Skip to content

मधुपर्क २०६८ साउन

विवेक

  • by

स्थान टुँडिखेल छिर्ने पश्चिम गेट । ओभर हेड बि्रजको अलिकति उत्तर । एउटा फोहोर फाल्ने कन्टेनर सधैँ हुन्छ नि ! हो, त्यसैको नजिक । पारिपट्टि वीर अस्पताल पनि छ । अब त ठाउँ पत्तो पाउनुभो हैन ?

एउटा चराको प्वाँख

  • by

राजकुमार ब्यूँझेर पनि उठेको छैन । सिरकले गुटुमुटिएर ओछ्यानमा नै पल्टिरहेको छ । अघिसम्म ओछ्यानको भित्तापट्टि श्रीमती थिई । हत्तारिएर उठी । सुट लगाई । ऐनामा हेरी । आकर्षक देखिई ।

भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

  • by

डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ ।

आस्था र विश्वासको उदाहरण

  • by

बिहान ४ बजेको ट्रेन थियो । एसीवाला डिब्बा, पैसा अनुसार जनरलको भन्दा सुविधा सम्पन्न हुदोरहेछ । खाना पनि राम्रो दिँदोरहेछ ।

अतिरिक्त मूल्य

  • by

आमा हुनुको मूल्य कति हो ? मैल कहिल्यै मेरी आमालाई सोधेकी छैन । न अरू आमाहरूलाई नै सोधेकी छु । ती आमाहरूले अरू आमालाई पनि पक्कै सोधेका छैनन् यो प्रश्न । अनि न म आमा भएर यो मूल्यको निर्धारण गर्न सकेकी छु ।

भवानी घिमिरेसँग बिताएका केही क्षण

  • by

म जोरपाटी गा.वि.स. कार्यालयको अध्यक्षको हैसियतले सेवाग्राही जनताहरूसँग छलफल गर्दै थिएँ । मैले कहिले काँही टेलिभिजनको पर्दामा झल्याकझुलुक देखेको अग्लो फूर्तिलो कमिज-सुरुवाल, स्टकोट लगाएर शिरमा नेपाली ढाका टोपी लगाएको पाको मान्छे मेरो अगाडि उभिएर “नमस्कार अध्यक्षज्यू,” भनेर हात मिलाउन अघि सर्नु भयो ।

नियति : बुद्ध र बासु शशी

  • by

भखैरै कवि बासु शशीको ७५ औँ जन्मजयन्ती मनाइयो र केही साहित्यकारहरूलाई पुरस्कृत-सम्मानित गरियो । शशीको निधनपछि स्थापित ‘बासु शशी स्मृति प्रतिष्ठान’ले वाषिर्करूपमा यो कार्यक्रम गर्दै आएको छ ।

चाडबाड मनाउने विशिष्ट शैली र देवताहरू

  • by

एकपटक साउने सङ्क्रान्ति (२०४१) को बेला कर्णाली अञ्चलको सदरमुकाम जुम्लाको खलङ्गा बजारमा उपस्थित हुने संयोग पर्‍यो । त्यहाँ मण्डारक राक्षसको भव्य पूजा भएको देखेँ ।

अतिथिदेवो भव

  • by

निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन् हो संस्मरण । यो उत्खनन् कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ ।

मैथिली लोकगाथा र नेपाल भूमि

  • by

सम्पूर्ण मिथिलाञ्चलमै नेपालको मिथिलाञ्चलको मैथिली लोकगाथासँग सम्बन्धित भाग बढी भएको पाइन्छ । यसको प्रमुख कारण यस क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक घटनाचक्रहरूसँग सम्बद्ध हुनु नै हो ।

बराहक्षेत्रका महिमा गायकहरू

  • by

हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि ।

तानसेन रमाइलो डाँडा

  • by

‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार ।

कविताको शक्ति र नेपाली कविता

  • by

साहित्यको इतिहासमा कविताको सुदीर्घ परम्परा रहेको छ । पूर्व र पश्चिम दुवैतिर यसलाई साहित्यको सर्वप्राचीन विधा मानिन्छ ।