डुबेर त्यो नजरमा
डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ
डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ

गन्तव्य मेरो टाढा छ
त्यहाँ लैजाने नत कुनै गाडा छ
हिडेर जानू छ
नत कोही सहारा छ
तैपनि बाटोभर कठिनाइको बहार छ ।
नाक मुख तथा आँखा, कान त्वचा खुराक हुन्,![]()
![]()
स्वादिष्ठ मनका मीठा, यिनै विश्व नचाउँछन् ।
स्पर्शले बताउँछ कि नियत कस्तो हो ?
ठक्करले बताउँछ कि ध्यान कस्तो हो ?
आँसुले बताउँछ कि पीडा कस्तो हो ?
फोक्सोलाई बेलैमा प्रदूषणले गलायौं
कलेजोलाई कमसल, कमजोर बनायौ
दाँतलाई अगारको रूपरङ्गसँग सटायौं
आफ्नै मतिले काललाई चाँडै बोलायौ

पात पनि फूल जस्तै भएका लालुपाते अनि
लटरम्म फलेका च्युरीका बोट देख्दा
मनमनै सोचे
बैँस त सबैलाई आउने रहेछ नि!

हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।

समयले बाँधिरहेछ
म भाग्यका खुड्किला चढिरहेछु
दैदिन्न संसारमा महक छ
म कतै तुच्छ बनिरहेछु
कालरूपी भाइरसको परी संङ्क्रमणमा
हामी हप्ता दश दिनको अन्तरालमा
प्रवेश गरिसक्यौँ, हामी यमलोकमा

दिगन्त सारथि
प्रेमिल मुस्कान
कुनै नफक्रेका फूलहरूका बास्ना
खोल नहालिएका सिरकहरू
पुल नबनाइएका खोलाहरू

समदृष्टि समभावमा बाँच्न सिक्ने हो
मायाको कुनै सीमा बाध्यता हुदैन
हर लोकमा हुन्छ मधुर भाव
हो जस्को सम्झनाले मात्र
अलौकिक आनन्द दिन्छ
म अँध्यारो हुँ रङ्ग मेरो कालो
सन्तान प्रकृतिको दिन विपरित पालो
हेयका तुच्छ नजरले सर्वदा हेरिन्छु म
अस्ताएपछि रवि जोसमा सुरिन्छु म

कसैलाई ठूलो तन हो कसैलाई ठूलो मन हो
तन मन स्वस्थ राखौँ, स्वास्थ्य नै ठूलो धन हो

तिम्रो यादले कोरिएका ती तस्विरहरू सम्झिरहे
सम्झनामा आज मैले तिमीलाई नियालेर हेरे