Skip to content

कविता

दशैँको चिठी

  • by

विगतको सागरमा डुबुल्की मार्दा
दशैँलाई सम्झिन्छु-
‘कान्छा, तँलाई
शान्ति र सद्भावको आशर्ीवाद छ
तँलाई नवदर्ुगाले सदा कल्याण गरुन् !’
आयुदर्र््रोणसुते… का थप आशर्ीवचनहरू
तँछाड-मछाड गर्दै बर्सिन्थे मान्यजनहरूबाट
म हर्षौहर्षे पुलकित हुन्थेँ
आशर्ीवादहरूको गह्रौँ कुम्लो बोकेर
शहर पस्थेँ हरेक दशैँ निखारेर
तिनै आशर्ीवचनहरूलाई रक्षाकवच मानेर
वर्षरि आफन्तको सम्झनामा कल्पिन्थेँ
आतुर रहन्थेँ हरेकसालको अर्को दशैँ भेट्न ।

एउटा खबर पुर्‍याइदेऊ न

  • by

ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर
म हेरिरहेको थिएँ, मौन आँखाले
कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित
फर्केर हेरेँ
रातो डाँडा बोलिरहेको थियो –
तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई
आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई
एउटा खबर पुर्‍याइदेऊ न-
म भीरभरिको अस्तित्व,
एक्लो सौर्न्दर्य थामेर यो उजाड रुँगेको छु

धर्म-संकट

  • by

केवल-
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो बेला
उफ् !
फेरि यो कस्तो धर्म-संकट आइलाग्यो –
स्कूलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार
कलम ठूलो कि बन्दूक ठूलो भनेर सोधिरहेछ

पर्ख ! पर्खिरहे पुग्छ

  • by

आज सञ्जयको चित्त रूँदै भन्छ- धनञ्जय !र्
पर्ख ! पर्खिरहे पुग्छ ! जित नै हुन्छ निश्चय
सत्यको जित नै हुन्छ आत्तिनु हुन्न सत्यले
कहाँ युद्ध जितेको छ- अन्याय र असत्यले –

एक अँजुली उज्यालो !

  • by

शकुनिको पासालाई
उज्यालो पटक्कै मन पर्दैन
धृतराष्ट्रको आँखालाई
उज्यालो फिटिक्कै मन पर्दैन
द्वापर युगको उज्यालोले त
कलियुगे पापी पेट झन् भर्दैन
यसैले त मलाई अचेल किन हो कुन्नि
उज्यालोसितको भेट मन पर्दैन
शायद, यो सोचेर कि –
अँध्यारो नभएको भए
उज्यालोले कसको गर्भबाट जन्म लिन्थी –

प्रगतिपथ

  • by

म नहुँदै अर्थात् मेरो जन्म नहुँदै
यो संसारमा केके भइसकेथ्यो
असभ्य मानिसहरू सभ्य भइसकेका थिए
ढुङ्गे युगबाट मानिस
वैज्ञानिक युगमा प्रवेश गरिसकेथ्यो
जहाज बनिसकेथ्यो
बिजुली, फोन, बन्दुक, बम बनिसकेथे
मानिसले सयौं युद्ध लडिसकेथ्यो
नयाँ हतियार, औजार र उपकरण बनाइसकेथ्यो
शहरहरू ध्वस्त पारी
शहरहरू निर्माण पनि गरिसकेको थियो ।

मेरो इन्द्रेणी

  • by

एक दर्ुइ तीन चार
कति वटा रङ हुन्छ हँ इन्द्रेणीको –

राति सुरक्षित
आफैँसँग निदाएको
झण्डाजस्तो इन्द्रेणीको रातो रङ
त्यो चोरियो झसिमिसेसँगै,
घामजत्तिकै सोच्थेँ
इन्द्रेणीको पहेँलो रङलाई
त्यो पनि दिनदहाडै लुटियो
र, खोसियो सम्साँझै
आकाशजत्रै मेरो इन्द्रेणीको नीलो रङ पनि ।

बा

बा,
एक दिन होइन
दर्ुइ दिन होइन
तीन दिन होइन
सधैँभरि
घरिघरि
निहुँ खोज्नुहुन्छ
खाने बेलामा पनि सधैँ
अरूलाई होस् कि नहोस्
आफूलाई घिउ खोज्नुहुन्छ !

भ्रम

  • by

टाढा
बस्तीमा बत्ती बलेको देखेर
धेरै टाढा
नदीमा पानी बगेझैँ ठानेर
विचरा
त्यो घनघोर जङ्गलबाट
बथान आफ्ना साथीहरूको हूलबाट
छुट्टएिको रोदन
अन्यथा रोदन शत् स्वीकार्दै
अनन्य विजन-पथ पुकार्दै
दौडिरहेछ
दौडिरहेछ ।

नाङ्गाहरूको देश

  • by

म देखिरहेछु
निर्वस्त्र नाङ्गा छन्
मेरा प्रियजनहरू
यो कारुणिक दृश्य देखिनसक्नु छ
र पनि देख्न बाध्य छु
मेरा प्रियजनहरूका
शरीर मात्र नाङ्गा छैनन्
मेरा प्रियजनहरूका
पेटहरू पनि नाङ्गा छन्
र, मनहरू पनि

रित्ता गाग्राको रुक्खो स्वर

  • by

आज सखारै रित्तो गाग्रो
देख्छु रुँदै भौँतारिरहेको !
हुन्छु म जति पर उति नै त्यो स्वर
हेर न वरवर आइरहेको !

रुक्खो स्वर हो तर त्यसले पनि
यति गहिरीकन भित्र छुँदैछ,
पत्थर मन पनि पग्ली पग्ली
जलमय मेरो नेत्र हुँदैछ !

शब्दकोष

  • by

हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्
उदाहरणको लागि
तपाईँ संसदलाई संसद् भन्नोस्
अथवा सुपर मार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोका
मनीषीलाई मनीषि भन्नोस्
अथवा गड्यौँला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला

मानिसको पयर

  • by

आकाश मात्रै नहेर
धरती पनि हेर्नुपर्छ
धरतीले मानिसलाई सारै माया गर्छ
जति नै तारा आकाशमा छन्
त्यति नै थोपा यहाँ पानी पर्छ,
त्यति नै बिरुवा यहाँ सर्छ
क्षितिज जतिजति टाढिंदै जान्छ
पाइला त्यति त्यति नै यहाँ सर्छ
कहीँ बत्ती बल्दै बल्दै जान्छ,
कहीँ बत्ती निभ्दै निभ्दै जान्छ
तर पयर मानिसको सर्दै सर्दै जान्छ ।

मातेको मान्छेको भाषण माध्यरातपछिको सडकसित

  • by

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।

प्यारो प्यारो मेरो लोभ

  • by

छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो-
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु,
प्यार गर्द छु,
सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ
म कति रिसाएको छु ।
जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरु गरेथ्यो
तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको
ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार
आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहान्छु,

इतर समय

  • by

मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु