आरम्भ अर्थात् सुरुआत
वर्तमान – साइरन बजिरहेछ । लाइनअगाडिको खुला चउरमा उपस्थित हुनका लागि जनाउ हो यो । जो जुन अवस्थामा छन् सोही अवस्थामा दगर्ुछन् । संभावित त्रास सबैका आँखामा छ, अनुहारमा मृत्युको भय टाँसिएको छ । सधैँ एकनाशको जिन्दगी बित्न थालेको दशक पुग्न लागिसक्यो । उही बम, उही बारुद, उही मृत्युको समाचार । लाग्छ, मानिसको वरिपरि जीवन होइन मृत्यु बाँचिरहेछ । मानिस जीवनका नाममा मृत्युका डोली बोकिरहेछन् । काँधमा बन्दुक होइन मृत्युको सन्देश बोकिरहेछन् । गलामा गोलीका माला होइन, विषालु गोमन र्सप बोकिरहेछन् जसले छानीछानी डसेर तत्काल मृत्युलोकमा पुर्याउनसक्छ । तुम्लेटमा पानी होइन मृत्युका थोपाथोपा सञ्चित छन् । उफ ! कस्ता दिन आए !
