Skip to content

अँध्यारो

म अँध्यारो हुँ रङ्ग मेरो कालो
सन्तान प्रकृतिको दिन विपरित पालो
हेयका तुच्छ नजरले सर्वदा हेरिन्छु म
अस्ताएपछि रवि जोसमा सुरिन्छु म

हिजो र आज छुट्याउने सीमा मेरो काम
शब्दकोशले राखिदियो रात मेरो नाम
भरदिनको थकानपछि गर्छन् प्रतिक्षा मेरो
चौबिसका आधा शान्ति, शक्ति भाग मेरो

के दिनले सबलाई सबथोक दिन्छ ?
छातीमा मेरो प्राणीले निद्रा लिन्छ
छन् मेरा जून, तारा अति प्रिय मित्र
गुण नै अधिक छन् मेरो संसारभित्र

1 thought on “अँध्यारो”

  1. thanks a lot…………………………..मकर संक्रान्ति र माघि पर्वको शुभकामना सहित मिति २०७८/१०/०१ गते शनिबार लघुकथा श्रव्य दृश्य प्रतिष्ठानको ८८ औँ शृङ्खलामा वाचन हुने लघुकथाहरु बाचक प्रस्तुति लघुकथा:- धनविरे १)हेम पोखरेल ज्यूको”हिम्मत” २)आचर्य प्रभा ज्यूको”धर्म र संस्कार” ३)पुण्य कार्की ज्यूको”कल्चेको बड्डे” ४)नन्दलाल आचार्य ज्यूको”बलात्कारी राजनीति” ५) सुधा देव ‘ अन्जान’ ज्यूको”आमाको माया” बाचक:- कृष्ण तिमिल्सिना
    Inbox

    Krishna Timilsina
    2:23 PM (2 hours ago)
    to me, Nanda, manoharpokhrel

    पाठक प्रस्तुति लघुकथा”धनबिरे”

    लघुकथा:- धनबिरे
    “महिला हिँसा बन्द गरौं – बन्द गरौं बन्द गरौं”
    “महिलालाई देवी मानौं – देवी मानौं देवी मानौं”
    कहीं टाढाबाट आएको आवाज धनबिरेले बेहोसिकै हालतमा सुन्यौ।
    “ओहो मत नेपाल मै पो छु की के हो!”अर्धचेतन अवस्थामा नै धनबिरे बर्बरायो।
    महिला हिँसा शब्दले उसले झण्डै बिर्सिन आँटेको आफ्नी अर्धाङ्गिनीलाई सम्झ्यो।
    “काठमाडौंबाट आउँदा यो पाली चाई जसरी नी माइली तिलहरी ल्याइदिनु पर्छ मलाई त।”अन्तिम पटक धनबिरेलाई उसकी श्रीमतीले भनेको याद छ।
    काठमाण्डौमा गाडी बाट झर्दा मध्यरात भइसकेकोले धनबीरे बसपार्कमै घुम्दै गर्दा एउटा गाडी भित्र जबर्जस्ती ३ ४ जनाले कोचेर भित्र पसाएका थिए।
    हट्टाकट्टा धनबिरे ३ ४ जनाले थिचेर सुई जस्तोले घोच्ने बितिकै आलस्य भएको थियो।
    बिउँझिदा एउटा बन्द कोठमा बिउँझेको धनबिरेले त्यसपछि दिन र रात छुटाउन सकेन।
    उसलाई थाहा छैन कति बेला को आउँछ कुन भाषा बोल्छ तर आउँदा मुखमा दबाइ जस्तो कोचेपछि उसको शरीर संग महिलाहरु खेल्छन् मानौं क्रिडा गरिरहेछन् तर धनविरे अचेत नै हुन्छ।अचेत नहुँदो होत पत्निब्रता ऊ आफ्नो शरीर खेलाउन दिँदैन थियो होला।
    आजसम्म सोच्ने गर्थो ऊ कुनै अर्कै देशमा छ। ऊ संग क्रिडा गर्ने महिलाहरु विदेशी भाषा मात्र बोल्थे।तर आज महिला हिँसा बन्द गरौं भन्ने आवाजले उसलाई एउटा बेग्लै अनुभव गराएको छ।
    कति समय भयो उ त्यो बन्द कोठमा भएको भन्ने पनि थाहा छैन।जहिले बेहोसीमा रहने धनबिरे बोल्न समेत बिर्सेको थियो तर आज सम्झियो”महिला हिँसा बन्द गरौं बन्द गरौं”

    कृष्ण तिमिल्सिना

    १)
    लघुकथा : हिम्मत
    हेम पोखरेल

    “घर चै नबनाउने घडेरी मालिक ज्यू ?” एक्कासि पछाडिबाट आएको ब्याङ्गात्मक आवाजले म झस्किएँ र पछाडि फर्किएँ ।
    “आउँनुस् चिया खाएर जानुस ” उसले फेरि बोलायो ।
    उ मेरो घडेरीको सिमाना जोडिएको छिमेकी हो । मैले दुःखले घडेरी जोडें तर घर बनाउने हिम्मत आएको छैन । भाडा तिरेर बस्दा हैरान भएको छु । आफ्नै साँधमा त्यो छिमेकीको चिटिक्क परेको घर देखेर मेरो मनमा औडाहा भएको थियोे । म उसका घरतिर हेर्दा पनि नहेरी फर्कन्थें । आज त देखि हाल्यो , बोलाइ हाल्यो । नाइँ भन्न सकिन गह्रौं मन लिएर गएँ ।

    “कति पैसा छ तपाईं सँग ? धेरै पटक घडेरी हेर्दै फर्कदै गरेको मात्र देख्छु !” उसले मलाई हेपेर सोध्यो ।
    उ घर बनाको घर मालिक म डेरामा बसेर घडेरी हेर्न दिनमा एक पल्ट पुग्थें । घडेरी हेरेर घरको धित मार्थें ।

    ” पाँच सात लाख पुग्छ होला !” मैले सानो स्वरमा उत्तर दिएँ ।

    ” मेरो यो घर जम्मा छ लाखमा तयारी भयो । तेत्रो पैसा रहेछ । किन भाडा तिरेर बस्नुपर्छ । सुरु गर्नुस् घर ।” उसले चियाको चुस्की लिदै भन्यो ।

    उसका कुराले म छक्क परें सोधें : यत्तिको घर बनाउन त चालीस लाख जति लाग्छ भन्छन् त ! के कुरा हो यो ?

    “तपाईं घर नबनाका मान्छेलाई मैले यही घर बनाउदा पनि चालीस लाख खर्च भयो भन्दा पत्याई हाल्नु हुन्छ नि । तर छ लाखमा यो घर तयार भको हो । म छिमेकीलाई ढाँट्दिन ।

    उसका कुरा सुनेपछि मैले घर बनाउँन सुरु गरेँ । म सग भएको सबै सकियो । नरनाता, इष्टमित्र, साथीभाइ सबै गुहारेँ । घर सकिन मात्र लागेको छ सकिएको छैन । ऋणले डाँडा काट्यो । हिसाब हेरें, तीस लाख बाट उकालो चढेको थियोे ।
    त्यै छिमेकीलाई फेरि सोधें : तपाईंको घर कतिमा बनेको सर ?
    छिमेकीले भन्यो : यो घर चालीस लाखमा तयार भएको हो ।
    “मलाई त तपाईले छ लाख भन्नुभएको थियोे त ।” मैले भने ।
    उसले भन्यो : एकैपटक चालीस लाख भनेको भए तपाईंले घर बनाउनु हुन्नथ्यो । मलाई तपाईं जस्तो असल छिमेकी चाहिएको थियो । घर बनाको ऋण सजिलोसँग तिरिन्छ चिन्ता लिनु पर्दैन , मैले पनि यसैगरी दुःखले बनाको , यो घर बनाउदाको ऋण अझै तिर्दै छु। अब त तपाईंको घर बनिसकेको छ नि ।

