Skip to content

तिरोहित समागम

  • by
20200416_PeshalAcharya-Interview

दिगन्त सारथि
प्रेमिल मुस्कान
कुनै नफक्रेका फूलहरूका बास्ना
खोल नहालिएका सिरकहरू
पुल नबनाइएका खोलाहरू

सिउँदो नरङ्ग्याइएका निधारहरू
उद्घाटन नगरिएको
कुनै कायाको सिँढी
भयावह
तर, कौतुक जँचेका
परीक्षाका प्रश्नहरू ।

विश्व
खरबारी हो
जहाँ अनेकानेक जीवजन्तु
उफ्रेका छन्
राग रतिराग
छरेर
सृष्टि
उम्रिएको छ
पम्पिएको छ
माया जसको न कुनै लिपि हुन्छ
जसको न कुनै परीक्षा हुन्छ ।

अन्तर्यमा
तिरोहित समागम
केवल आनन्दका लागि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *