Skip to content

मधुपर्क २०६७ मंसिर

युगबोधको सार्थक कृति

  • by

नेपाली साहित्यका विशेष गरी कविता र गीत सिर्जनाका क्षेत्रमा रामेश्वर राउत मातृदास चर्चित प्रतिभा हुन् । राष्ट्रियता, प्रकृति र मानवतालाई केन्द्रमा राखेर सिर्जनसाधना गर्ने राउतको ‘ढुङ्गाको बीउ’ पछिल्लो प्रकाशित कृति हो ।

गजल सिद्धान्तको उपयोगी पुस्तक

  • by

नेपाली साहित्यमा गजलको प्रवेश गराउने आदिसाहित्यकारका रूपमा युवककवि मोतीराम भट्टको नाम लिइन्छ । उनले बनारसमा लामो समयसम्म बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसीजस्ता भाषाको अध्ययन गरेर गजल विधामा कलम चलाएका थिए र गजलको मूलधर्म शृङ्गारिकतालाई उनले मलजल गरेका थिए ।

कुहिरो र घोडचढीहरू

  • by

नेपाली साहित्यका कथा, उपन्यास, शब्दचित्र, निबन्ध, समालोचना र सौन्दर्य चिन्तनका साधक ऋषिराज बराल प्रगतिवादी साहित्यकार, राजनीतिज्ञ र कुशल प्राध्यापक हुन् । उनका बीसभन्दा बढी विविध विधाका कृतिहरू प्रकाशित छन् भने ।

सार्थक प्रयास

  • by

नेपाली साहित्यलाई समृद्ध तुल्याउन यस साहित्यमा भए गरिएका उत्कृष्ट उपलब्धिहरू अन्य भाषा संसारसम्म पुर्‍याउनु र अन्य भाषाका अजम्बरी निधिलाई नेपाली भाषामा ल्याउनुपर्ने टड्कारो चेतनाको तीब्र अनुभूति अहिले गरिँदैछ । जबसम्म हामीले अन्य भाषाका चिर उपलब्धिहरूलाई ग्रहण गरेर आफ्नो भाषामा रूपान्तरित गर्न सक्तैनौं तबसम्म हामीले आफ्नो सिर्जनात्मक धरातलको भूगोल नापेर आफ्नो औकातको असली आँकलन गर्न सक्तैनौं भन्ने भावाधिवोध सघनरूपमा बढिरहेको बेला श्याम प्रधानद्वारा अनुदित प्रेमचन्दका उत्कृष्ट कथा प्रकाशित हुनु एउटा ठोस र प्रेरणादायी सत्कार्य हो ।

एउटा बहुमूल्य काव्य कृति

  • by

कवि रामबाबु सुवेदी नेपाली काव्य विधाका मूर्धन्य प्रतिभा हुन् । कविता र बालसाहित्यमा समान किसिमले कलम चलाउन सफल यिनका एक्काइस ओटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् । सरल, सहज र मर्मस्पर्शी किसिमबाट कुनै पनि विषयको प्रस्तुति दिनु कवि सुवेदीको विशेषता हो ।

शिखर कलाकार ः हरिप्रसाद रिमाल

  • by

‘शिखर कलाकार हरिप्रसाद रिमाल’ नामक पुस्तकमा हरिप्रसाद रिमालको जीवनी, व्यक्तित्व र कलाकर्मलाई समेटिएको छ । पुस्तकलाई परिचय, शब्दचित्र, लेखकसमीक्षा, अन्तर्वार्ता, आत्मकथन र मूल्याङ्कन गरी ६ भागमा बाँडिएको छ । यस कृतिको सम्पादकमा डा. मोहनहिमांशु थापा र कृष्ण शाह यात्री रहेका छन् ।

थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

  • by

साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् ।

अप्ठेरो शीर्षकमा रोचक नियात्रा

  • by

निबन्धकार सुनिल पौडेलको पछिल्लो कृति ‘काएगोको देशमा केही दिन’ हालै बजारमा आएको छ । नियात्रा मानव जातिले यायावरी युगसँगै हुर्काएको सम्झनामूलक वृतान्तको यात्रासाहित्य बनेर आएको छ । घुमन्तेका पदचापसँगै मनस्ताप, प्रवृत्ति र परिवेश, परिकल्पना र पीडा, आनन्द र अनुभूति वर्णन गर्दै भाषाको चित्रात्मक प्रस्तुति अथवा चित्रको भाषागत प्रस्तुतिमा व्यक्त हुने यात्रा साहित्यलाई विवरणात्मक, वर्णनात्मक अनुभूतिपरक साहित्यको रूपमा पनि हेर्ने गरिएको छ ।

कर्तव्यले गाँजेको जिन्दगी

  • by

लौ आयो हजुर ताजा ताजा तरकारी……प्रभात फेरी लगाए जस्तै हरेक विहानी सुनिने आवाज हो यो । उसको यो आवाजले मलाई खाना पकाउने समयको आभास हुन्छ । ठीक खाना पकाउने समयमा ऊ आई पुग्छ । उसको आवाज र आगमनसँग कुनै अदृश्य सम्बन्ध गाँसिएजस्तै कुनै दिनको अनुपस्थितिले मात्र पनि कताकता असजिलो र केके नपुगेको महसुस हुन्छ । तराई-मूलको एक बृद्ध सधैँजसो घरअगाडि आएर आवाज दिन्छ ।

कथाकारहरूको कथा

  • by

“ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् ।

“त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई महान् आख्यानकारमा दर्ज गराउन तम्सिएको छ । त्यस्तो पनि कथा हुन्छ ।” मात्तिएको स्वरमा अलि प्रौढ देखिने अर्को कथाकार ।