मधुपर्क २०६६ जेठ
स्मृतिमा इश्वरदाइ
जटिल जिन्दगीको अभिशप्त समय । त्यही समयको एउटा नायक हुनुहुन्थ्यो ईश्वरबल्लभ । कठिनाइहरू फुकाउन खोज्दाखोज्दै कठीन बन्थ्यो शैली र हाडे ओखर फोरेर गुदी खाँदाको सुस्वाद्य लेखकीयले अविस्मरणीय बनाउँदै लगेको बेग्लै परिचय बन्यो उहाँको । आयामेली आन्दोलनले प्रतिनिधित्व गरेको उहाँको व्यक्तित्वलाई तेस्रो आयामकै सन्दर्भमा विश्वविद्यालयमा अध्ययन-अध्यापन र बुझ्ने-बुझाउने कोसिस गरियो । इन्द्रबहादुर राईबाहेक वैरागी काइँला र उहाँलाई यदाकदा साहित्यिक कार्यक्रमहरूमा अलि परैबाट देख्दै आएकी थिएँ- २०४६ सालपछि जब म यो सहरमा भित्रिएँ । अक्सर लाग्ने गथ्र्यो- “तीनै जना प्रतिनिधिहरूलाई एकसाथ भेट्न पाए पनि हुने ।”
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म
वि.सं. २०६४ कात्तिक १ देखि १२ गतेसम्म सञ्चालित विपश्यना ध्यान शिविर सङ्ख्या ५६७ मा सम्मिलित भई ध्यान भावना अभ्यास गरी घर फकर्ंदा युवा बौद्ध समूहका सल्लाहकार, कल्याणमित्रले फोन गरी जानकारी दिनुभयो, “यही कात्तिक १७ देखि २० गतेसम्म मध्यपश्चिमाञ्चल, भेरी अञ्चल, बर्दिया जिल्लाको मगरागढी गाविस-८, रम्मापुरस्थितको बुद्धनगरमा स्थापना गरेको ‘बोधिज्ञान बुद्धविहार’ स्थलमा युवा बौद्ध समूह, काठमाडौँ र बोधिज्ञान बुद्धविहारको संयुक्त आयोजनामा दुईदिने बौद्ध जागरण शिविरमा सरिक भई प्रशिक्षण दिनुपर्ने ।” उक्त उल्लिखित विपश्यना ध्यान शिविरमा सातौँपटकको ताजगीपन अभ्यास गरी घर पुग्नासाथै आएको फोनको प्रत्युत्तर सकारात्मक तवरले स्वीकारी सहभागी हुने काम गर्यौँ ।
को हुन् चार जना ?
चार जनाले भनेको कुरा स्वीकार गर्नैपर्छ, अरू उपाय नै छैन । चार जनाको अगाडि उभिनु पर्दा कसरी मुख देखाउनु ? चार जनाले के भन्लान् ख्याल राख्नुपर्ने हो कि होइन ? चार जनाले यसो गर्न त नहुने भने भने के जवाफ दिने ? चार जना मानिसको अगाडि उभिनुपर्दा अनि थाहा हुन्छ नतिजा के हुन्छ भनेर । अरूको डर भर नलागे पनि चार जना मानिसले कुरो समाउँदा मुख कहाँ लुकाएर बोल्ने होला कुन्नि! कसैले पनि चार जनालाई चित्त नबुझ्ने विधि व्यवहार, कामकुरो र आचरण गर्न हुँदैन । केही परिहाले चार जना मानिस राखेर हो-होइन निक्र्योल गरौँला नि! चार जनालाई ल्याएर उभ्याएपछि लौ त कसरी मान्दोरहेनछ हेरौँ ? चार जनाको अगाडि उभिने आँट पनि त हुनुपर्यो, एक्लैले जे मन लाग्यो बोलेर मात्र हुने हो र भन्या ? चार जनाले जे भन्छन् त्यसै हुन्छ । चार जनाको अगाडि इज्जत राख्नै पर्यो ।
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास
प्राचीन मिथिला राज्य (त्रेतायुगीन)को राजधानी जनकपुरधाम रहेको र राजषिर् जनक त्यस पौराणिक राज्य मिथिलाका राजा रहेका र उक्त स्थान नेपालमा नै रहेको पुष्टि उपनिषद्कालीन विभिन्न महाकाव्यहरू- वाल्मीकिरचित रामायण, गोस्वामी तुलसीदासकृत रामचरित मानससमेतबाट भएको छ । राजर्षि जनक र उनकी सुपुत्री जगतजननी सीता नेपालका अग्रणी राष्ट्रिय विभूति रहेकोबाट समेत यो छर्लङ्ग हुन आउँछ तर मैथिली भाषासहितको विकासको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा हरिसिंहदेवको १३२४ ई. मा आगमनपश्चात् कर्णाट शासनकालमा मैथिली भाषा-साहित्यका विद्वान्, कवि, साहित्यकार आदिले पर्याप्त आदर प्राप्त गरेका थिए ।
अमेरिकाको रहर
आफ्नो देशमा सुव्यवस्थित कल्याणकारी शासन व्यवस्था नभएकोले हाम्रो देशका कैयौँ उत्साही युवाहरू काममाम र शिक्षाको खोजीमा विदेश पलायन भइरहेछन् । यसमा अमेरिकाको रहर बोकेर मरिमेट्नेहरूको लाम निकै ठूलो पाइन्छ । यहाँ एकाबिहानै उनी आउनुको आशय मलाई लाग्यो- सायद मेरो परिवार अमेरिका पुगेको र धेरै समयदेखि उतै बस्तै गरेको खबर उनलाई कसैले दिएर सो आशामा उनी मलाई भेट्न आएका थिए क्यार । मेरो उत्तरले उनी सन्तुष्टिसाथ बिदा भए । यसपछि भेटघाट, कुराकानी केही छैन । सायद उनका छोरा पोखरातिर नै कतै सानोतिनो काम गर्दैछन् क्यार।
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा
गत महिना झन्डै तीन हप्ता अस्पतालको ओछ्यानमा ढल्नु पर्यो । जीवनलाई नजिकैबाट सुमसुम्याउन पाइने यस्तो अवस्था सामान्यभन्दा फरक हुन्छ नै । बिमारी भेट्ने नाममा अनेकौँ आफन्त र आफन्त भै टोपल्नेहरू आउँछन् । भीडै लाग्छ । भावनासँग जोडिएका आफन्तहरू, साखुल्ले दरिनुपर्ने कुटिलहरू, गुलामी गर्नुपर्ने चाटुकदारहरू, कूटनीतिक सम्बन्ध कायम गर्नुपर्ने चतुरेहरू, तोडिएका सम्बन्ध जोड्नुपर्ने बिमित्रहरूलाई बहाना मिल्छ । टुटेका सम्बन्द जोडिन्छन् भने भैराखेकाहरू अझ खँदिला हुन्छन् । पराई र आफन्तबीचको सीमाङ्कन कोरिन्छ ।
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू
कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । बुझी नसक्नु । रूपान्तरण-परिवर्तन । रूपान्तरणकै क्रममा परिवर्तन भेटिन्छ । कहिले खुट्टामा म, मेरोमा खुट्टा कहिले । खुट्टामा हिँड्ने उसित ऊ हिँडिरहन्छ खुट्टासितै । उसको खुट्टा हो या ऊ खुट्टाको ।
शैशवका तीन पुस्ता
म जन्मिएको ८६ वर्ष पूरा हुन लाग्यो । म पछिका पनाति र पनातिनी गरी तेस्रो पुस्ता चलिरहेछ । केही दिन भयो मेरो नातिनी ज्वाइँसित कुरा हुँदै थियो । आफ्ना साढे दुई वर्षको उमेरका बम्बई छँदाका सम्झनाहरू बारे चर्चा गरेँ । ती सम्झनाहरू मेरो मस्तिष्कमा ताजै छन् तथापि आजका शिशुहरूका सम्झनासित दाँज्दा आजका शिशुहरू कति फरक र उमेरअनुसार पाका चिन्तनमा पुगेका रहेछन् भन्नेबारे हाम्रा चर्चा चल्दै रहे ।
- « Previous
- 1
- 2