बज्न थाल्यो गाना (बाल गीत)

टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ
बज्न थाल्यो गाना
स्कुल जान्छु साथी सङ्गै
ल्याइदिनुस खाना

टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ
बज्न थाल्यो गाना
स्कुल जान्छु साथी सङ्गै
ल्याइदिनुस खाना
हल्का पिरो,
हल्का अमिलो
अलिकति भए प्रशस्त हुने
भान्साको कुनाकानी लुक्ने
अचारले पेट अगाउँदैन
बिना अचार जिब्रो रमाउँदैन ।

फूलका बगैँचाहरूमा उम्रिन्दैनन् कविता,
मान्छेको अनुहारमा लेखिएको हुँदैन कविता,
हिँडदा हिँडदै, पाइने चीज पनि होइन कविता

१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?

हामीले रोजेको नेता
फाँकी लाउने नहोस्,
इमान्दार होस्,
मुर्ख नहोस् ज्ञानी होस्
निकै पढे लेखेको होस् ।

कता कताबाट आउँछ
खबरखाबर ल्याउँछ;
अर्काको मनको बात
दुरुस्तै सुनाउँछ
आफ्नो कुरा समेत
अर्काकहाँ पुर्याउँछ ।

मनले तिमीलाई चाहिरहे मुखले बोल्नै सकेन
मुटुमा तिम्रै बास भयो कहिले भुल्न सकिएन

छु म आमा, सात समुद्रपारि
ठुलो शहरमा
किनेको छु मैले सुन्दर एउटा महल
त्यही शहरमा

अचेल
नयाँ कालिदासहरूको
ह्वात्तै बजार बढेको छ
हिजोआज
नयाँ क्रोचे र नित्सेहरूको
भाउ अचाक्ली चढेको छ

म त हारेको मान्छे
आफैसँग आफन्तसँग
यो अजनबी दुनियाँसँग
लर्बराइरहन्छ्न मेरा पाइलाहरू
चिप्लिरहन्छ्न भाग्योदयका नक्षत्रहरू ।