Skip to content

मुक्तक

तीन मुक्तक (राष्ट्रप्रेम, राहु पस्यो, मौसम)

१) राष्ट्रप्रेम

देश बँचेमात्र देशबासी रहन्छन्
भाषा रहेमात्र भाषाभाषी कहिन्छन्
खबरदार ! देशको नक्सा तानातान नगर
राष्ट्रप्रेम त हृदयमा पो समेटिन्छन् ।

तीन मुक्तक (चाहेको कुरा पुग्दैनन्)

१,
चाहेको कुरा पुग्दैनन् किन होला
आँखामा आँसु सुक्दैनन् किन होला ?
यो परदेशमा पलपल मर्दैछु साथी
बुझ्नेले कुरै बुझ्दैनन् किन होला ?

थाहा (मुक्तक)

थाहा छैन, अँझै कति गोविन्दहरू मर्नेछन्
आफ्नै बारी खन्दा कति फूलहरू झर्नेछन्
गोहीका आँशुमाथि भर नपर्नु होला हजुर,
आँशु झार्दै यिनले रगतको ब्यापार गर्नेछन्

बसि बियाँलो

टन्न दर खाएर पल्टिएकी स्वास्नि देखेर डाडले लोग्ने चाँही अनेक निहु खोजी रहन्दो रहेछ;
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त, मेरो दिमागमा आगो बलेको छ आज
श्रीमान: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको

स्वास्नि पनि के काम थीयि र?

लोग्ने श्रीमतीसंग : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

अर्को;

महिला -: यो तपाईले कस्तो खाट बनाइ दिएको ? पर बाट ट्रेन हिंड्दा पनि डगमग डगमग हल्लिन्छ !
सिकर्मी -: त्यत्ति कम्जोर त नहुनु पर्ने !

तीन मुक्तक (सस्तो मृत्यु, सर्म, शैली)

सस्तो मृत्यु

प्रण गरेपछि बाग्मतीमा अब नदी पसेको छ
होश खुलेपछि अब तन्त्रमा माया बसेको छ,
मृत्यु दस रुपैयाँ धानीभन्दा सस्तियो यहाँ
आफन्तीहरूको आँखाबाट पानीजस्तै आँसु खसेको छ ।

ठेक्का दिऊँ (मुक्तक)

जनता गरिबीको समुद्र तर्न
गतिलो नाउको खोजी गर्छ,
नेता स्वार्थ पूर्तिका लागि
सधैँ चुनावको रोजी गर्छ,
चुनावसुनाव भाँडमा जाओस्
देश बिदेशीलाई दिउँ ठेक्का
गरे उसैले विकास गर्छ
नगरे मन मौजी गर्छ

रातोपिरो देखिन्छौ….

रातोपिरो देखिन्छौ के के खायौ साहेब।
यो सुख पाउन कहाँ कहाँ धायौ साहेब।
तिम्रो फाटेको चप्पल रुदैछ मेरो घरमा,
त्यो ब्रांडेड जुत्ता कहांबाट पायौ साहेब।

दुई मुक्तक (लोकतन्त्र)

लोकतन्त्र –१
हाम्रा नेतालाई प्रजातन्त्रमा बहार छ
कार्यकर्तालाई दगुर्दैमा पहाड छ
कर्मचारीले खाइसकेको यो देश
जता हेर्यो उतै उजाडै उजाड छ ।

एक रोजेको हुनु पर्यो – प्रेम दिवश ( भेलेण्टाइन ) मुक्तक


जीवनको रोजाईमा तिमीले चाहेको हुनु पर्यो ।
तिम्रो खोजाईमा तिमीले सोचेको हुनु पर्यो ।।
प्रेम दिवशको पर्खाइमा दिनरात एक गरेको,
सबैको देखाईमा त्यो एक रोजेको हुनु पर्यो ।।।।

प्रेम दिवशको सम्पुर्णलाइ शुभकामना ।
पशुपतीनाथ बाट कल्याणको कामना ।।

असंख्य सौगात (मुक्तक)

असंख्य सौगात छ नेपाल र नेपाली विरहरूलाई
बचाउनु छ अब युवा जमात राष्ट्रिय शिरहरूलाई
राष्ट्र, राष्ट्रियता र विकास खैं देशमा नेताहरूमा,
नयनमा तेजिलो दृष्टि भर्ने युवा खाँचो छ राष्ट्रलाई ।

दुई मुक्तक (बढाएको छ, महत्व हुन्छ)

देखासिकीले फेसन बढाएको छ,
राजनीतिले टेन्सन बढाएको छ ।
डाक्टरहरू सहर नछोड्ने भए
कम्पाउण्डरहरूको उपचारले
गाउँमा रोगको देशन बढाएको छ ।

अभिवादन

एकातिर,
कारैकारको ट्राफिक जाम छ ।
अर्कोतिर,
ढाकरै ढाकरको उरुङ् लाम छ ।
भनाइ र गराइमा फरक देखियो ए ! प्रजातन्त्र !!
तेरो वी.पी.लाई ‘जयनेपाल’ र
पुष्पलाललाई ‘लालसलाम’ छ ।

पेशल आचार्य

जुत्ता फेरौंला जरुर

चोखो मन दिनेलाई मायामा बेरौंला जरुर
दुई मुटुको एक भए सुखदुःखमा हेरौंला जरुर
जालझेलमा फसाउने राख्यौ भने नियत
खुट्टा मात्रै रहोस् मेरो, जुत्ता फेरौंला जरुर