Skip to content

मुक्तक

कुन्नि, किन हो ? (मुक्तक)

कुन्नि, किन हो ? पैसाको बजार गरम छ
खोटा सिक्काहरूको पनि भाउ चरम छ
पैसाको रापले पग्लायो सायद, त्यसैले त,
आजभोलि राष्ट्रवादीहरूको बोली नरम छ

दुई मुक्तक (साँच्चै जिउनलाई)

१)
साँच्चै जिउनलाई त माया हुनुपर्छ
सहयोगी हातहरू दायाँ बायाँ हुनुपर्छ
थाके पनि जीवनमा सुस्केरा हाल्नलाई
बर–पीपलको शीतल छाँया हुनुपर्छ ।

सुन्दैछु म (मुक्तक)

सुन्दैछु म, आज यो देशको चिरहरण हुदैछ।
पहरेदारबाट नै निहत्था देशको मरण हुदैछ।
लोभमा नझुक्ने अमरसिंह मुर्ख भएछन अब,
कातर संतानबाट प्रभुपदमा त्वं शरण हुदैछ।

चार मुक्तक (काली खोलो किन उर्ल्यो)

१.
काली खोलो किन उर्ल्यो सेती नभेटेर
आँखा मेरो किन फुर्यो माया नदेखेर
सराङ्कोट्को डाँडा चढी मन हेर्छ कतै
दुवै मुटु गाँठो पारी स्वास नफेरेर

धेरै भए – २ (मुक्तक)

गुरुभन्दा चेला धेरै भए
काम गर्ने छैनन् गोष्ठी र भेला धेरै भए
नायकको अभाव थियो यहाँ
तर खलनायकहरूको प्रदर्शनबीच
व्यर्थ राजनीतिका खेला धेरै भए ।

देशलाई संकट पर्दा….

देशलाई संकट पर्दा सबै समेटिनु पर्छ।
पार्टीका संकिर्ण रेखा पनि मेटिनु पर्छ।
हाम्रो पुर्खाको रगतको नाम हो नेपाल,
यो देश भित्र केवल नेपाली भेटिनु पर्छ।

मान्छे के मान्छे हुन्थ्यो (मुक्तक)

मान्छे के मान्छे हुन्थ्यो र मुटुमा धडकन नभए
अँझ ऊ महान् हुने थियो भित्र खराब मन नभए
तर सबैलाई आफ्नो महत्व कहाँ थाहा हुन्छ र ?
मान्छे जति सबै देउतै हुने थिए सेन्टर पिउने चलन नभए ।

एउटा डरलाग्दो (मुक्तक)

एउटा डरलाग्दो किसिमको हल्ला, छ अरे बजारमा
चामल भनी कनिका बेच्नेको गल्ला, छ अरे बजारमा
रावणको झै अत्याचार चल्छ अरे खुलेआम जताततै,
अब रामलक्ष्मण जन्माउने सल्लाह, छ अरे बजारमा

तिमी

तिमी नै हौ प्रित मेरो, तिमी नै हौ मीत मेरो।
तिमी हौ संगीत मेरो, तिमी नै हौ गीत मेरो।
जुन चुम्दै रात भरि, थोपा थोपा भई खस्ने,
घाम देख्दा लजाउने, तिमी नै हौ शीत मेरो।

JeevanKumarShah

एकदिन मृत्यु (मुक्तक)

एकदिन मृत्यु हुनेछ,केही मलामी हुनेछन्
माया मोहहरू सबै हिक्का छोडी रुनेछन्
धन सम्पत्ति नातागोता सबै हुनेछन् पराई,
बस्, घरको भित्तामा मेरा तस्विर हुनेछन्

विधेयक हो वा………

विधेयक हो वा मन्द मन्द बिष हो यो।
आफैलाई घात गर्ने कस्तो रिस हो यो।
जे जे तर्क दिउन अरुहरुले, म त भन्छु,
बिदेसीलाई खुसी पार्ने जिनिस हो यो।

बयानब्बे माथि…..

बयानब्बे माथि आठ प्रतिशत हाबी।
लालेको जाय जेथामा कालेको दाबी।
दादागिरिको पनि हद हुन्छ नि, गांठे !
चलाउ बाण नष्ट पार रावणको नाभि।

धेरै भए – १ (मुक्तक)

यहाँ,
नीतिभन्दा नेता धेरै भए ।
टाउकाभन्दा फेटा धेरै भए ।
पुस्तकभन्दा गाइड धेरै भए ।
प्राविधिकभन्दा साइड धेरै भए ।
अन्नभन्दा घुन धेरै भए ।

मौका मात्र पाउनु पर्छ, नंग्याउने यहाँ छन।
सोझोलाई जबर्जस्ती, बंग्याउने यहाँ छन।
औंला भाचि हिसाब गर्दै नाफा-नोक्सानको,
सम्बंधहरुलाई शुलिमा, टंगाउने यहाँ छन।

दुई मुक्तक (देखिएका अनि सुनिएका कुरा)

१)
देखिएका अनि सुनिएका कुरा
गलत अनि सही ठानिएका कुरा
खुल्दुली हुन्छ मलाई जान्न कहिले
ईतिहासमा कहीं कतै कोरिएका कुरा ।