    २)
    लघुकथा -धर्म र संस्कार
    आचार्य प्रभा
    (साहित्य पोष्टका १९ औं शृङ्खलाको लघुकथा प्रतियोगिताको प्रतिस्पर्धामा विजय हुन सफल लघुकथा )

    -“मम्मी धर्म र संस्कारमा के फरक छ ? “छोरीले प्रश्न गरी।
    -“यी दुवै कुराहरुको अर्थ बेग्लै भए पनि परस्परमा यिनीहरु एकार्काका परिपूरक हुन्। मान्छेहरुका लागि यी दुवै आवश्यक छन् ।” -मैले भनें।

    उसले फेरि सोधी। -“कसरी ?”

    -“धर्म नगर्ने मान्छे समाजकै लागि निर्दयी र कठोर मानिन्छन्। संस्कारविनाको मान्छे पशु समान हुन्छ। खानु,सुत्नु र सन्तान उत्पादन गर्न बाहेक अरु केही लक्ष हुन्न।मान्छेले धर्म मान्नु भनेकै संस्कारलाई अंगाल्नु हो। “-फेरि अर्थ्याएँ ।

    -“त्यसो भए हामी पनि रविनहरुले जस्तै ठुल्ठुला पुराण,पूजाआजा लगाऊँ न! धर्म नि गरिने संस्कार पनि बँच्ने । ”
    उसले प्रस्ताव राखी।

    -” धर्मको अर्थ त्यस्तो होइन। पूजाआजा गर्नु,पुराण लाउनु परम्परागत संस्कार ग्रहण गर्नु हो।तर सबैभन्दा ठूलो धर्म मानव धर्म हो।यो आफ्नो परम्परागत रीतिथिति,संस्कारभित्रै पर्छ। जुन घरको परिवार संस्कारहीन हुन्छ। तिनीहरु कठोर,निरङ्कुश,नास्तिक समान हुन्छन्। यसलाई संस्कार बँचेको भनिन्न। “- मैले बुझाएं ।

    उसले फेरि उत्सुकता तेर्साई । -“अनि पुराण,पूजाआजा धर्म,संस्कारभित्र पर्छ भने किन नगर्ने ?”

    -“तिमीले धर्म,संस्कारलाई पूजाआजा र पुराण भन्ने मात्र बुझ्यौ छोरी ?संस्कार भनेको सबैप्रति सद्भाव,मायाप्रेम बाँड्नु,वृद्धवृद्धालाई सेवा,आदर गर्नु र असहायहरुलाई सहयोग गर्नु हो। जसले मानव धर्मको भूमिका खेलेको हुन्छ।”मैले अर्थ्याएँ।

    -“तर मम्मी रविनहरुले पुराण लाएर धर्म कमाउँदै छन्। भनेर सबैले भन्छन् त ?”उसले अझै प्रश्नमा जोड दिई ।

    मैले बुझाउने प्रयास गरेँ। -” त्यो धर्म मात्र भ्रम हो।आफ्नो वृद्धवृद्धा आमाबाबुलाई वृद्धाश्रममा राखेर,असहाय बालबालिकालाई काम दलाउँदै,निर्जीव मूर्ति पुजेर के गर्नु ? जिउँदा भगवान् समान आमाबाबुलाई लखेट्ने कुन संस्कार,धर्मभित्र पर्छ ?त्यो धर्म होइन। मानव धर्म नै सबैभन्दा महान धर्म हो। मानव धर्म भनेको अशक्त,असहायको सेवा गर्नु हो। ”
    उसले कुरा बुझे झैं गरी। म सासूआमालाई औषधि दिन कोठामा पसें।
    रचना -१५ /४ /२०७८ (७ /३० /२०२१ )✓✓✓

