गोर्खा राज्यले लिएको विस्तारवादी नीतिलाई पृथ्वीनारायण शाहको शेषपछि पनि कायम राख्नु नेपाल दरबारको भूल थियो। व्यक्तिगत स्वार्थ, पारिवारिक साख र सत्ता–षड्यन्त्रका कारण कायम भएको त्यही नीतिका कारण पश्चिममा सतलज र पूर्वमा टिष्टा पुगेको नेपालको प्रशासनिक नियन्त्रण मेची–महाकालीमा सीमित हुन पुग्यो।