खोंचमा बगेको तमोर कोशीतर्फ, जहाँबाट हावाको मुस्लो धनकुटे खोला हुँदै रमितेडाँडा र टेकुनालाको उकालो छिचोल्दै हामी उभिएको घुमाउने चौतारामा ठोकिन्छ।

भित्ते गणेश

  • by

हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य?

भूपि शेरचन कालजयी सार्थकता

  • by

वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।”

राजकुमारी सम्पदा

  • by

बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास…

एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

अमेरिकामा मथुरा

  • by

अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ।

चिठीले जुराइदिएको मित्रता

  • by

परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला त्यस क्षेत्रको नाम आसाम थिएन, कामरुपीठ थियो। ती चारजनाको यात्रा सोद्देश्य थियो। मत्स्येन्द्रनाथलाई लिएर आउन भनी उनीहरू त्यता लागेका थिए। उनीहरू कुन बाटो, कति दिन लगाएर त्यहाँ कैले पुगे र कसरी फर्के त्यसको कुनै लेखाजोखा छैन, तर दुई–तीन पटकको असफलतापछि बल्लबल्ल उनीहरू मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याउन सफल भए भन्ने चाहिँ देखिन्छ। भमराका रूपमा एउटा सुवर्णकलशमा थुनेर उनीहरूले मत्स्येन्द्रनाथलाई यहाँ ल्याइपुर्‍याए।

सुनौला ५० वर्ष

  • by

ज्योतिषमा ‘अङ्कानाम् वामतो गतिः’ भन्छन् अर्थात् अङ्कहरू वामपन्थी हुन्छन् रे । त्यसैले मदन पुरस्कारको चर्चा गर्दा हामी पनि प्रगतिशील भएर एकै छिन अङ्कमा अल्मलिऊँ । यहाँ ‘अल्मलिऊँ’ भनेको व्यञ्जना मात्र होइन, अभिधा पनि हो । भन्नाले मदन पुरस्कारको अङ्कमा कुरा गर्दा साँच्चै अलमलमा परिन्छ ।

धनी देशमा खेताला हुँदा

  • by

मिर्मिरे बिहानीमा बसबाट फुत्त झर्दा त क्षितिज छिचोल्ने फाँटमा पो पुगिएछ। चार–पाँचसय हेक्टरको गरामा पङ्क्तिबद्ध उभिएका रहेछन् कपासका बोटहरू। गराका चारैतिर मोटरबाटो अनि ठूला–ठूला कुलाहरू। बिहानीको सिरसिरेमा धीत मरुञ्जेल हेर्न पाएको थिइनँ, जर्ज कराउँछ, “कोदालो समात अनि तीन ड्याङ्ग पछाडि उभ।” एलेन, अलवर्ट, एडम, सेप्तो, रिचर्ड, फियोना, मार्गरेट, माइकल, मिया, डेभिड, जान्डो, एलेक्स, लेसली र मीनसँगै म पनि हत्तपत्त कोदालो समाउँछु। अनि जर्जले भने झैँ उभिन्छु। जर्जकी प्रियसी कोलेन कराउँछे, “कपास गोड्न थाल।” झण्डै ३० जनाको समूह ड्याङ्गको छेउछाउमा उमि्रएका बिरुवा गोड्न थाल्छन्।

पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

  • by

पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै पूर्वोत्तर आएका नेपालीहरू यहीँको रीतिथिति र बोली/भाषामा रंगिएर रैथाने भए भने पछि आउने नेपालीहरूले आफ्नो भाषा–संस्कृतिलाई बचाउँदै मातृभाषामा साहित्य–सिर्जना गर्न थाले।

बैंसालु रारा र कान्तिहीन मुगाली

  • by

राराको महिमागानबाट विकट, कष्ट र अपमानका घाउहरू लपक्कै छोपिएको ‘मुगु’ जिल्लासँग साक्षात्कार गर्ने मौका मिल्यो यसपालि। कुनै सडक यातायातले नछोएको यो जिल्लाको एकमात्र विमानस्थलको दुर्दशा हेरेर यात्रा शुरु भयो। मुगुका सांसद चन्द्रबहादुर शाहीको जोडबलमा ड्रागन एयरले नेपालगञ्जबाट हामीलाई ताल्चा विमानस्थल पुर्‍याएको थियो। पहरालाई छुने–छुने गरी जहाजले विमानस्थलको उवडखावड र ढुङ्गासँग तर्कदै अवतरण गर्नुपर्दो रहेछ। र, अलिकति गडबड हुँदा डिलबाट बाँदर खेल्ने भीरतिर जाने खतरा रहेछ। सुनियो, हामीलाई ओह्रालेर फर्केपछि पाइलटले उक्त विमानस्थलमा फेरि नजाने कसम खाएछन्।

रुसी केटीद्वारा बलात्कार चेष्टा

  • by

‘ स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष जतिकी ती केटीले एथेन्सपछिको यात्रामा पानीजहाजको तेस्रो तल्लाको मेरो कोठामा आएर राति एक बजे मसित रतिविलास गर्न मौन अनुरोध गरिन् र मैले इन्कार गरेँ।

कुहिरो र धूइरो; पारिजात र शिरीष

दशैँ र तिहारको आगमनसँगै काठमाडौँ उपत्यकामा कुहिरो लाग्न थाल्छ। जब बादल आकाशमा नउडी जमिनलाई चुम्बन गर्नतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। सडक र हवाई यातायातमा समेत अवरोध पुग्छ। पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।

भूगोलमै हराए भूगोलका ज्ञाता

  • by

पूर्वी नेपालको गुन्सा गाउँबाट ताप्लेजुङका लागि उडेको तर गन्तव्यमा नपुगी बाटैमा हराएको हेलिकोप्टरमा सवार धेरै जना देशी–विदेशी विशिष्ट व्यक्तिहरूमध्ये डा. हर्क गुरुङ एक थिए जसलाई सञ्चारमाध्यममा भूगोलविद् र पूर्व राज्यमन्त्री भनेर चिनारी गराइएको छ।

जाऊँ हैल्होमान्थाङ!

  • by

मुस्ताङ्गको सदरमुकाम जोमसोम पुग्ने धेरै बाटा छन्ः पोखराबाट करिब १५ मिनेटको हवाईयात्रा बेनी, नयाँपुल–घोडेपानी वा फेदी–घान्द्रुक–घोडेपानी हुँदै दाना, तातोपानी निस्केर तथा बेसीँशहर–मनाङ– थोराङला भञ्ज्याङ हुँदै मुक्तिनाथ भएर।

एउटा अर्को खाडल

  • by

ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो ।

करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस ठाउँमा आइपुगेको थियो । त्यो टोलीको मिलिसिया सदस्य थियो ऊ । छापामारहरूले विभिन्न आकार, प्रकार र बनोटका बन्दुक भिरेका थिए । तर, उसको हातमा कोदालो थियो । सयौँको सङ्ख्यामा रहेको सशस्त्र टोलीमा डोको र कोदालो बोक्नेहरूको सङ्ख्या पनि पुगनपुग सय थियो । कोदालो, बेल्चा र फरुवा बोक्नेहरू खाडल खन्नका लागि छुट्याइएका थिए भने डोको बोक्नेहरू युद्धमा मारिएका छापामारहरूलाई युद्धमैदानबाट डोकोमा बोकेर ल्याई खाडलसम्म पुर्‍याउन खटिएका थिए ।

गे… गे

  • by

अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -”
“सेन्ट्रल स्क्वायर … ।”

“ए ˜˜ … ।”

“तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -”