Skip to content

मधुपर्क २०६७ मंसिर

नाङ्गो सहर र नाङ्गा मान्छेहरू

  • by

यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती नाङ्गिनु, अनकन्टार जलकुण्डमा पौडिखेल्दा नाङ्गिनु, सानासाना नानीहरू नाङ्गिनु कुनै नौलो विषय होइन श्रीमान् । यहाँ त दिनदहाडै सहर नाङ्गै उभिएको छ । के हामी नग्न सहरको गुप्त अङ्ग हेर्ने नानीहरूका आमा हौँ श्रीमान ?

समयका पखेटाहरू

  • by

मदनलाई मेडिकेयर अस्पताल चाँडै पुग्नु पर्ने थियो । नेपालगञ्जबाट बिरामी मामालाई त्यहाँ ल्याइएको रहेछ । सातदोबाटोबाट मदन माइक्रोबसमा चढ्यो । मनमा कुरा खेलाउँदै एक सुरमा रहेको बेला – नमस्ते मदनदाइ ! – यौटा नारी आवाजले झस्काई दियो । उसले देख्यो – आफूसँगैको सिटमा बसेकी यौटी अधवैंसे महिला आफूलाई नमस्ते मुद्रामा हाँसिरहेकी थिई ।

हात्तीवाङ्-खालीहात नजानोस्!

  • by

मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण फोक्सो लैताकको उकालो सम्भिmँदैमा काम्न थाल्नु अनौठो कुरो हुँदैनथ्यो तर मानिसलाई अवस्था र बाध्यताले नै हो लैताकको उकालो चढाउने पनि ।

परियोजना

  • by

गोप्य प्रतिवेदन बीस पन्ना लामो थियो तर सार भने भने पेज नम्बर एकमा नै ‘अन्डरलाइन’ गरी रातो मार्करले रङ्गाइएको थियो । अन्डरलाइन गर्नु र रङ्गाउनुको अर्थ के थियो भने दाताहरूले पूरै प्रतिवेदन पढ्ने झञ्झट बेसाउनु नपरोस् । रिपोर्टको मजबुन पढेर प्रतिवेदकहरूले भन्न खोजेको कुरा पत्ता लागिहालोस् भन्ने पनि हुनुपर्छ । प्रतिवेदनमा उल्लिखित बुँदाहरू यस्ता प्रकारका थिए ।

म रोबर्ट

  • by

मानव जीवन संगीतकै साथमा जन्मछ र संगीतकै साथमा अस्त पनि हुन्छ । धर्तीलाई स्पर्श गर्नासाथ बालक सर्वप्रथम रुन्छ । त्यो एक प्रकारको संगीत नै हो । मानिस मर्दा पनि रामनाम सत्य हो भन्ने महामन्त्र जप्दै दाहसंस्कारमा लगिन्छ । त्यो पनि संगीत नै हो । यी दुबै कुराले संगीतलाई सूत्रात्मक तवरले बाँधेको भने पाइन्न किनभने यसको आयाम वृहत् हुन्छ । आजसम्म संसारमा जन्मेका स्वस्थ बच्चा नरोई रहन सकेका छैनन् । त्यस्तै मृत्युसंस्कारमा संगीतको गुञ्जायमान नगरी अर्थीको दाहसंस्कार गरिएको पाइन्न । जीवन नै संगीतले बाँधिएको छ । कोइलीको सुरिलो र कोमल आवाजलाई मन पराएर नै उक्त पक्षीलाई सबैले मन पराएका हुन् । मयुर त सुन्दर पक्षी हो तर यसले आफ्नो सौन्दर्यताभन्दा उत्तम तवरले नृत्य देखाउँछ जसले सबैलाई चकित तुल्याएको हुन्छ । कोमल र सुरिलो स्वर भएका मानिसलाई सबैले मन पराउनुको तात्पर्य पनि संगीतकै हात भएकाले हो । खराव कुरा पनि मीठो भाकामा र स्वरमा भनियो भने मीठै लाग्दछ । यी सम्पूर्ण वास्तविकताहरुमा संगीतको लोकप्रियताको भूमिका छ । मानव सभ्यताको विकासपूर्व या नि मानव भाषाको विकास अघिदेखि नै संगीतको विकास भएको विचार विद्वान् मैक्समूलरको छ । यस कुरालाई काट्ने ठाउँ कतै छैन ।

साहित्यिक पुरस्कार र पद्मश्रीको शाख

  • by

बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि भाषासाहित्यको क्षेत्रमा दिइने पुरस्कार र सम्मानको सङ्ख्या अकल्पनीय रूपमा बढेका छन् । व्यक्तिगत रूपमा पुरस्कार दिने परम्परा निकै अघिदेखि चल्दै आएको भए पनि संस्थागत रूपमा भने वि.सं. २०१० बाट सुरु भएको पाइन्छ । नेपाल भाषाका साहित्यकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पाटनका उद्योगपति एवं समाजसेवी स्वयम्भूलाल श्रेष्ठले स्थापना गरेको ‘श्रेष्ठ सिरपा’ पुरस्कार नै नेपालको पहिलो पुरस्कार हो ।

रघुपति चौधरीको सपना

  • by

म एउटा मान्छेलाई सदैव सम्झिरहन्थेँ । ती मेरालागि ‘एउटा मान्छे’मात्र थिएनन्, मेरा जिज्ञासायुक्त, उत्सुक र चञ्चले बाल्यकाललाई रोमाञ्चकता दिलाउने सहयात्री पनि थिए । मलाई घरिघरि तानिरहन्थ्यो त्यही कुराले । अर्थात् बाल्यकालमा मैले चिनेका, छामेका र जानेका ती व्यक्ति कता होलान् ? जीवनको विहङ्गम यात्रामा कुन गोरेटोतिर ती व्यक्तिले पाइला चाल्दै होलान् ? साँच्चै, कुन भूगोलको हावापानीसित लुकामारी खेल्दै बसिरहेका होलान् ती व्यक्ति ? यस्तै-यस्तै जिज्ञासाका तरङ्गहरू उदाइरहन्थे मभित्र । ती मान्छे रघुपति चौधरी थिए ।

परमआनन्द, जीवन र गायत्री मन्त्र

आनन्द र जीवनको अन्योन्याश्रति सम्बन्ध छ । जिउने कला जान्नका लागि आनन्द प्राप्त गर्न जान्नुपर्दछ भने आनन्द प्राप्त गर्नका लागि अध्यात्म चिन्तनलाई भौतिक विज्ञानसँग समायोजन गर्न आवश्यक पर्दछ । प्रकृति भौतिक विज्ञानको स्रोत तथा अधिष्ठान हो । मूल वेद-ऋग्वेदलगायतका ४ वेदहरू, बेदान्त विज्ञान हेर्दा यो यथार्थमा बाँच्ने कला सिकाउने प्रकृति प्रधान तथा नित्यकारी उपायहरूको खानी रहेको पाइन्छ ।

लिपिको उत्पत्ति र विकास

  • by

मानव जीवनसित नङ र मासुजस्तो अभिन्न सम्बन्ध भएको एउटा पक्ष लिपि हो । लिपिको माध्यमबाट नै मानव-मानवबीचमा आफ्नो भाव, अनुभूति संप्रेषण हुन्छ । यसबाट मानव सभ्यताको विकास हुन्छ । वास्तवमा लिपिको उत्पत्ति र विकासबाट नै मानव सभ्यताको इतिहास आजको युगसम्म पुग्न सकेको हो ।

प्लास्टरको पीडा

  • by

तन ठीक नभए मन पनि ठीक हुँदो रहेनछ र मन ठीक नभए तन पनि ठीक हुँदो रहेनछ, अनि तन र मन दुबै ठीक नभएपछि त झन् अरू केही पनि ठ्याम्मै ठीक हुँदोरहेनछ । अहिले आजका मितिमा म त्यही दशा भोगिरहेको छु । साँच्चै शारीरिक दुर्दशाले उब्जाएको मानसिक दुर्दशा अनि यी दुबै दुर्दशाले संयुक्तरूपमा जन्माएका यावत दुर्दशै दुर्दशा तर जे-जस्तो र जतिसुकै दुर्दशा आइलागे पनि जीवन त आखिर बाँच्नै पर्दोरहेछ, रोएर होस्, हाँसेर होस् वा रुञ्चेहाँसो नै हाँसेर किन नहोस् ।

दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

  • by

मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु तर मस्कोको मेट्रोसँग अहिले पनि कसैको तुलना हुनसक्छ जस्तो मलाई लाग्दैन । मस्को मेट्रो चढाउने र घुमाउने जिम्मा चाहिँ मेरै नाति प्रद्युम्न नेपालको भागमा परेको रहेछ ।

संवेदनाको कङ्क्रिटमा उभिएर

  • by

जब म झ्यालबाट बाहिर चिहाउन खोज्छु, सिमेन्टका बाक्ला जङ्गलहरूमा ठोक्किएर दृष्टि आफैँतिर फर्किन्छन् । कुनै बेला यही राजधानीलाई भानुभक्तले ‘अमरावती कान्तिपुरी नगरी’ भनेर स्वर्गको पनि शिरमा राखेका थिए । आज यो अमरावती धूँवा, धूलो र अनेकन प्रदूषणभित्र निसास्सिएर क्षयरोगी भएको छ । मान्छे त छन्, त्यसैले यसलाई बस्ती नभन्नु सार्थक नहोला तर मानिसभित्रको संवेदना अब राजधानीले समाहित गर्न नसक्ने भएको छ । राजधानी अब मानिसको चेतना र भावनाबाट बिस्तारै पाषण स्वभावमा रूपान्तरित हुँदैछ ।

उत्तराखण्डका चारधाम घुम्दा

बद्री, केदार, गङ्गोत्री र जमुनोत्रीलाई उत्तराखण्डका चारधाम भनिन्छ । पानी परेर पहिरो जानथालेपछि आवागमन अबरुद्ध हुने भएकोले गङ्गोत्री, जमुनोत्रीको यात्रा अति नै विकट हुँदोरहेछ । जेठको २२ गते र असारको २६ गते प्रस्थान गरेर दुई पल्टसम्म प्रयास गर्दा पनि बद्री, केदारभन्दा अगाडि जान नसकिएकोले हाम्रो चारधाम गर्ने धोको पूरा हुनसकेको थिएन ।

मिथिलाका चाडपर्व र तिनको वैशिष्ट्य

  • by

कुनै पनि संस्कृतिको आश्रयस्थलबारे अनुसन्धान गर्नलाई त्यहाँका चाडपर्वहरू केलाउनुपर्ने हुन्छ । हाम्रा सोच, शैली, संवेदनाहरू मुख्यतया चाडपर्वमै मुखरित भइरहेका हुन्छन् । यसकै माध्यमबाट समाजमा स्नेह, सौहाद्र र सद्भावलाई निरन्तरता दिने र नवीकरण गर्ने काममा मानिसले सफलता पाउँदै आएको देखिन्छ ।