    ३)
    लघुकथा “काल्चेको बड्डे”
    पुण्य कार्की
    पल्लो टोलका काजीबाले आज भब्य रुपमा आफ्नो नाती रोशनको बर्थडे मनाएपछि वल्लो टोलको अँइटु सदाको छोरो काल्चेले अघिदेखि नै कल गरिरहेको छ । काजीबाको नाति रोशन र अँइटु सदाको छोरा काल्चे एकै दमालीका साथी हुन् । तिनीहरु अहिले छ वर्ष पुगेर सात लागेका मात्र छन् । उनीहरुसँगै खेल्छन् । सँगै बजार बजार दगुर्छन् । पहिले सँगसँगै स्कुलको बालकक्षामा पनि गएका हुन् । अहिले चैँ काजीले रोशनलाई बोर्डिङ स्कुलमा भर्ना गरिदिएका छन् । अइँटुको छोरो काल्चे भने स्कुलमै हल्लिरहेको छ ।
    हिजो काजीको घरमा नातीको जन्मदिवसको उपलक्ष्यमा ठूलो घोर्ले खसी लड्यो । टोलै थर्काएर माइक घन्काइयो । खान आउने मान्छे कति हुन् कति । रोशनलाई टिका लगाइदिएर पैसा, कपडा उपहार दिने मान्छे कति हुन् कति । तामझामको यो सारा दृश्य नजिकै बसेर काल्चेले हेरिरह्यो । समवयी उमेरको बालसखा रोशनको वर्थडेले काल्चेको भित्री हृदयमा आँधिहुरी ल्याइदियो ।
    झमक्क साँझ परेपछि आफ्नो झुपडीमा फर्केको काल्चेले आफ्नो अँइटुलाई भन्यो– “बाबु !! बाबु !! मेरो बड्डे कहिले मनाइदिने ?”
    अँइटु सदाले कुनै जवाफ दिएन । पुनः काल्चेले जोड दियो– “बाबु !! बाबु !! मेरो बड्डेमा पनि गाउँ नै थर्किने गरी माइक बजाउनुपर्छ है । खसी काटेर सबैलाई भोज दिनुपर्छ है बाबु !”
    अँइटुले काल्चेको मुखमा एकोहोरो हेरीमात्र रह्यो । समर्थनमा कुनै आवाज निकाल्न सकेन । काल्चे पुनः थप्यो–“……..अनि त मेरो बड्डेमा पनि लुगा, खेलौना, पैसा कत्ति हो कति ?” यति भनेर खुशीले उफ्रिन थाल्यो । ऊ आफ्नै सुरमा मस्त छ । छोराको निर्दोष मुहारमा नाचेको बालसुलभ रहर देखेर अनि त्यो रहर पुरा नहुने यथार्थ सम्झेर उसले आँखाबाट दुई थोपा आँशु चुहायो ।
    अनयास आफ्नो बाबुको आँखामा आँशु गुड्केको देखेपछि काल्चे बोल्यो– “बाबु !! बाबु !! तपाई किन रुनु भएको ? मेरो बड्डे देखेर खुशी लाग्दैन ?”
    अँइटुले अगेनुँको आगो ठोस्तै जवाफ दियो –“दाउरा धेरै धुवायो । धुँवाले आँशु झरेको बाबु ! रोएको होइन ………….!”
    काल्चे उफ्रिँदा उफ्रिँदै एकैछिनमा थोत्रो बोरामा पुर्लुक्क निदायो ।
    समाप्त

    ४)
    लघुकथा- बलात्कारी राजनीति
    -नन्दलाल आचार्य

    ‘दाजु हैनस् तँ । मेरो भाइ होस् भाइ । त्यो पनि झड्केलो भाइ । बिग्रेको भाइ । म भने सप्रन नसकेको दाजु परेँ ।’

    कपिले छाती ठूलो बनाउँदै भनेको कुराले मेरो अन्तस्करणलाई नराम्ररी घोच्यो । म रन्थनिएँ । एक टक लगाएर हेरेँ । स्वरूपमा म र ऊ उस्ताउस्तै थियौँ ।

    उसको पछाडि दृश्य पुच्छर झुन्डिएको थियो । मेरो पछाडि अदृश्य बेमानी लत्रेको थियो । म गाँस, बास र कपासको लागि जीवनभर नै मरिमेट्थेँ । ऊ भने वर्तमान नै खान्थ्यो । आफ्नै शरीरको भुत्ले छाला लाउँथ्यो । त्यही ओड्थ्यो र ओछ्याउँथ्यो । रुखका हाँगाहाँगामा सुत्थ्यो ।

