Skip to content

राजनीतिक विश्लेषण

नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो!

नेपालको राजनैतिक यो अबस्थ आइपुग्नुमा तमाम नेपाली जन्ता नै दोषी हो । कुरा २००७ को या त २०१७ साल होश वा २०४६ त्यसै गरी २०६२- ६३ नै किन नहोशइ धुपाउरे र कठपुतली नेता भनाउदोहरुको झण्ड र झोला बोक्दै आफ्नो ज्यान बलिदानको नाममा त्याग्नु अनि इ दयत्या चरित्र भएको स्वार्थी पाखण्डी नेताहरुले जे जे भन्छ तेसै तेसै गर्नु आम नेपाली जन्ताको गल्ति थियो ।

नेपालको हालको सरकार नै ठिक्छठिक्छैन

नेपालको हालको सरकार नै ठिक्छठिक्छैन भन्ने कुरा भारतमा गरमगरमीरुपमा चलीरहेको छ त्यसरी नै उनी बिरुद्ध लागेका माऔबादीलाई नेपाली माऔबादीले भौतिकरुपले सहयोग गरीरहेको भन्नेकुराले पनि नया दिल्ली हाल तातिरहेक

“युवा पुस्ताको राजनीतिक बिचार र भावी नेपाल”

मेरा धेरै साथी राजनीति मनपराउँदैनन् । जब राजनीतिको कुरा आउँछ, उनीहरू नाक खुम्च्याएर भन्न थाल्छन्, यो फोहोरी खेल हो, स्वार्थी व्यापार हो, अनि पथभ्रष्ट र भ्रष्टाचारको अखडा । राजनीति गर्नेहरू छेपाराझैं रङ्ग फेर्न सिपालु हुन्छन् । कुरा फेर्न सिपालु, ढाँट्न सिपालु, चाकडी र चाप्लुसी गर्न र गराउन सिपालु, नैतिकता, चरित्र र देश बेच्न सिपालु, दंगा फैलाउन सिपालु, लुट्न, त्रास फैलाउन र ज्यानै निमोठ्नसमेत सिपालु आदि-आदि आरोपै आरोपको पहाड ठड्याउँछन् ।

“नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति…!!! “

देश संक्रमणकालवाट गुज्रिरहेको छ । जताततै हत्या, आतंक, अपहरण, विष्फोटन , आगजनी ,लुट ,धम्की, कालोवजारी, सामुहिक नरसंहार र वलात्कार, अभाव तथा अन्यायले मृत्युशैयामा पुयाईएको मेरो देशलाई आज राजनेता होइन इमान्दार देश हाँक्न सक्ने युवाको खाँचो छ । विश्वेश्वर प्रसाद कोईरालाको अवसान पछि मदन भण्डारीले नाटकीय रुपमा मान्छे्को मन जित्ने अभियानले सगरमाथा छुनै आटदा र आस्था धरोहर वन्ने यात्रामा जादै गर्दा उन्को गन्तव्य पुग्न अगावै यात्रा रोकियो र दोस्रो सम्भावनाका राजनेतालाई गुमाउनु पर्यो ।

होलेरीबाट ‘जनयुद्ध’ लाई नियाल्दा

  • by

‘होलेरी’ भन्ने अत्यन्त मीठो शब्द छ र कतै अङ्ग्रेजीको ‘होली’ शब्द तन्किएर नेपालीमा होलेरी भएको रहेछ कि भन्ने सम्झनाले यस शब्दको मिठासभित्र पवित्रताको पनि आभास आउँछ । यस्तो मीठो र पवित्र शब्द केही वर्ष

भाषा विवाद र राष्ट्रियताको प्रश्न

  • by

परमानन्द झाको सपथ विवाद यतिबेला कानुनी निरूपण र कार्यान्वयनको सीमा नाघेर भाषिक बहसको अस्त्र बन्न पुगेको छ । रूपमा उपराष्ट्रपति पदको गोपनियताको सपथमा प्रयुक्त भाषा देखिए पनि सारमा यसले धेरै प्रश्नहरू र पूर्व मान्यताहरूको विनिर्माण हुन खोजेको संकेत गरेको छ ।

कटुवाल, नेता र बाँदरको कथा

“A long dispute means that both parties are wrong” -Voltaire

साधारणतया कुनै झगडा वा बिबाद भयो भने, कुनै एक पक्षलाई सहि र अर्को पक्षलाई गलत मानिन्छ। सिद्धांतगत रुपमा हेर्दा यो ठिक देखिए पनि व्यबहारमा भने यो गलत पनि हुन सक्छ । कमसेकम मैले भने धेरै पटक यस्तो अनुभव गरेको छु ।

सन्दर्भ प्रधान सेनापति रुक्माङ्गत कटुवाललाई सरकारले मागेको स्पष्टीकरण र त्यसपछिको राजनैतीक सरगर्मिको हो । अब यो बिबाद हटाउन खोज्ने र हटाउन लागीएको व्यक्तिमा मात्र सिमित रहेन, हुत्तिहारा नेतृत्व, नालायक नेता, र ससमर्थन र बिरोधमा बुझ्दै नबुझी हामफालि हाल्ने भिडको मानसिकताका कारण यो बिबाद अब देशको सिमारेखा समेत नाघेर विदेशिको पोल्टामा पुगी सकेको छ ।

एक्काइसौँ शताब्दीको आवश्यकता

  • by

समाजवाद एउटा लक्ष्य हो तर यसले अहिले राज्यनीतिको रूप लिएको छ । समाजलाई कसरी फाइदा पुर्‍याउन सकिन्छ भनेर सोच्दै चलाउने सामाजिक परिचालन नीति नै समाजवाद हुन गएको छ । अहिले हामी संविधान निर्माणको क्रममा छाँै र भावी संविधान कस्तो हुनुपर्दछ भनेर बहस चलाउँदै गरिएको बेलामा लोकतन्त्रको स्वरुप कस्तो हुनुपर्दछ भन्ने बहस पनि सँगै चलिरहेको छ । लोकतन्त्र वा प्रजातन्त्र जे भनाँै, त्यो जनताद्वारा अनुमोदित नै हुनुपर्दछ र समाजले त्यसलाई स्वीकार गर्न सक्नु पर्दछ । लोकतन्त्रसँग मानवअधिकार यसरी जोडिएको हुन्छ कि मानवअधिकारको फरक फरक मान्यता र परिभाषा सम्भव नै छैन । तानासाहहरूले मात्र मुलुकपिच्छ मानवअधिकारको फरक फरक मापदण्ड तयार गर्ने गर्दछन् र मानवअधिकारलाई पनि संक्रमणकालीन र सहजकालीन भनेर व्याख्या गर्ने गर्दछन् ।

प्रजातान्त्रिक आन्दोलनको सन्दर्भ र वि.सं. २००७

  • by

आधुनिक नेपालको राजनीतिक इतिहासमा हत्या र हिंसाका थुप्रै घटनाहरू देखिन्छन् । खासगरी राजा प्रतापसिंह शाहको मृत्युपछि उनकी रानी राजेन्द्रलक्ष्मी तथा भाइ राजकुमार बहादुर शाहबीचको द्वन्द्वका कारण काजी सर्वजित रानाको हत्या हुन गएको हो । नेपालको दरबारिया राजनीतिमा सत्ता प्राप्तिका लागि यहीँदेखि थालनी भएको हत्या तथा हिंसाकै शृङ्खलास्वरूप बहादुर शाह, दामोदर पाँडे, शेरबहादुर शाही, रणबहादुर शाह, भीमसेन थापा, रणजङ पाँडे, माथवरसिंह थापा, गगनसिंह खवास, फत्तेजङ्ग शाह, अभिमानसिंह राना, दलभञ्जन पाँडेलगायतको अन्त्य भएको पाइन्छ ।

दधीचिहरू

  • by

भनिन्छ-युगनायक मन्त्रद्रष्टा ऋषि थिए दधीचि । पौराणिक आख्यानहरूमा दधीचिको निस्वार्थ योगदानका अनेकौँ उज्याला गाथाहरू लिपिबद्ध गरिएका छन् । नेपाली समाजमा, संस्कारमा, साहित्यमा पनि प्रेरणा र प्रभावका आदिपुरुष मानिन्छन् उनी । तत्कालीन युगमा उनले जुन त्याग, तपस्या र कार्य गरे त्यही नै अनन्तअनन्त कालसम्म चिरस्थायी र चिरस्मरणीय हुन पुग्यो । दधीचिले कायम गरेको इतिहासको अग्लो चुचुरोसम्म पुग्ने आधार हामीसँग पौराणिक आख्यान मात्र शेष रहन पुगेको छ ।

काग! काग! –- शुभ बोल! शुभ बोल!

‘तोकीएको मितिमा चुनाव नगरे दूर्घटना हुने’, ‘हाम्रो माग पुरा नगरे दूर्घटना हुने’, ‘राजा राखे दूर्घटना हुने’, ‘राजा नफाले दूर्घटना हुने’ यि सबै हाम्रा महान नेताहरुको मुखारविन्दवाट निक्लने भविश्यवाणिहरु हुन । नीति, राजनैतिक सोच वा वैचारिक मतभेद रहे पनि यौटा कुरामा भने हाम्रा सबै दलका नेताहरुको समानता छ। त्यो हो: समय समयमा यस्तै प्रकारका दूर्घटना- मूलक- भविश्यवाणी गर्ने ।

बोलीदिए पुग्ने, जिम्मेबारि लिनु नपर्ने सुबिधा भएको र खाली हल्लामै रमाउने परिपाटि बसेकोले एक पटक त कुरा यत्ति सम्म पुग्यो की एक्कै पटक पूर्ण विपरित र अति भिन्न भविश्यवाणी पनि आए । यो कुनै मनगढन्ते कुरा होईन। संबिधान सभा चुनाव अगाडिका हाम्रा विभिन्न दलका नेताका उदघोषहरु हुन,

मन्त्री ‘खाने’ नेता र मन्त्रालय बाँडफाँड।

शाहि शासनकालमा एकजना खुक्खार कांग्रेसी भनेर चिनिएका अनि बि. पि. कोईरालाकै परिबारका सदश्य समेत रेहेका व्यक्ति सरकारमा सामेल भएका थिए । सोहि बिषयमा कुराकानि हुंदा मेरो क्षेत्रका एकजना नेताले भनेका थिए “मन्त्री खान पाए कसले छाड्छ?”

समय र परिस्थिति केहि परिवर्तन भए पनि मलाई लाग्छ हाम्रा नेताहरुको सोच र मानसिकतामा अझै कुनै फरक आएको छैन । हाम्रा नेताहरुको नजरमा मन्त्री भनेको अहिले पनि कुनै यौटा पदिय दाईत्व भएको र कार्यभार बहन गरि जिम्मेबारि लिनु पर्ने ओहदा होईन ‘खाने’ कुरा हो ।

गणतान्त्रिक नेपालमा भानुभक्त

  • by

१९५ वर्षअघि उदाएका नेपाली वाェ्मय ज्योति भानुभक्त आचार्य राणाकालीन सェ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त ।