Skip to content

कविता

बन्दुक र कविता

  • by

आज राती अर्धन्रि्रँमा
म निदाएको बेला
अचानक मदनमणि माड्साबकी
‘माधवी’ आई
अनि भनी,
“ओई, कृष्णे उठ् त उठ्
देश दुखाइलाई भावनाले छेक
हत्या-हिंसाका बारेमा
कमसेकम एउटा कविता त लेख”

ए नारा’न एनआरएन

ए नारा’न,
यहाँ पनि सत्ताकै खेल
ए नारा’न,
यहाँ पनि भत्ता कै खेल
दिनभरिको नूनको सोझो साधु,
साँझ परेसि त हामी एनआरएन
आरएन भएनि एनआरएन भएनि
लत्ता, भत्ता, र सत्ताको खेल।

नातिनीसँगको संवाद ?

  • by

सानो भनेर के गर्नू !
केटाकेटीका अगाडि
कुरै गर्न नहुने भयो !
पाँच वर्षी नातिनी अप”र्वाले
एकदिन एकाएक सोधी
काका, काका एकलाख सैंतिस हजारको
ब्याग कस्तो हुन्छ ?
राम्रो हुन्छ नि
अरू भन्दा बेग्लै हुन्छ
मैले संक्षप्ित उत्तर दिएँ
किन त्यतिविधि महँगो त ?

ग्रन्थ सूचि

  • by

अनुसन्धानको सिलसिलामा
पाठ्य-सामग्रीको सूचि तयार गर्ने विद्यार्थी
आफूभित्र हराएर
बडो चिन्तित मुद्रामा लेख्दै हुन्छ,
उसले तयार पारेको सूचिभित्र
सम्पूर्ण विषयहरु आ-आफ्ना उपसंहारसँग
आफै टोल्हाएर
चुपचाप बसेकाछन्, त्यो
ग्रन्थ सूचीमा
विज्ञान छ-जसको शीर्षक “आधारशीलाको अभाव” छ
दर्शन-जसको शीर्षक “विश्वासको संकट” छ
वातावरण- जसको शीर्षक “एकदमै बिग्रँदो स्थिति” छ
राजनीति-जसको शीर्षक “हराएको क्षेत्र” छ
मानवता-जसको शीर्षक “पलायन” छ
जनसंख्या- जसको शीर्षक “राष्ट्रीयताको प्रश्न” छ
अर्थतन्त्र- जसको शीर्षक “संकट भित्रको संकट” छ

बादल

  • by

सोच्दै छु,
हामीमाथिको बादल
विलीन भइदिए पनि हुन्थ्यो
पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो
तर बिलीन भइदिन पनि
समय चाहिँदो रहेछ
पानी भइदिल पनि
पानी भइदिन पनि
समयसित साउती गर्नुपर्दौ रहैछ
सिउँडीको काँढा हाइन बादल
जसलाई छुन सकिराखैको छैन
र पनि-
क्षितिजको फ्रेमभित्र कैदी त्यो बादल
हेर्दै म र्साईत पर्खिरहैकौ छु
कैदी त्यो बादल
जसलाई अपहरया गर्न
म अस्तित्व बेचिरहेको छु ।

कालमहिमा

  • by

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

दलितको गीत

  • by

गीत गायौ गाइने दाजु –
झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई –

बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै
क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै

जून

त्यो जून
तिमीले हेर्दा तिमीजस्तो हुन्छ

एक्लो एकान्ते
बादल जस्तै उड्छ सम्झना
र पानी जस्तै दर्किन्छ पीडा
तिमी भित्र पनि म भित्र पनि,
उस्तै छ आकाश
तिम्रै मन जस्तो-चौडा
तिम्रै अनुहार जस्तो चम्किन्छन् हररात ताराहरु
र लजाउँछन् एक अर्कासँग
त्यसैले त्यो जून
तिमीले हेर्दा म जस्तै हुन्छ
र मैले हेर्दा तिमीजस्तै हुन्छ

दशैँको चिठी

  • by

विगतको सागरमा डुबुल्की मार्दा
दशैँलाई सम्झिन्छु-
‘कान्छा, तँलाई
शान्ति र सद्भावको आशर्ीवाद छ
तँलाई नवदर्ुगाले सदा कल्याण गरुन् !’
आयुदर्र््रोणसुते… का थप आशर्ीवचनहरू
तँछाड-मछाड गर्दै बर्सिन्थे मान्यजनहरूबाट
म हर्षौहर्षे पुलकित हुन्थेँ
आशर्ीवादहरूको गह्रौँ कुम्लो बोकेर
शहर पस्थेँ हरेक दशैँ निखारेर
तिनै आशर्ीवचनहरूलाई रक्षाकवच मानेर
वर्षरि आफन्तको सम्झनामा कल्पिन्थेँ
आतुर रहन्थेँ हरेकसालको अर्को दशैँ भेट्न ।

एउटा खबर पुर्‍याइदेऊ न

  • by

ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर
म हेरिरहेको थिएँ, मौन आँखाले
कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित
फर्केर हेरेँ
रातो डाँडा बोलिरहेको थियो –
तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई
आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई
एउटा खबर पुर्‍याइदेऊ न-
म भीरभरिको अस्तित्व,
एक्लो सौर्न्दर्य थामेर यो उजाड रुँगेको छु

धर्म-संकट

  • by

केवल-
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो बेला
उफ् !
फेरि यो कस्तो धर्म-संकट आइलाग्यो –
स्कूलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार
कलम ठूलो कि बन्दूक ठूलो भनेर सोधिरहेछ

पर्ख ! पर्खिरहे पुग्छ

  • by

आज सञ्जयको चित्त रूँदै भन्छ- धनञ्जय !र्
पर्ख ! पर्खिरहे पुग्छ ! जित नै हुन्छ निश्चय
सत्यको जित नै हुन्छ आत्तिनु हुन्न सत्यले
कहाँ युद्ध जितेको छ- अन्याय र असत्यले –

एक अँजुली उज्यालो !

  • by

शकुनिको पासालाई
उज्यालो पटक्कै मन पर्दैन
धृतराष्ट्रको आँखालाई
उज्यालो फिटिक्कै मन पर्दैन
द्वापर युगको उज्यालोले त
कलियुगे पापी पेट झन् भर्दैन
यसैले त मलाई अचेल किन हो कुन्नि
उज्यालोसितको भेट मन पर्दैन
शायद, यो सोचेर कि –
अँध्यारो नभएको भए
उज्यालोले कसको गर्भबाट जन्म लिन्थी –

प्रगतिपथ

  • by

म नहुँदै अर्थात् मेरो जन्म नहुँदै
यो संसारमा केके भइसकेथ्यो
असभ्य मानिसहरू सभ्य भइसकेका थिए
ढुङ्गे युगबाट मानिस
वैज्ञानिक युगमा प्रवेश गरिसकेथ्यो
जहाज बनिसकेथ्यो
बिजुली, फोन, बन्दुक, बम बनिसकेथे
मानिसले सयौं युद्ध लडिसकेथ्यो
नयाँ हतियार, औजार र उपकरण बनाइसकेथ्यो
शहरहरू ध्वस्त पारी
शहरहरू निर्माण पनि गरिसकेको थियो ।

मेरो इन्द्रेणी

  • by

एक दर्ुइ तीन चार
कति वटा रङ हुन्छ हँ इन्द्रेणीको –

राति सुरक्षित
आफैँसँग निदाएको
झण्डाजस्तो इन्द्रेणीको रातो रङ
त्यो चोरियो झसिमिसेसँगै,
घामजत्तिकै सोच्थेँ
इन्द्रेणीको पहेँलो रङलाई
त्यो पनि दिनदहाडै लुटियो
र, खोसियो सम्साँझै
आकाशजत्रै मेरो इन्द्रेणीको नीलो रङ पनि ।