Skip to content

कविता

नेपाल आमा तिमी

  • by

उर्लन्छन् मनमा अनेक थरिका नौला नयाँ कल्पना।
कुर्लन्छन् कति भावना मन भरी थाले निकै अल्पन॥
हुर्की काखमहाँ गर्यौं कतिकुरा हेरर बस्थ्यौ तिमी।
सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥

छायाहरूको जुलुस

  • by

युनानी सभ्यताको भग्नावशेषजस्तो
कुनै पुरानो सहरको
धुलाम्मे सा“घुरो गल्लीमा
कोलाहलपर्ूण्ा जुलुस घिस्रि“दैछ
मेरा आफ्नै छायाहरूको ।

प्रकृति-नियम

अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक
पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन॥
॥१॥

अनन्त भौतिकी जगत्‌ समस्त जीव, सृष्‍टिका
नक्षत्र, सूर्य, चन्‍द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ – शक्ति कै बडो बिराट रूप सार्थक ॥
॥२॥

तीन कविता

निचरेर सुकाएको आकाश

आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।

बन्दुक र कविता

  • by

आज राती अर्धन्रि्रँमा
म निदाएको बेला
अचानक मदनमणि माड्साबकी
‘माधवी’ आई
अनि भनी,
“ओई, कृष्णे उठ् त उठ्
देश दुखाइलाई भावनाले छेक
हत्या-हिंसाका बारेमा
कमसेकम एउटा कविता त लेख”

ए नारा’न एनआरएन

ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल
दिनभरिको नूनको सोझो साधु,
साँझ परेसि त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
लत्ता, भत्ता, र सत्ताको खेल।

नातिनीसँगको संवाद ?

  • by

सानो भनेर के गर्नू !
केटाकेटीका अगाडि
कुरै गर्न नहुने भयो !
पाँच वर्षी नातिनी अप”र्वाले
एकदिन एकाएक सोधी
काका, काका एकलाख सैंतिस हजारको
ब्याग कस्तो हुन्छ ?
राम्रो हुन्छ नि
अरू भन्दा बेग्लै हुन्छ
मैले संक्षप्ित उत्तर दिएँ
किन त्यतिविधि महँगो त ?

ग्रन्थ सूचि

  • by

अनुसन्धानको सिलसिलामा
पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी
आफूभित्र हराएर
बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ,
उसले तयार पारेको सूचिभित्र
सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग
आफै टोल्हाएर
चुपचाप बसेकाछन्, त्यो
ग्रन्थ सूचीमा
विज्ञान छ-जसको शीर्षक “आधारशीलाको अभाव” छ
दर्शन-जसको शीर्षक “विश्वासको संकट” छ
वातावरण- जसको शीर्षक “एकदमै बिग्रँदो स्थिति” छ
राजनीति-जसको शीर्षक “हराएको क्षेत्र” छ
मानवता-जसको शीर्षक “पलायन” छ
जनसंख्या- जसको शीर्षक “राष्ट्रीयताको प्रश्न” छ
अर्थतन्त्र- जसको शीर्षक “संकट भित्रको संकट” छ

बादल

  • by

सोच्दै छु,
हामीमाथिको बादल
विलीन भइदिए पनि हुन्थ्यो
पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो
तर बिलीन भइदिन पनि
समय चाहिँदो रहेछ
पानी भइदिल पनि
पानी भइदिन पनि
समयसित साउती गर्नुपर्दौ रहैछ
सिउँडीको काँढा हाइन बादल
जसलाई छुन सकिराखैको छैन
र पनि-
क्षितिजको फ्रेमभित्र कैदी त्यो बादल
हेर्दै म र्साईत पर्खिरहैकौ छु
कैदी त्यो बादल
जसलाई अपहरया गर्न
म अस्तित्व बेचिरहेको छु ।

कालमहिमा

  • by

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

दलितको गीत

  • by

गीत गायौ गाइने दाजु –
झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई –

बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै
क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै

जून

त्यो जून
तिमीले हेर्दा तिमीजस्तो हुन्छ

एक्लो एकान्ते
बादल जस्तै उड्छ सम्झना
र पानी जस्तै दर्किन्छ पीडा
तिमी भित्र पनि म भित्र पनि,
उस्तै छ आकाश
तिम्रै मन जस्तो-चौडा
तिम्रै अनुहार जस्तो चम्किन्छन् हररात ताराहरु
र लजाउँछन् एक अर्कासँग
त्यसैले त्यो जून
तिमीले हेर्दा म जस्तै हुन्छ
र मैले हेर्दा तिमीजस्तै हुन्छ