गत महिना झन्डै तीन हप्ता अस्पतालको ओछ्यानमा ढल्नु पर्यो । जीवनलाई नजिकैबाट सुमसुम्याउन पाइने यस्तो अवस्था सामान्यभन्दा फरक हुन्छ नै । बिमारी भेट्ने नाममा अनेकौँ आफन्त र आफन्त भै टोपल्नेहरू आउँछन् । भीडै लाग्छ । भावनासँग जोडिएका आफन्तहरू, साखुल्ले दरिनुपर्ने कुटिलहरू, गुलामी गर्नुपर्ने चाटुकदारहरू, कूटनीतिक सम्बन्ध कायम गर्नुपर्ने चतुरेहरू, तोडिएका सम्बन्ध जोड्नुपर्ने बिमित्रहरूलाई बहाना मिल्छ । टुटेका सम्बन्द जोडिन्छन् भने भैराखेकाहरू अझ खँदिला हुन्छन् । पराई र आफन्तबीचको सीमाङ्कन कोरिन्छ । बिरामी स्वयं पनि आवेग र भावनामय हुने हुँदा उसलाई पनि जीवन र जगत्को समीक्षा गर्ने अवसर मिल्छ । पुनरताजगी हुने यो बेला मान्छे अत्यन्तै भावुक र मानवीय हुन्छन् । अझ आदर्शवादी पनि बन्छन् । कयौँ विषयको प्रायःश्चित गर्छन् । समय घर्केकोमा अधुरा कार्यप्रति चुकचुकाउँछन् । कयौँले अस्पताल शय्याबाटै अन्तिम बकसपत्र र बकपत्र कोर्दछन् पनि ।
जीवन आशा हो । रिचार्ज गरेर र्फकन्छु वा आफन्तलाई फर्काउन सकिन्छ कि भनेर पुनरजीवनका लागी अस्पताल गइएको हुन्छ, लगिएको हुन्छ । त्यस्तै म पनि शरीर मर्मत गर्ने कारखाना पुगेको थिएँ । धामी, झाक्री, मसान, पिचास, देवी, देवता, ईश्वर र सैतानको अस्तित्वको बदला विज्ञानमाथिको विश्वास र वैज्ञानिक प्रतिको भरोशाले नै जसरी अरूहरू अस्पताल जाँदाहुन त्यस्तै म पनि त्यहाँ पुगेको थिएँ । मर्मत कारखानाका मिस्त्रीको आधुनिक कोठामा पुग्दै मेरो विश्वासमा गम्भीर ठेस लाग्यो । त्यहाँ लेखिएको रहेछ -“उपचार हामी गर्छौँ, ठीक ईश्वरले पार्नुहुन्छ ।” आफैँप्रति विश्वास नभएका मिस्त्रीहरूलाई -डाक्टर) म जीवन सुम्पिदै थिएँ । अपरेसनको लागि भाइले मेरो जिन्दगीको राजीनामा लेखिदियो । एउटा रोग सोचेर गएको त परीक्षणमा अर्काे पो देखियो । यो आध्यात्मिकताको करामत नभई वैज्ञानिक अनुसन्धानको उपलब्धी थियो । साँच्चै नहो ……थाहा नपाउनु नहुनु हुदोँ रहेनछ ।
मेरा लागि त्यहाँ अनेकौँ भावना पोखिए । नाममा जोडिएको हिब्रुभाषी उपनामलाई मानिसहरू पतरस अथवा क्रिष्तानहरूको सेण्ट पिटरको रूपमा त बुझ्ने भए तर शब्दार्थ चट्टानको रूपमा भने कसैले पनि लिएनन् । लिँदैनन् पनि । परिचय पनि मसँगै. जीवनयात्रामै थियो । त्यसैले नै अनेकौँ प्रश्नको जवाफ तयार हुनुपथ्र्याे, भने मिसिनरी नामकै कारण अस्पतालका पादरी, डाक्टर र स्वास्थ्यकर्मीहरू मेरो लागि प्रार्थना गर्न थाले । उनीहरूका धार्मिक जिज्ञाशा र विश्वासको अनेकौँ तर्कपूर्ण जवाफ दिनुपथ्र्याे । धर्मप्रतिको धारणा जस्तो एउटा विज्ञान अनुयायीले राख्छ मेरो मान्यता पनि त्यस्तै हो भन्ने भनाइले उनीहरू त्यति उत्साही बन्न सकेनन् । पादरी र विश्वासीहरूलाई झन् ठेस लाग्यो । अन्ध-आस्थामाथि विवेकपूर्ण तर्कले विजय पाउन सकेन भने एउटा वैज्ञानिक पनि कसरी अवैज्ञानिक भूमिकाबाट गुजि्रन्छ भन्नेकुरा आधुनिक समाजका शिक्षित व्यक्तिहरूलाई नियालेमा जे देखिन्छ त्यस्तै त्यहाँ पनि देखिन्थ्यो । म सूक्ष्मरूपले हविगत र चर्तिकला पनि नियालिराखेको थिएँ । उनीहरूको विश्वासमा म सैतानले ग्रसित मान्छे हुँदो हुँ । उपचारबाट निको तुल्याउनुभन्दा पनि सैतानबाट छुटकारा दिलाउनु पहिलो धार्मिक कर्तव्य सोच्दथे उनीहरू । जसरी हरेक आध्यात्मवादीहरू मानवीय अध्ययनको उपलब्धी र कमजोरी, प्राकृतिक अनिवार्यताको गुण र दोषको जस र अपजसहरू अदृश्यशक्तिलाई नै दिएर उम्कने गर्छन् त्यहाँ पनि त्यस्तै भैराखेको लाग्थ्यो । यी मिसिनरी अस्पतालको मात्रै कुरा हैन अन्यन्त्रका आधुनिक शिक्षण संस्था, अस्पताल र प्रयोगशालाको अवस्था पनि त्यस्तै हो ।
सामन्यजनलाई असहाय भएको बेला साहारा खोज्नु र अझ त्यस्तोबेला परभौतिक शक्तिप्रति आशक्ति र भरोशा जाग्नु स्वाभाविक हुन्छ । त्यस्ताबेला भावनात्मक माया र सेवादिने मान्छेप्रति झन् सम्मान बढ्नु र उनीहरूकै अनुकरण गर्नु स्वाभाविकै हुन्छ । यही मानवीय संवेदनाको पाटोलाई समातेर धर्मान्तरण प्रक्रिया दुनियामा चलेको पाइन्छ । धर्मान्तरण कालान्तरमा सांस्कृतिक अतिक्रमणमा फेरिन्छ । लोभ, लालच, अप्ठेरोमा सहयोग र सुविधाको चाहाना त्यसका कारक बनेका हुन्छन् । अर्कातर्फ वैज्ञानिकहरू पनि आफ्ना योग्यतामा विश्वास र भर पर्नु भन्दा पनि मनोवैज्ञानिक त्रासबाट गुजि्रराखेका हुँदा अवैज्ञानिक आचरणमा देखिन्छन् । त्यसैले विज्ञानका आविष्कारहरू स्वयं विज्ञान विरोधी भूमिकामा प्रयोग भइराखेको समेत देखिन्छ । आधुनिकता र आध्यात्मिकताको घोलमेल हुँदा ठिमाहा सोच र भूमिका जसरी उन्नत देशहरूमा देखा पर्दैछ त्यस्तै हामीहरू पनि अछुतो छैनौँ । अहिले आध्यात्मिकता आधुनिक समाजमा बजार संस्कृतिको क्रूर प्रतिष्पर्धाले जन्माएको निराशा र सामाजिक त्रासबाट उन्मुक्तिको साधन बन्दै गएको छ । त्यसैले पनि अहिले कयौँ वैज्ञानिकहरू अवैज्ञानिक भूमिकाबाट गुजि्रराखेका छन् । ं
निष्त्रिmय जिन्दगीको पट्यार लाग्दो अवस्था हो बिछ्याउना बास । मैले पनि त्यहाँ अनेकौँ प्रश्न र जिज्ञाशाको सामना गर्नुपर्यो र ती तपसिलका हरफमा अन्तस्करणका आवाज बने ।
नामले त इसाई जस्तो लाग्छौ…….
नाम त भीडबाट अलग्याउने सम्बोधनबाहेक के नै हो र!
मर्म र ओजन अथवा सन्देश केही हुँदैनन् र ?
हुन सक्छन् । अभिभावकहरूका आशा, भरोशा र विश्वास जोडिएका हुन्छन् । जुनबेला नाम दिइएको हुन्छ नामधारी अवोध बालकले न त त्यसको अर्थ लगाउन सक्छ न त स्ांवेदना नै बुझ्न । सबै नामले दिने मर्म, भाव, ओजन, अपेक्षा र सन्देश के, कहीँ र कतै पूरा भएका छन् र! हरेक नामले समय गुजार्दै जाँदा मात्र एउटा चरित्र निर्माण गरिराखेको हुन्छ र त्यो कालान्तरमा प्रतीक बन्न पनि
सक्छ ।
जन्म नि…….
हरेक प्राणीझैँ योजनामै पैदायिस भएको हैन मेरो । पुत्र प्राप्तिका कारण आमाले सौता पाउन परेन । औताली परेन छ, वंशमा । पितृहरूले ‘वैतरणी तर्न’ पाएछन् । प्रथम प्रहर धरतीमा आँखा खोल्दा मौन भएपछि परिवेश आत्तिएछ । तब मलाई चिमोटेर चिच्याउन बाध्य पारियो अरे । जब म चिच्याई-रोएँ, तब सबै हाँसेछन् अरे । प्रसव वेदनाले छटपटाएकी जननी पनि खुसी हुनुभएछ । । जन्मिदा जिउँदा सहिद श्रीपेच मुनि प्रजातन्त्रको अभ्यास गर्दै रहेछन् र कम्युनिस्टहरू पनि राजतन्त्रका छाहारीमा वर्ग सङ्घर्ष गर्दै रहेछन् ।
न्वारन नि ?
अस्वीकृत गरिदिएँ मैले । आप्fm्नै खाले जीवन रमाइलो लाग्यो मलाई तर यसको अर्थ्ा जन्मदातालाई आदर गर्दिन भन्ने चाहिँ हैन है । जसले जीवन र जगत्लाई हेर्ने, बुभ्fm्ने र अनुभूत गर्नै अवस्थामा पुर्याउनुभयो- कसरी अनादर गर्न सक्छु र ? उहाँहरूलाई ।
उत्तराधिकारी र नाताबारे…..
आर्थिक हकवाला जो पनि हुन सक्छन्, उपलब्धिका दावी पनि गर्न सक्छन् । जहाँसम्म संवेदना, विचार र साँस्कृतिक उत्तराधिकारीको प्रश्न हुन्छ त्यो कसैको कसैले पनि दावी गर्न सक्दैन र हुनै सक्दैन । अझ सभ्यताको विकासक्रममा त्यसै ओजन र मर्म न त कसैले थेग्न सकेका छन् र हुन्छन् न त दावी न्ौ गर्न सक्दछन्, पेसागत उत्तराधिकारी हुन सक्लान् । राजाको छोरो राजा र जिम्वालको छोरो जिम्वाल तर मानवीय मर्मका कोही पनि उत्तराधिकारी हुँदैनन् ।
धर्मबारे नि……?
समाज विकासको तत्कालीन परिवेशमा भावनात्मक एकताको सूत्र । मनोआतङ्क मुक्तिको शीर्षक । प्राकृतिक विपदासँग जुझ्ने इच्छाशक्ति । जबसम्म आधुनिक राज्यको व्यवस्थित सञ्चालन भइसकेको थिएन तबसम्म सामाजिक कानुनको हैसियत । अब भने जिज्ञाशाको अन्त र अन्धविश्वासको सुरुवात, मानवीय पौरखको अवमूल्यन अथवा अनभिज्ञता । साथै तर्कको अन्त्येष्टी पनि ।
आदर्श…..
बहुजन हिताय-बहुजन सुखाय ।
सपना देख्ने गरेका छौ ?
के सपना नदेख्ने मनुवा पनि हुन सक्छ र! जहाँ सपना सकिन्छन् त्यहाँ जीवन पनि रित्तिन्छ र सकिन्छ । ग्ाति अवरोध हुन्छ । चाहना मर्दछन्, विकास प्रक्रिया रोकिन्छ । बाँच्नुको न त कुनै अर्थ रहन्छ न त तात्पर्य न्ौ । चेत विहीन शरीर त लाश होनि Û
अध्ययन बारे ……
जान्नु, बुझ्नु, अनुभूति गर्नु । ज्ञानको सूक्ष्म चक्ष्यु उघार्दै अरूका पनि अनुभूति चाख्ने अवसर ।
लेख्नुको अर्थ…..
शब्दको सार्वभ्ाौम मर्म अभिनन्दन गरेर मन-मस्तिष्क निचोर्दै इतिहासको कठघरामा उभिएर कलम समात्दै वकपत्र दिनु । विज्ञानका भाषामा युगिन हुँदै प्रकृतिसँग धित मारेर बात मार्नु । औपचारिकतामा कैद नभई हृदयलाई छताछुल्ल पारेर समकालीन समाजको अग्रगामी सोचहरू भावी सन्तानलाई हस्तान्तरण गर्नु । कनेर नबोलेका कुराहरू कुथेर नलेख्नु ।
बुद्धि र ज्ञान…..
सापटी, चातुर्य र युगीन दायित्वबोध ।
सुख र दुःख….
सोच्दछ दिमागले, भोग्छ शरीरले ।
सिर्जना …..
मानव मस्तिष्कको चर्तिकला ।
सनातन र विद्रोही
विलासी जिन्दगी र आदर्शको जिज्ञाशा-त्यसको मूल्य भुक्तानी ।
खतरा….
सामना गर्न नसक्नेका लागि अन्त्येष्टी
जीवन….
कोरा कागज । सौन्दर्य सम्मिश्रणको अनुपम सङ्गालो । जिज्ञाशा र जिम्मेवारीको अनौठो संयोग ।
मृत्यु……
समय समी