    ऊ पनि प्रेम गर्थ्यो । ऊ पनि सहयोग गर्थ्यो । ऊ पनि विद्रोह गर्थ्यो । उसको हरेक काम गराइमा शिष्टता थियो । मेरा हरकार्यकलापमा अशिष्टता दर्सिन्थ्यो । म आफूलाई सर्वश्रेष्ठ ठान्थेँ । अरूलाई झिनामसिना र सर्वनिकृष्ट मान्थेँ ।

    ‘भाइ, तँलाई बुद्धिले खायो । मलाई कुबुद्धिले वनवासमै राख्यो । तँ मलाई गन्दैनस् तर म भने तँलाई मान्दछु ।’ ऊ बोल्दै जान्थ्यो । म सुन्दै जान्थेँ । दोहोरो बोलूँ भने म आफ्नै इज्जत सडकमा छरिएला भन्ठान्थेँ ।

    ‘म तेरो बुद्धि मलाई सर्ला कि भनी कोरोनाबाट भन्दा बढता सजग हुन्छु । तँ पनि मेरो बुद्धि तँमा आउला कि भनी हर्दम सचेत हुन्छस् ।’ ऊ सत्य बक्तै गर्थ्यो । म नसुनेझैँ गर्थेँ तर कान अझ चनाखो पारेर सुनिरहन्थेँ ।

    ‘उसो भए तँजस्तै म किन प्राकृतिक बन्न सकिनँ ?’ यस पटक अनायासै मैले मुख खोलेँछु । उसले दिएको जवाफले मेरो मुखमा ताला लागेको अझै खुल्न सकेको छैन ।

    उसले जवाफमा भनेको थियो; ‘म बाँच्नका लागि खान्छु तर तँ खानका लागि बाँच्छस् । म आफ्नो जाति उकास्न राजनीति गर्छु । तँ आफ्नो अस्तित्व बलात्कार गर्न राजनीति गर्छस् । त्यसैले तँ अप्राकृतिक होस् । म प्राकृतिक हुँ ।’

    2078/09/28 सिद्धार्थटोल, उदयपुर ।

    ५)
    लघुकथा– आमाको माया
    –सुधा देव ‘अन्जान’

    ‘मुखले हैन आमा, कामले नै पु¥याउँछु । म रहुँजेले हजुरलाई कुनै कष्ट हुन दिन्न ।’ आमा बन्दना माहिलो छोराको वाणी हर्दम सम्झिन्छिन् यत्तिबेला ।
    उजका ५भाइ छोरा थिए । माहिलो छोरा बाहेक सबै शिक्षित र जागिरे थिए । माहिलो खेतीपाती गर्ने कृषक थियो तर आमालाई असाध्यै माया गर्ने गथ्र्यो । निःसन्तान रहेको माहिलो छोरा थियो । बाबु बितेपछि आमा बसेको पनि ५ वर्ष भएको थियो । दैवसंयोग दुई वर्ष अघि माहिलो छोराको मृत्युु भयो ।
    छोराको मृत्युु भएपछि एकल बनेकी बुहारीसँग लेपासिनुभन्दा अन्य छोराहरूसँग बस्नु उचित ठानिन् । यही आसय बोकी बाँकी रहेका छोराहरूसंग बस्ने इच्छा गरिन् आमाले. । नचाहेर पनि राख्न कर लागेपछि अन्य छोराहरूले पालैपालो २÷३ महिनभन्दा बढता राख्न मानेनन् ।
    अरू छोराबुहारीले दुःख दिएपछि माहिली बुहारीले माया नै माया गरेर राखिन्् । अहिले आमा उनीसँंग खुशीले बसेकी छिन् । सबै छोरा बुहारीलाई उत्तिकै आशिष दिने गरेकी छन् । उनको आशिषमा कसैमाथि कतै पनि भेदभाव देखिँदैन ।
    –सप्तरी, राजविराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *