Skip to content

टाढा
बस्तीमा बत्ती बलेको देखेर
धेरै टाढा
नदीमा पानी बगेझैँ ठानेर
विचरा
त्यो घनघोर जङ्गलबाट
बथान आफ्ना साथीहरूको हूलबाट
छुट्टएिको रोदन
अन्यथा रोदन शत् स्वीकार्दै
अनन्य विजन-पथ पुकार्दै
दौडिरहेछ
दौडिरहेछ ।

तिर्खा न केवल प्राणका लागि
धेरै दिनदेखि
वृथा उफानमा पौडिरहेछ ।
उसले देखेको
नीलो दह
त्यो पानी नहोस्
उज्यालो रात बत्ती नहोस्
तर
कहिल्यै नपुग्ने पृथ्वीको पर्रार्द्ध
कहिल्यै नभेट्टनिे मुलीको सुमार्ग
निराहार
तैपनि निरन्तर दौडिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *