स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको ‘डूम’।
विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्।
माधवप्रसाद घिमिरेको राजभक्ति र शाही सत्ताले दिएको राष्ट्रकविको उपाधिको चर्को चिरफार अनि कमसल किताबको कठोर आलोचना तथा गुदी भएकाको फारो प्रशंसा गरेर धेरैलाई चिढ्याएका हक्की समीक्षक हरि अधिकारी काठमाडौंको बौद्धिक/साहित्यिक मण्डलीको एउटा तप्कामा निकै आलोच्य व्यक्ति हुन्।
शिक्षा-चिन्तक गिरिजाशङ्कर भगवानजी बधेका अर्थात् गिजुभाईले आफ्नो छोटो जिन्दगीमा गरेका बाल-शिक्षणसम्बन्धी सार्थक चिन्तन, प्रयोग र अनुभवहरूको सारसङ्क्षेप हो― दिवास्वप्न।