विष्णुप्रसाद न्यौपाने

चार मुक्तक (काली खोलो किन उर्ल्यो)

१.
काली खोलो किन उर्ल्यो सेती नभेटेर
आँखा मेरो किन फुर्यो माया नदेखेर
सराङ्कोट्को डाँडा चढी मन हेर्छ कतै
दुवै मुटु गाँठो पारी स्वास नफेरेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्यूँदो जस्तै सीमारेखा

स्यूँदो जस्तै सीमारेखा कोरिएको छैन
मेची काली एकै ठाउँ जोरिएको छैन ।

भावनाले कहाँ पुग्छ ? जङ्गे पिलर् खै त ?
सरकार भन्छ सधैं चोरिएको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुढो भएपछि सम्झना मात्र प्यारो

आय आर्जन हो प्यारो श्रम शक्ति र सम्पत्ति
रुप सौन्दर्य हो प्यारो बैंशका प्रिय दम्पति
नासिँदा रुप सौन्दर्य प्रेमको मोल नासियो
सामर्थ्य आँतको घट्ता आँट वा जोस नासियो

भयो दुर्बल मस्तिष्क बुढ्यौलीपन चुल्हिँदा
आक्रामक बनी रोग झम्टिँदो बाघ बन्दीँदा
खाएको गाँस पच्दैन खाने स्वाद हराउँछ
लुलो शरीर सानै ती समस्यामा डराउँछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुजेर हैन बुझेर हेरें

पुजेर हैन बुझेर हेरें जीवन नारीमा
संघर्ष विना अस्तित्व छैन संसार भरिमा

फूलको रुप देवीको रुप भावना मात्रै हो
कोमल मुटु चुँडेर लिने साधना मात्रै हो
लडेर मात्र उभिन सक्छ नारीको गरिमा
संघर्ष विना अस्तित्व छैन संसार भरिमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहाडमा आजभोलि विद्यालय खुले

पहाडमा आजभोलि विद्यालय खुले
घर करेंसोमा पढी केटाकेटी भूले

रुद्री पढ्ने, चण्डी पढ्ने बनारस जाने
बाबु बाजे छक्क पर्छन् आजभोलि भने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पदमकुमारीको हृदय महान छ !

उनी ओछ्याानमा पुग्दा रातको एघार बजिसकेको हुन्थ्यो । विहानको तीन बजे उठेर घर धन्दा नसिध्याए खस्तैगरेको उज्यालोसँगै मेलापातमा निस्कन भ्याउँदिन थिइन् उनी । पहाडको बसाई र त्यसमा पनि सावाँभन्दा व्याज धेरै भएको ठूलो परिवार । रुखोबारी र आकासे खेतमात्र भएकोले एकातिर श्रम धेरै अर्कातिर उत्पादन थोरै हुन्थ्यो । उत्पादित सबै बस्तु खाइसक्ता पनि वर्ष धान्न मुस्किल पर्थ्यो । धेरै बस्तुभाउ, सस्याना छोराछोरी र समाजसेवाका नाममा गाउँ दौडिइरहने लोग्नेको दैनिकीकासामु उनको केही जोर चल्दैन थियो । रातको तीन घण्टा बाहेक खुट्टाले भुइँ टेकेर उभिउज्जेलसम्म र घाँटीबाट स्वास भित्र बाहिर गरुन्जेलसम्म उनले कसैलाई दोस दिइनन् पनि र काम विसाएर एक पल खाली बसिनन् पनि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभिसाफ शिक्षा

हाम्रो देश प्रसिद्ध युद्धहरुले हड्तालले बन्दले
अत्याचार र भ्रष्टचार विधिले अन्योलले द्वन्द्धले ।
भूकम्पीय प्रहारको विष विचै नाका थुनो जारले
साना देश दबाब भित्र रगडी हेप्तैछ संसारले ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सीमा नाघेपछि

सिङ्गो बस्ती सरल मनको चेतना शून्य राखी
चुस्थे केही घरहरू मिली न्याय च्यापेर काखी ।
सोझा झुप्रा अति कलबिसे कानुनी त्रास झेल्दै
बाँचेका ती दिन कठिनले आँसुका गाँस निल्दै ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ईश्वर, धर्म र हिन्दू समाज

ईश्वर ‘त्रास’ मात्र हो । त्रासकै रुपमा आजसम्म ऊ जीवित छ । अदृश्य, अमूक शक्तिका नाममा हरेकको मस्तिष्क भित्र भय बनेर राज गरेको छ उसले । अफवाह फैलाएर कमजोर मान्छेहरूमाथि शासन जमाइरहन ईश्वर जन्माएका हुन् शासकहरूले । निर्जीव प्रतीकमा अमुक शक्तिको भ्रम फिँजाएर उत्पन्न गराइएको त्रासमा जीवनभर रुमल्लिन बाध्य छ मान्छे । रिझाएपछि केही पाउने आस गर्नु स्वाभाविक हो । त्यो आस नै आस्थामा परिणत भएको छ र ईश्वर आश्थाका नाममा नाचिरहेको छ । नरिझाए विद्रोह गर्छ भन्ने भयले सधैं पुजिन्छ ईश्वरलाई । आराधना, पूजा र भक्तिले शक्ति आफ्नो बसमा राख्न सकिन्छ भन्ने भ्रममा सधैं घुँडा टेकाइरहने अचूक औषधी पिलाएकाछन्,चेतनाको विजारोपण भएदेखि नै, ठेकेदारहरूले । यो घोर ‘‘व्याकमेलिङ’’ हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पहाडमा आज भोलि जाँतो पाइँदैन

पहाडमा आज भोलि जाँतो पाइँदैन
मानी मियो पारी घुम्ने हातो पाइँदैन

ढिकी कुट्ने जाँतो पिध्ने दिन सकिएछन्
मिल आए कुटेपिसे ती त मक्किएछन्

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

दास गणतन्त्र

देश कसैको दास थियो
घोर निशाको त्रास थियो
दग्द बनी विद्रोह बल्यो
शासन कालो डङ्ङ ढल्यो

राजन भागे लोक रहे
रोग अनेकौं थोक गए
एकल शासन् साफ भयो
दानब चाला माफ भयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मातै मीठो रक्सीको

पानी मात्र बनौटो
रक्सी बन्छ अनौठो
खाँदा स्वाद छ तीतो
वृद्धा बन्दछ ठीटो

बोतल् ग्लास समाई
बस्ने साँझ रमाई
सित्तन् चुस्स टिपेर
प्यूँने श्वास खिपेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
BishnuNeupane-01

कवि र कविता

बोल्दछ रचना आफैं, बोल्दैन कवि ड्यासमा
सन्दर्भ सूत्रको खाका, खोल्दैन इतिहासमा ।।
प्यासी पाठकले देख्छ, आफ्नै त्यो परिवेशमा
कविता उसकै हुन्छ, आत्माको दीव्य देशमा ।।१।।

कवि हुन् सबका साझा, काव्यको रस प्याउने
बाँचेर कविता भित्रै, देहसिन्धु हँसाउने ।।
खोलेर मनका ढोका, आँखाभित्र अटाउने
पखाली मनको मैलो, तत्व ज्ञान खटाउने ।।२।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
BishnuNeupane

युवा पीडा

  • by

धान्दैन ज्ञानले मात्रै
जिन्दगी जीउने कला
खोज्दै आधार नासिन्छन्
आधा जीवनका पला

खोल्छन् आदर्श धेरैले
जुक्ति हुन्न कसै सित
बेसहारा बँचाईमा
मुक्ति हुन्न कदाचित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •