विष्णुप्रसाद न्यौपाने
बुढो भएपछि सम्झना मात्र प्यारो
आय आर्जन हो प्यारो श्रम शक्ति र सम्पत्ति
रुप सौन्दर्य हो प्यारो बैंशका प्रिय दम्पति
नासिँदा रुप सौन्दर्य प्रेमको मोल नासियो
सामर्थ्य आँतको घट्ता आँट वा जोस नासियो
भयो दुर्बल मस्तिष्क बुढ्यौलीपन चुल्हिँदा
आक्रामक बनी रोग झम्टिँदो बाघ बन्दीँदा
खाएको गाँस पच्दैन खाने स्वाद हराउँछ
लुलो शरीर सानै ती समस्यामा डराउँछ
पदमकुमारीको हृदय महान छ !
उनी ओछ्याानमा पुग्दा रातको एघार बजिसकेको हुन्थ्यो । विहानको तीन बजे उठेर घर धन्दा नसिध्याए खस्तैगरेको उज्यालोसँगै मेलापातमा निस्कन भ्याउँदिन थिइन् उनी । पहाडको बसाई र त्यसमा पनि सावाँभन्दा व्याज धेरै भएको ठूलो परिवार । रुखोबारी र आकासे खेतमात्र भएकोले एकातिर श्रम धेरै अर्कातिर उत्पादन थोरै हुन्थ्यो । उत्पादित सबै बस्तु खाइसक्ता पनि वर्ष धान्न मुस्किल पर्थ्यो । धेरै बस्तुभाउ, सस्याना छोराछोरी र समाजसेवाका नाममा गाउँ दौडिइरहने लोग्नेको दैनिकीकासामु उनको केही जोर चल्दैन थियो । रातको तीन घण्टा बाहेक खुट्टाले भुइँ टेकेर उभिउज्जेलसम्म र घाँटीबाट स्वास भित्र बाहिर गरुन्जेलसम्म उनले कसैलाई दोस दिइनन् पनि र काम विसाएर एक पल खाली बसिनन् पनि ।
ईश्वर, धर्म र हिन्दू समाज
ईश्वर ‘त्रास’ मात्र हो । त्रासकै रुपमा आजसम्म ऊ जीवित छ । अदृश्य, अमूक शक्तिका नाममा हरेकको मस्तिष्क भित्र भय बनेर राज गरेको छ उसले । अफवाह फैलाएर कमजोर मान्छेहरूमाथि शासन जमाइरहन ईश्वर जन्माएका हुन् शासकहरूले । निर्जीव प्रतीकमा अमुक शक्तिको भ्रम फिँजाएर उत्पन्न गराइएको त्रासमा जीवनभर रुमल्लिन बाध्य छ मान्छे । रिझाएपछि केही पाउने आस गर्नु स्वाभाविक हो । त्यो आस नै आस्थामा परिणत भएको छ र ईश्वर आश्थाका नाममा नाचिरहेको छ । नरिझाए विद्रोह गर्छ भन्ने भयले सधैं पुजिन्छ ईश्वरलाई । आराधना, पूजा र भक्तिले शक्ति आफ्नो बसमा राख्न सकिन्छ भन्ने भ्रममा सधैं घुँडा टेकाइरहने अचूक औषधी पिलाएकाछन्,चेतनाको विजारोपण भएदेखि नै, ठेकेदारहरूले । यो घोर ‘‘व्याकमेलिङ’’ हो ।
कवि र कविता
बोल्दछ रचना आफैं, बोल्दैन कवि ड्यासमा
सन्दर्भ सूत्रको खाका, खोल्दैन इतिहासमा ।।
प्यासी पाठकले देख्छ, आफ्नै त्यो परिवेशमा
कविता उसकै हुन्छ, आत्माको दीव्य देशमा ।।१।।
कवि हुन् सबका साझा, काव्यको रस प्याउने
बाँचेर कविता भित्रै, देहसिन्धु हँसाउने ।।
खोलेर मनका ढोका, आँखाभित्र अटाउने
पखाली मनको मैलो, तत्व ज्ञान खटाउने ।।२।।

धान्दैन ज्ञानले मात्रै